भारतबाट नेपाल आउने नेपालीहरुलाई यातायात व्यवसायीहरुले चर्को भाडा

वीरेन्द्र रावल २०७७ मंसिर २३ गते १२:२८ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी,मंसिर २३÷ कोरोना कहरको मौका छापेर भारतबाट नेपाल आउने नेपालीहरुलाई यातायात व्यवसायीहरुले चर्को भाडा असुलेर आर्थिक शोषण गर्न गरिरहेका छन्।

लक डाउनको समयमा एकतर्फी दोब्बर भाडा असुलेका व्यवसायीहरुले यतिबेला भने त्रिनगर भन्सारस्थित होल्डिङ सेन्टरबाट बस सञ्चालन गरेर दुर्गम पहाडी जिल्ला देखि कैलाली जिल्ला भित्रपनि चर्को भाडा असुल्ने गरेका प्रमाणहरु फेला पर्न थालेका छन।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा बिगत लामो समयदेखि यात्रुहरु गाडि व्यवसायिबाट ठगिदै आएका छन्।

कहिले गाडि नपाउदा होस वा कहिले यात्रुबाट चर्को भाडा लिदा उनीहरु ठगिदै आएको गुनासो सुनाउदै आएका छन्।आफुहरु पटक –पटक गाडि मालिकबाट ठगिएको गुनासो गर्दै आएपनि कसैले पनि त्यसको सुनुवाइ नगरेको यात्रुहरुको आरोप छ।

भारतबाट रोजगारि गरी नेपाल फर्किने अधिकांस यहाँका नागरिकहरु भारतको गौरी फाण्टाबाट त्रिनगर पुगाएबापत दलाललाई रकम दिदै आएका छन् भने त्रिनगरबाट गाडि यात्रा गर्दा त्रिनगरमा रहेका गाडि व्यवसायिबाट ठगिने गरेको मुम्बैैबाट अछाम जान डोटीको दिपायल पुग्नु भएका नब टमाटाले आरोप लगाउनुभयो।उहाँले भन्नुभयो,“गौरीफान्टाबाट त्रिनगर पुगाएबापत दलालले भारतीय पाँच सय लियो,त्यहाँबाट घर आउन गाडि चढ्दा दुइ हजार पाँच सय तिर्नु पर्यो।”

उहाँजस्तै भारतबाट रोजगारी गरी घर आउने सयौँ सुदूरपश्चिमेली नागरिकहरु हिजो आज दिनहुँ गौरीफान्टा नाकामा ठगिदै आएका छन् । भारतबाट आएका नागरिक राख्ने गौरीफन्टा स्थित होल्डिङ्ग सेन्टरमा प्रहरीहरु खटाइएका भएपनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडि माकिल तथा उनीहरुले खटाएका एजेण्टकै कुरा सुन्ने गरेको भारतको मद्रासबाट रोजगारी गरी फर्किनु भएका डोटीको दिपायल सिलगढी नगरपालिका(२ खुल्लेकका परुवा भुलले बताउनुभयो।उहाँले भन्नुभयो, “गाडि मालिकले मनोमानी पैसा लिदैछन, तोकिएको भन्दा बढी पैसा लिएको बारे प्रहरीलाइ गुनासो गर्दा सुनुवाइ नै भएन उल्टै हप्काएर पठाए ।” भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाए नभएका कारण घारतबाट नेपाल आउने यात्रुहरुलाई निकै सास्ति हुँदै आएको त्रिनगर आसपासका नागरिकहरु बताउछन् । उता सुदूरपश्चिम बस व्यवसायि समिति कैलालीले धनगढीदेखि दिपायल सम्म रु ५सय ५०, अछामको साँफे बगजर सम्म रु ७ सय ५५ तथा मंगलसेन सम्म रु ९ सय २५ भाडादर पहिलेदेखि कायम गरेको छ।

तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडिका चालकले आफु खुसि धनगढीदेखि दिपायल सम्म रु १ हजार , अछामको साँफे बगर सम्म रु एक हजार ५सय तथा मंगलसेन सम्म रु २ हजार ५सय सम्म भाडा लिने गरेको यात्रुहरुको आरोप छ।थोरै मात्रामा त्यहाँ गाडि राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडि चड्न नपाइने नियम भएका कारण त्रिनगरमा गाडि चालकको मनोमानी बढेको भारतबाट रोजगारी फर्किएका डोटीको बोगटान फुड्सिल गाउँपालिका– ३ का स्थानीयबासी लक्ष्मण साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै मात्रै गाडि राखेका हुँदा रहेछन्, हामीलाई अरु ठाउँबाट चढ्न दिदैन अनी चालकले मनपरि भाडा लिन थालेका छन् ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले यात्रुहरुलाई ठगिएको बारेमा तत्काल जानकारी लिएर छानविन सुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालय लाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु ठगिदै आएको विषयमा जानकारी लिएर छानविन सुरु गर्न निर्देशन दिएकाछौँ, तोकिएको भन्दा बढी भाडा लिएको देखिए कानुन बमोजिम कारवाहि हुने छ ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम राणाले यात्रुबाट बढी तथा मनोमानी ढङ्गबाट रकम लिएको विषयमा छानविन सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बढी भाढा लिएको र यात्रु ठगिएको विषयमा हामीलाई जानकारी आउने बित्तिकै छानविन तथा अनुगमन सुरु गरेका छौँ, गलत गर्ने जोकोही होस कारवाहि हुन्छ।”

यस सम्बन्धमा सुन्दर पश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाको ९८५८४२३५५७ मा सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन।यसैगरी प्रालिका प्रतिनीधि गणेश पाण्डेय संग सम्पर्क गर्दा उहाँले पिसिआर र आरडिटि चेकअप नहुने होल्डीङ सेन्टर राख्नुको अर्थ नरहेको बताउँदै बस व्यवासायीहरुले साविककै अवस्थाबाट यातायात सञ्चालन गरिरहेको जानकारी दिनु भयो।

धनगढी उपमहानगरपालिका,प्रशासन र पूदेश सरकारले व्यथितीलाई रोक्नका लागि तत्काल पहल हुनु पर्नेपनि व्यवसायीको माग रहेको धारणा पाण्डेको रहेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया