वीपी कोइराला सेवा केन्द्रद्वारा निशुल्क प्राविधिक शिक्षा सञ्चालन

मनोज दाहाल २०७७ माघ १ गते १०:४४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१ माघ।मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित वीपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलव्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको छ।

ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरीव, विपन्न, सीमान्तृत नागरिकको छोराछोरीलाई प्राथमिकता दिई प्राविधिक शिक्षा मार्फत आफ्नो क्षेत्रमा रोजगारी प्राप्त गरी यस क्षेत्रको विकासमा सहभागी गराउने उद्देश्यले प्राविधिक शिक्षालयको व्यवस्था गरिएको सेवा केन्द्रका सचिव भोजराज कट्टेलले वताउनु भयो।

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित डाइनियाँमा रहेको केन्द्रले आफ्नो तीन विघा जग्गा रहेको भवनमा सिटिइभिटीमा सम्वन्धन प्राप्त गरी गत वर्ष देखि १८ महिने सिभिल सव ओभरसियर अध्यापन शुरु गरको छ।

सुनवर्षी नगरपालिकाकाले अनुदानमा दिएको रु ४० लाख र प्रदेश नं १ सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईले सांसद विकास कोषबाट उपलव्ध गराउनु भएको रु २८ लाखबाट प्राविधिक शिक्षा शुरु गरिएको हो।

प्राविधिक शिक्षामा गत वर्ष ४० विद्यार्थी तथा यस वर्ष थप २५ जना गरी जम्मा ६५ जना छात्रछात्राले अध्ययन गरिरहेका छन्।

अध्ययन गर्ने विद्यार्थीहरुमा छात्राको सङख्या ५० प्रतिशत रहेका छन् भने विद्यार्थीहरु अधिकांश ग्रामीण क्षेत्रका विपन्न,सीमान्तृक समुदायका रहेका छन्।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सुनवर्षी, रतुवामाई, रंगेली नगरपालिका र जतुवा गाउँपालिका क्षेत्रमा वसोवास गर्न रहेका छन्।

प्रत्येक वर्ष ४० सिट रहेकामा १६जना निशुल्क छन् अन्यको न्यूनतम शुल्क रहे पनि सवैलाई चन्दा,अनुदान तथा जनपतिनिधिको सहयोगबाट शुल्कको भुक्तान गर्ने गरिएको केन्द्रले जनाएको छ।

प्रदेश नं १ सरकारले केन्द्रमा थप प्राविधिक विषयमाहरुमा अध्ययनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रु चार ९५ लाखको बजेट स्विकृत गरि आवश्यक भवन निर्माणका लागि ठेक्का स्विकृत भई भवन निर्माणको कार्य प्रारम्भ हुने अवस्थामा रहेको सचिव कट्टेलले जानकारी दिनु भयो।

केन्द्रले चालु आर्थिक वर्षमा डिप्लोमा इन सिभिल इन्जिनियरिरिङ कक्षा सञ्चालनको लागि सिटिइभिटीबाट स्विकृत अन्तिम चरणमा पुगेको जनाएको छ।

यसैगरी रोजगारी उन्मुख तथा मुलुकमा धेरै माँग रहेको डिप्लोमा इन सर्वे इन्जिनियरिङ( अमिन) विषय आगामी शैक्षित्र सत्रदेखि सञ्चालनमा ल्याउने भएको छ।

अध्ययनरत छात्रछात्राहरुले केन्द्रमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको,शिक्षक समयमा र दैनिक अध्यापन गराउनुका साथै हालसम्म आर्थिक समस्याको कारण शुल्क भुक्तानी गर्न नसकेको बताएका छन्।

नयाँ शैक्षिक सत्रमा अध्ययनरत विद्याथीहरुले अध्ययन शुरु गरेको तर अहिलेसम्म शुल्क नवुझाएको वताएका छन्।

केन्द्रको वुधवार सम्पन्न आठौं वार्षिक साधारण सभामा नेपाली काङ्ग्रेस मोरङका सभापति डिगवहादुर लिम्वुले पारदर्शी रुपमा आर्थिक कार्य गर्न जोड दिदै जनप्रतिनिधिहरुलाई केन्द्रमा सहभागी विद्यार्थीहरुलाई रोजगारी मूलक थप प्राविधिक शिक्षा उपलव्ध गराउन ध्यानाकर्षण गराउनु भयो।

सार्वजनिक लेखा समितिका सभापति गनगाईले पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गदै कृषिको उत्पादन वृद्धि तथा रोजगार उपलव्ध शिक्षा मुलुकको आवश्क्ता रहेको बताउनु भयो।

सुनवर्षी नगरपालिकाका कालिप्रसाद दासले किसान र गरीवका छोरा छोरीहरुलाई गुणस्तरीय शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले केन्द्रले थप प्राविधिक तथा स्वास्थ्य शिक्षातर्फ ध्यान दिन आग्रह गर्दै नगरपालिकामा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलव्ध गराराइ रहेको जानकारी दिनु भयो।

प्रदेश सभा सदस्य शान्ता पौडेल,केन्द्रका अध्यक्ष रामानन्द साह, उपाध्यक्ष नागेश्वरप्रसाद सिंह,कोषाध्यक्ष सुरेन्द्र प्रसाद सिंह,नेकाका यदु विष्ट र मदन सङ्गौला,वडा नं ३ का अध्यक्ष टेकवहादुर विष्ट,सञ्चारकर्मी कुमोद अधिकारीले भवन निर्माण पश्चत थप रोजगार मूलक प्राविधिक शिक्षाको अध्यापन गराउनु पर्नेमा जोड दिनु भयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया