वीरेन्द्र रावल,
धनगढी,पौष २९।नेकपाका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापा माथी भएको आक्रमणको नेकपाका केन्द्रिय सदस्य दिपक प्रसाद देवकोटाले बुधबार प्रेस विज्ञप्ती माफृत उक्त घटनाको घोर भर्सना गरेका छन्।
नेकपा अछाम जिल्ला कमिटीले मंगलबार अछाम जिल्लाको मंगलसेनमा आयोजना गरेको जनसभामा सहभागि भएका बेलामा भीम रावल समूहले अध्यक्ष थापा चढेको(३—०१)०२३ च ७०६९ नम्बरको स्कारपियो जीपमा ढुंगा प्रहार गरेर सिसा फुटाउने समेत कार्य भएको घटना प्रति घोर भर्सना गरेको छ।केन्द्रिय सदस्य दिपक प्रसाद देवकोटा द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा अध्यक्ष माथी आक्रमण गर्ने सुनियोजित योजनामा लागेका रावल समूहका उछृङखल समूह माथी छानविन गरी दोषी माथी कडा भन्दा कडा कारवाही गर्न समेत सरकार समक्ष माग गरिएको छ।
विज्ञप्तीमा भनिएको छ :
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया