काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)केन्द्रीय समिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा आयाेजित अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०२० काे पुरस्कार प्रदान समारोह सम्पन्न भयो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेकाे प्रमुखआतिथ्यमा सम्पन्न सो कार्यक्रमा पुरस्कृत कविहरू राधिका गुरागाईं (विराटनगर)काे ” इन्द्रेणी सपनाहरू” प्रथम, जीवन आराेही (उदयपुर)काे ” निमन्त्रणा ” द्वितीय, केशव भट्टराई (झापा)काे “पर्खाई” तृतीय तथा शुभचन्र्द राई (खोटाङ)काे “कथाकाे पात्र” र कल्पना तामाङ (कन्सास, मिजौरी, अमेरिका)काे “विभेदको पानी”शिर्षकका कविताले सान्त्वना स्थान हासिल गरेकाे थियाे ।
यस प्रतियोगितामा प्रथमलाई नगद ५०० यु.एस.डलर,दोस्रो हुनेलाई नगद ३०० यु. एस. डलर, तेस्रो हुनेलाई नगद २०० यु. एस. डलर र चौथो र पाँचौ हुनेलाई नगद १००/१०० यु. एस. डलर र प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगिताका पुरस्कृत कवि कल्पना तामाङको भने उपस्थिति रहेको थिएन।
सो प्रतियोगितामा प्रथम पुरस्कारको रकम BOT सदस्य तीर्थराज अधिकारी, दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा,तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा र पाँचौको लागि कार्यसमिति सदस्य निजानन्द मल्लले प्रायोजन गर्नु भएको थियो।
सो प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहनु भएको थियो।उहाँहरुलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो।
प्रमुख अतिथि बिष्णुविभू घिमिरेले नेपाली कविताकाे विश्वब्यापीकरणमा यस्ताे प्रतियोगिताले विशेष महत्त्व राख्ने भएकाे हुँदा कवि, कविता र नेपाली साहित्यकाे उन्नयन लागि अनेसासले सास भर्ने काम गरेकाेमा अाभार ब्यक्त गर्नु भयाे।
अनेसास नेपालका उपाध्यक्ष कवि गीता कार्कीकाे स्वागत मन्तव्य बाट प्रारम्भ भएकाे कार्यक्रममा अनेसास केन्द्रीय सदस्य डा. रेणुका थापा साेलुले कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्दै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको शुभकामना पत्र समेत वाचन गर्नु भएकाे थियाे।
कार्यक्रममा अनेसासकम सल्लाहकार प्रा.डा. लक्ष्मण गाैतम, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, निवर्तमान अध्यक्ष, सल्लाहकार एवं कविता प्रतियोगिताका संयाेजक राधेश्याम लेकालीले शुभकामना ब्यक्त गर्नु भएकाे थियोे।साथै समारोहमा पुरस्कृत कविता वाचन गरिएको थियाे।कार्यक्रम अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडीकाे सभापतित्वमा भएको थियाे।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थिति अवस्थामा अनेसासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनहरु स्थगित गर्दै यो कविता प्रतियोगिताको आयोजनाको घोषणा गरेको थियो ।
यो प्रतियोगितालाई पारर्दशी बनाउन निर्णायकहरु बीच नै आपसी जानकारी नदिइएको,कविको नाम छोपेर कविता उपलब्ध गराइएको र सस्थाभित्र नै पनि निर्णायकहरुको नाम गोप्य राखिएको थियो।पुरस्कार प्रायोजकहरु,कार्यसमितिका पदाधिकारीहरु,निर्णायक समितिका सदस्यहरु जुम मार्फत भेला भएर नतिजा निकालिएको थियो।सम्भव त यस्तो परिपाटी पहिलो हो।
सो जुम भेलामा क्रमशः प्रतियोगिताका संयोजक निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली,अध्यक्ष प्रकाश पौडेल, BOT कार्यसमिति सदस्य तीर्थराज अधिकारी, निवर्तमान उपाध्यक्ष भीमसेन सापकोटासहित सस्थाका उपाध्यक्षहरु राजेन्द्र श्रेष्ठ र राजेश बुढाथोकी,सचिव विमला निरौला, कोषाध्यक्ष नीलुकृष्ण गिरी, सदस्यहरु निजानन्द मल्ल,डा.रेणुका थापा सोलु,दीप पाठक, प्रमोद सारङ समेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया