ओएसिस कलेज धनगढी बन्यो एलपिएलको एजुकेशन पार्टनर

इनेप्लिज २०७७ पुष ९ गते २१:३७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष ९ ÷फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपिएलको पाँचौ संस्करणको एजुकेशन पार्टनरको रुपमा धनगढीको ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले साथ दिएको छ।फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट एजुकेशन पार्टनर भएको हो।ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट यसपालीदेखि एलपिएलमा जोडिएको हो।

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ। आयोजकका तर्फबाट संस्थापक रामचन्द्र शाही र ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टको तर्फबाट निर्देशक रमेश विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे।ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले पछिल्लो चार बर्षदेखि धनगढीमा होटेल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ।

प्रतिक्रिया