नेपालमा एकैदिनमा कोरोनाबाट १०५६ जना संक्रमित, निको हुने दर ९४.३ प्रतिशत

इनेप्लिज २०७७ मंसिर २४ गते ११:४८ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाभाइरसबाट १ हजार ५६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । हाल सम्म निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना रहेका छन् ।

यस्तै सो अवधिमा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् १४ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ सय ८६ महिला र ६ सय ७० पुरुष संक्रमित भएको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ६ सय ५१ जनाले ज्यान समेत गुमाएका छन् । यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।

प्रतिक्रिया