माधव प्रचण्डको हैषियत सडकमानै बस्ने हो,उनिहरु भगौडा हुन,तीनीहरका पछाडी नलाग्न जनतालाई प्रधानमन्त्री ओलीको आग्रह

वीरेन्द्र रावल २०७७ पुष २४ गते २२:५६ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी,पुस २४ ÷नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको समृद्विको चाहनामाथी माधव–प्रचण्ड समूहले कुठाराघात गरेको आरोप लगाउनु भएको छ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुक्रबार धनगढीमा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बअुमतको सरकारलाई सञ्चालनमा रोक लगाउने,विकासको बाधकको रुपमा माधव– प्रचण्ड समूहले शुरुवातदेखिनै गुट र झुटको खेती गर्दे आएका कारण देशले आजको अवस्था भोग्नु परेको बताएका छन्।

नेपालको समृद्धि,विकास र शान्ति आफ्नो पहिलो चाहना हुँदा हुँदैपनि जनताका तमाम समस्याको समाधानका लागि सरकार अग्रसर
भैरहेका बेलामा सरकारको काम देखेर अत्तालिएका दाहाल–नेपाल समूहले सरकारलाई घेरा बन्दी हालेर काम गर्न नदिएको समेत प्रधानमन्त्री ओलीको भनाई थियो।

देशमा भ्रष्टाचारको अन्तय,सुशासन,विकास र समृद्धिका लागि स्वास्थ्य,शिक्षा,यातायात,जलबिधुत लगायतका ठूल ठूला विकास निर्माणका कार्यहरुलाई अगाडी बढाईनेक्रममा माधव– प्रचण्ड समूहले सरकार ढाल्ने,अविश्वासको प्रस्ताव ल्याउने देखि लिएर राष्ट्रपतिलाईमहाभियोग लगाउने सम्मका योजनाहरु आध्यारो कोठामा बसेर गर्न थालेपछि बाध्य भएर प्रतिनीधि सभाको बिघटन गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्ड– माधव समूहले सालघारी मासेर वैज्ञानिक वनका नाममा देश व्यापी रुपले हरियो वन विनास गर्ने योजनामा लागेको समेत आरोप लगाएका छन्।यस्तै माधव– प्रचण्ड समूहले सरकार गठन देखि लिएर हालसम्म फुट र गुटको खेती मात्र गर्र्दै आएको,देशको स्वाधिनता,अखण्डता ,स्वतन्त्रताको पक्ष्मा खासै चासो नेखाउने, लिपुलेक,कालापानी र लिम्पीयाधुरा सम्बन्धी नयाँ नक्सा जारी गर्दा समेत उनिहरुले भारतीय ईसारामा सरकारलाई अपदस्त गर्ने योजना समेत अगाडी सारेका कारण आफ्ना समु सरकार बिघटन बाहेक अर्को विकल्प नरहेको र नयाँ जनादेशका लागि संसद बिघटन गरिएको समेत प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो पालामा धेरै विकास निर्माणका कार्यहरुको थालनी गरिएको दावी गरेका छन्।आफु प्रधानमन्त्री भैसकेमपछि कोभिडको असरका बाबजुदपनि ९७९ किलोमिटरसडक पक्की गर्ने कार्य भएको,४ हजार ५ सय किलोमिटर बाटो निर्माण भैरहेको,देशका विभिन्न सथानहरुमा औद्योगिक क्षेत्रहरु निर्मण गर्ने,महाकालीमा पुल निर्माण,सुख्खा बन्दरगाह,खुटिया,दियापल सडक, अत्तरिया धनगढी ६ लेन सडक,दोेधारा चाँदनीमा सिंचाई,पश्चिम सेती परियोजना, उरै नाका हुँदै ताक्लाकोट सडक सञ्जाल,दैजी ,हरैया,बल्चौर औद्योगिक क्षेत्र लगायतका विकास निर्माणका कार्यहरुलाई वर्तमान सरकारले अगाडी बढाउन लागि रहेको समेत सो अवसरमा बताएका छन्।

वर्तमान सरकारको उद्देश्य विकास,समृद्धि भएकोले त्यसका लागि सबैको साझा एकता खोजिरहेका बेलामा देश र जनताको हित विपरित माध– प्रचण्ड समूहले सत्ता र पदका लागि सरकारमाथी ठूलो अन्याय गरेको समेत आरोप प्रधानमन्त्री ओलीले छ।

