कैलालकिो मोहन्याल ६ सोल्टामा अस्पतालको शिलान्यास

वीरेन्द्र रावल २०७७ मंसिर २२ गते २३:२८ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मङ्सिर २२ ÷कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिकाको वडानम्बर ६ सोल्टामा १५ शैयाको अस्पतालको सोमबार एक समारोहका बिच शिलान्यास गरिएको छ।

उक्त अस्पतालको शिलान्यास कार्यक्रमका प्रमूख अतिथी एवं कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापाले गर्नु भएको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथी समेत रहेका थापाले नेकपाको सरकारले जनताको स्वास्थ्य माथीको अधिकारलाई स्थापित गर्न देश व्यापी रुपमा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नीति लिएको बताउनु भयो।उहाँले भन्नु भयो–कैलालीको अतिनै दुर्गम मोहन्याल गाउँपालिकाको सोल्टामा अस्पताल निर्माण भएपछि जनताले स्वास्य उपचारको सुविधा पाउन सक्ने छन्।यस्तै कार्यक्रमका विशिष्ठ अतिथी एवं मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले देशमा संघीयता लागु भैसकेपछि सरकारले स्वास्य, शिक्षा,खानेपानी र यातायात जस्ता अतिनै आवश्यक पूर्वाधारको विकासका लागि पहल गरिरहेको बताउनु भएको छ।सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धनगढीका प्रमूख प्रमूख प्रशासकीय जल्ला स्वास्थ्यको प्रमूख लाल बहादुर धामी ,मलगायतकाको सहभागिता रहेको थियो।वडानम्बर ६ का वडाअध्यक्ष अध्यक्षता टीका भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मोहन्याल गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत नारायण शर्मा गर्नु भएको थियो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया