नेपालमा एकैदिनमा कोरोनाबाट ४०३ जना संक्रमित,७ जनाको मृत्यु

इनेप्लिज २०७७ पुष २० गते १२:१६ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाभाइरसबाट ४ सय ३ जना संक्रमित भएका छन । यस संगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ लाख ६२ हजार २ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित निको भएको जनाएका छन् । यो सँगै नेपालमा हाल सम्म कोभिड लाई जितेर घर फर्किनेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ ।

यस्तै गरि बिगत २४ घण्टामा देशभर ७ जना संक्रमितको मृत्यु भएको छ यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ५ हजार २ सय ८९ जना एकान्तवास (आइसोलेसन )र ३ सय ४२ जना स्वयम् निगरानी (क्वारेन्टिन)मा रहेका छन् ।

प्रतिक्रिया