उनले यस्तो बेलामा सरकारलाई सहयोग गर्नुको सटटा पद नपाएको भन्दै माधव –प्रचण्ड समूहले आन्दोलनमा गएर माईतीघर मण्डेलामा बसेर हामी यहाँ छौं भन्दै सडकमा कुर्लिने कार्यले उनिहरु गरिरहेका छन् त्यसकारण उनिहरुलाई भगौडाको संज्ञा बाहेक अरु कुनै संज्ञा दिन नसकिने बताएका छन्।सरकारलाई असहयोग गर्दै पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला। केन्द्रीय कमिटीका बैठकमा नआएर,अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे।गाली गरेर,पत्र पत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन्।हामीलाई गाली गर्ने फुर्सद छैन।हामी दन्त बजान गर्ने फुर्सद छैन।हामीलाई देश बनाउनु छ,’ओलीले भने।उनले दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरेका छन्।

‘लिपुलेक लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ,’प्रधानमन्त्री ओलीले रावलको नाम नलिई भने,‘उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने ?,पद पाए ठिक नत्र बेठिक ?,अहिले चार चार जना मन्त्री बनाउदा पनि उहाँ दुःखी हुनुको कारण बन मास्ने योजना सफल नहुने देखेर हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा निर्धारित प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन्।शुक्रबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १७ र २७ वैशाख २०७८ मा निर्धारित निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरे।

कतिपयले चुनाव हुँदैन भनिरहेका छन्।म तेहे¥याएर भन्छु चुनाव वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ।ढुक्क भएर तयारीमा लाग्नुस,प्रधानमन्त्री ओलीले भने,तपाईंहरूले यहाँ गाली गर्दै हिँडेका,पार्टी छाडेर भागेका भगौडाहरूका कुरा सुन्नु भएको होला।तपाईंहरू प्रभावित भइरहनु पर्ने आवश्यकता छैन।

उनले भने सुखी नेपाली,समृद्ध नेपालको अभियानमा आफू निरन्तर लागिरहेको दाबी पनि गरे।आफूहरूलाई गाली गलौज गर्ने फुर्सद नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ।

यस्तै नेकपा सुदुरपश्चिम प्रदेशका संयोजक एवं उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले –नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफुहरुलाई लाल गद्धारको संज्ञा दिउको प्रति कटाक्ष गर्दै हामीहरु ला गद्धार हो भने पहिलो ला गद्धार प्रचण्डनै भएको बताएका छन्।

नेकपाको सरकार बने देखिने असहयोग गर्ने,नेपाली कम्यूनिष्ट आन्दोलनको ईतिहासमा पाटीृ भित्रका नेताहरुको राजनीतिक जीवनलाई कदापी माथी उठन नदिने महाअधिनायकवादी शैली भएका प्रचण्डका कारण नेपालको कम्यूनिष्ट पार्टीको बहुमतको सरकार बिघटनको अवस्थामा पुगेको समेत बताए।

उनले वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली अध्यक्ष भएको समुहन आधिकारिक पार्टी भएकोले माधव प्रचण्ड झुण्डमा नलाग्न समेत नेता भटट्ले सबैमा आग्रह गरेका छन।

वन तथा वातावरण मन्त्री एवं नेकपा केन्द्रीय सदस्य प्रेम आलेले प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश पोखेका छन्।

उनले भट्ट मुख्यमन्त्री रहने दिन अब धेरै नरहेको जिकिर समेत गरे । ‘राजनेता आउँदा शिष्टता पनि नभएको तपाईं कस्तो मुख्यमन्त्री हो रु अब तपाईंका दिन धेरै छैनन्,’मन्त्री आलेले भने,‘हिजोका दिनमा भारतमा लामो समय बिताउनु भयो।

मुख्यमन्त्री पद गइसके पछि अब तपाईं भारत जान पर्दैन, जडिबुटी खेती गरेर यहीँ रोजगारी सिर्जना गरिन्छ ।मन्त्री आलेले ओलीलाई ‘राजनेता’को उपमा दिँदै प्रचण्ड–नेपाल पक्षले सरकारको गियर रोक्ने काम गरेको आरोप समेत लगाए।

सो अवसरमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री गणेश ठगुन्ना,श्रम मन्त्री गौरीशंकर चौधरी,नेकपा केन्दिीय सदस्य निरुदेवी पाल,केन्द्रिय सदस्य नारदमुनी राना लगायतका व्यक्तिहरले सम्बोधन गरेका थिए।नेकपाका केन्द्रिय सदस्य उद्धव भटटराईले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य नेकपा कैलालीका अध्यक्ष रतन थापाले गरेका थिए भने कार्यक्रमको अध्क्षता नेकपा सुदूरु पश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले गरेका थिए ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया