माधव प्रचण्डलनै हो नेकपालाई बिभाजनतर्फ डोर्याएको :मन्त्री भटट्

वीरेन्द्र रावल २०७७ पुष २८ गते २२:५४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष २८ ÷ नेपाल कम्यूनिष्ट पार्टी( नेकपा)का सुदुरपश्चिम प्रदेश संयोजक एवं उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विधि र पद्धतिको कुरा गर्ने नेकपाका नेताहरुका कारण नेकपा पार्टीलाई बिघटनको दिसातर्फ डोर्याएको बताएका छन्।

सो कुरा मन्त्री भटट्ले मंगलबार नेकपा कैलालीको विस्तारित बैठकलाई सम्बोधन गर्नेक्रममा बताएका हुन।

मन्त्री भटट्ले भने–नेकपाका नेता माधव कुमार नेपाल र प्रचण्डको पद,प्रतिष्ठा र सत्ता लिप्साका कारण नेकपा पार्टीलाई बिभाजनको दिसामा पुगाउने कार्य भएको हो।

मन्त्री भटट्ले गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन्।पार्टी भित्र उत्पन्न विवादले समाधान नदिएको अवस्थामा प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्र र राष्ट्रियता बचानका लागि संसद बिघटन गर्नु परेकोले पार्टीभित्र उत्पन्न समस्याई प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको पनि सो अवसरमा जानकारी दिए।

वसरमा स्थायी समिति सदस्य भट्टले सो पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराएका थिए।

नेकपा कैलाली जिल्ला कमिटीमा १७५ सदस्य रहेकोमा बुधबार थप सदस्यहरु मनोनित गरेपछि कुल सदस्य संख्या ७ सय ५१ जना पुगेका छन्।भट्टले सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने भन्दै कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत निर्देशन दिएका थिए।

‘वैशाख १७ र २७ मै निर्वाचन हुन्छ,’ नेता भट्टले भने, ‘तपाईंहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस्।’

उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले अधिकारीक हुने र चुनाव चिन्ह समेत आफूहरुले पाउने दाबी गरे।

सो अवसरमा नेकपाका केन्द्रिय सदस्य,दीपकप्रसाद देवकोटा,नारदमुनी राना लगायतका नेताहरुले सम्बोधन गरेको कार्यक्रममा,जिल्ला अध्यक्ष रतनबहादुर थापा,विघटित प्रतिनिधिसभाका सदस्य नारदमुनि रानालगायतले वर्तमान राष्ट्रिय राजनीतिका बारेमा सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपाका केन्द्रिय सदस्य रणबहादुर चन्दले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रिय सदस्य लिला भण्डारीले गरेकी थिईन।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया