सम्भावना केलाउदै सकियो अस्ट्रेलीयाकाे लगानी सम्मेलन

इनेप्लिज २०७७ मंसिर २५ गते ११:५५ मा प्रकाशित

 

जिएनएन ।अस्ट्रेलियास्थीत नेपाली राजदुतावासको आयोजनामा सन्चालित एक दिने लगानी सम्मेलन संभावनाका पाटाहरु केलाउदै सम्पन्न भएको छ । नेपाल र अस्ट्रेलियाबीचको व्यापार, लगानी तथा साझेदारी वृद्धि गर्ने उद्देश्यका साथ दुतावासको आयोजना तथा महाबाणिज्युदतहरुको सहयोगमा एक दिने लगानी सम्मेलन आयोजना गरिएको हो ।

अनलाइन मार्फत गरिएको सम्मेलनमा नेपाल सरकारका सचिवद्वय चन्द्रकुमार घिमिरे, डा. बैकुण्ठ अर्याल, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, कृषिविज्ञ डा. किशोर दहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत अस्ट्रेलियन राजनितीक दलका नेता तथा व्यबशायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अधिकांश बक्ताहरुले संभावनाका कयैन आधार पेश गरेतापनि निष्कर्ष र निचोड भने नेपाल सरकारको तदारुकता र लगानीको सुरक्षाका बिषयमा देखिन्थ्यो ।

नेपालमा लगानीको अवस्था, सरकार तथा स्थानीय उद्योग वाणिज्य महासंघले पु¥याउन सक्ने सहयोगबारे नेपालवाट सहभागि अधिकांश बक्ताहरुले आआफ्ना धारणा राखेका थिए । लगानी सम्मेलनमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेकपा नेता भीम रावल लगायतले आफ्ना धारणा राखेका थिए ।

ब्यस्तताका कारण कार्यक्रममा सहभागी नभएका अस्ट्रेलियाली अर्थमन्त्री साइमन बर्मिङ्घमले भिडियो सन्देशमार्फत नेपाल र अस्ट्रेलियाबीच लामो सम्बन्ध सम्बन्धलाई अघि बढाउन आफुहरु इच्छुक रहेको बताए । उनले नेपाली समाजको बढ्दो प्रभाव र नेपाली विद्यार्थीले अस्ट्रेलियाली शैक्षिक क्षेत्रमामा पु¥याएको सहयोगबारे चर्चा गरेका थिए ।

कोरोनाको बढ्लो प्रभावका कारण यस वर्ष प्रत्यक्ष उपस्थीतीमा हुन नसकेपछि वेभिनार मार्फत गरिएको थियो । यसअघि भने दुई वर्षअघि लगानी सम्मेलन मेलबर्नमा आयोजना गरिएको थियो । कार्यक्रममा सगरमाथा चढेकी अस्ट्रेलियन युवती तथा नेपालको पर्यटन क्षेत्रमा लगानी गरिरहेकी अस्ट्रेलियाली महिलाले नेपालको भौगोलिक सुन्दरता र न्यानो हार्दिकताको खुलेर प्रशंसा गरेका थिए ।

अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले कोरोनाको प्रभावका कारण फेस टु फेस गर्न नसकिएपनि अनलाइन मार्फत भएपनि दुइ देश बिचको लगानी तथा ब्यापार प्रर्वधनमा यसले टेवा पुग्ने बताए । दुइ देश बिचको ब्यापार र पारवहन सम्भावनाका बारेमा जुन निचोड निकलीएको छ ,त्यो साच्चीक्कै स्वागतयोग्य भएको राजदुत दाहालले सुनाए ।

कोरोनाको कहालीलाग्दो अवस्थाका बिच संभावनाको खोजी गर्नु आफैमा महत्वपुर्ण बिषय भएको र यसले मुलुकको हितमा यस्तो कार्यक्रम हुनु उपलब्धीमुलक बिषय भएको एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसीले बताए । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का र भिक्टोरियाका महाबाणिज्यदुत चन्द्र योन्जनले समेत आफ्ना अनुभवहरु साटेका थिए ।

कार्यक्रम उत्कृष्ट भएपनि लगानीको प्रचुर सम्भावना रहेको अस्ट्रेलियालाई आकर्षित गर्न नेपाल सरकारले लगानीको सुरक्षा र सहजीकरण अनि उपयुुक्त बाताबरण नबनाएसम्म हाम्रा टिपर्णी र प्रतिबेदनहरु उपयोगी नहुने एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मी बताउछन ।

केहि हप्ता अघि मात्र अष्ट्रेलियाका ठुला परियोजनाहरुमा नाम कमाएको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा ५ सय मेगावाटभन्दा ठूला केही जलविद्युत परियोजना र ग्रिन प्रोजेक्ट लगायतका केहि महत्वपुर्ण योजनामा नेपालमा लगानी गर्ने सोचका साथ आफ्नो प्रतिनिधीलाई नेपाल पठाएको थियो । तर त्यसको उपलब्धी के भयो भन्ने विषय बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया