भारतीय मिडिया जी न्यूजको आपत्तिजनक रिर्पोट भन्छ–सगरमाथामा भारतले दावी गर्नुपर्छ

इनेप्लिज २०७७ पुष २९ गते २२:५० मा प्रकाशित

काठमाडौं । भारतको एक मिडियाले नेपाल र नेपालीको भावनामा आघात पुर्याउने गरी सगरमाथालाई लिएर विवादास्पद रिर्पोट प्रसारण गरेको छ । जनवरीको पहिलो साता नेपाल भ्रमणमा आएको भारतीय मिडिया जी न्यूजले सगरमाथाको विषयमा विवादास्पद रिर्पोट प्रसारण गर्दै राष्ट्रवादी भावनाको नाममा सगरमाथा भारतले दावी गर्नुपर्ने र त्यसको नाम फेर्नुपर्ने समेत बताएको छ ।

नेपाल भ्रमणमा आएका जीन्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर भनेका छन् –अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दावी सारा विश्वका अगाडि राख्नुपर्दछ ।’ उनले सोहि क्रममा सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने आपत्तिजनक रिर्पोट जीन्युजमार्फत् प्रशारण गरेको पाइएको छ ।

उनले संसारकै सबैभन्दा ठूलो हिमालय पर्वत माउन्ट एभरेष्टबाट माउन्ट सिकदर विचार जीन्युज मार्फत् ल्याउने भन्दै सबैभन्दा पहिले भारतका गणितज्ञ राधानाथ सिकदरले सन् १८५२ मा संसारकै सबैभन्दा ठूलो हिमाल सगरमाथाको मापन गरेको दावी गर्दै अंग्रेजले त्यसको श्रेय राजनाथलाई नदिएर नाममा जर्ज एभरेष्ट राखेको दावी समेत गरेका छन् ।

‘आज तपाइलाई बताउँछु कि, भारतसँग माउन्ट एभरेष्टको कनेक्सन, १८५२ मा राधानाथ सिकदर जो पहिलो व्यक्ति थिए, जसले माउन्ट एभरेष्टको उचाइको मापन गरेका थिए । र सर्वे अफ इण्डिया डिर्पामेन्टले उनलाई यो काम दिएको थियो । तर अंग्रेजले यसको श्रेय उनलाई दिएन । तर अज यो हिमालको नाम राधानाथ सिकदरको नाममा हुनुपर्दथ्यो ।’

उनले २ पटकसम्म राधानाथ सिकदरको नाममा सगरमाथाको नाम राख्नुपर्ने बताउँदै भारतका मानिसहरुले यसको लागि अभियान चलाउनुपर्ने र आफूहरुले पनि ससंसारका सामु सगरमाथामा आफ्नो दावी गर्नुपर्ने विवादास्पद रिर्पोट बनाएर प्रसारण गरेका छन् ।

प्रतिक्रिया