वीएफएममा ‘कोरोना सँग मेरो जीवन’

इनेप्लिज २०७७ मंसिर २२ गते १०:५८ मा प्रकाशित

विराटनगर,२२ मङ्सिर।वीएफएम विराटनगरमा‘कोरोना सँग मेरो जीवन’ रेडियो कार्यक्रम शुरु भएको छ।कोरोना संक्रमितका अनुभव र प्लाज्मा दाताहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित कार्यक्रम शुरु गरिएको हो।

दैनिक प्रत्यक्ष रुपमा दिउँसो ४ बजेदेखि ५ बजे सम्म सञ्चालित कार्यक्रममा संक्रमितका अनुभव आदान प्रदान गर्ने गरिएको छ।कोरोना नयाँ रोग भएकाले यसका बारेमा आम सर्वसाधारणलाई अझै पनि धेरै कुरा थाहा नभएकाले ‘कोरोनासँग मेरो जीवन’को अवधारणा ल्याईएको कार्यक्रम प्रस्तोता जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले बताउनुभयो।उहाँले भन्नुभयो,‘ कोरोनाको विभिन्न समयममा परिवर्तन आईरहने देखिएकाले संक्रमितसँगको अनुभव आदान प्रदान महत्वपूर्ण देखियो।’संक्रमितको कुरा सुन्दा श्रोतालाई सत्यतथ्य जानकारी हुने श्रेष्ठको भनाई छ।

गत कात्तिक २७ गतेबाट शुरु कार्यक्रमको राम्रो प्रतिक्रिया आएको उहाँले बताउनुभयो।रेडियो कार्यक्रम मार्फत प्लाज्मा दाताहरुलाई प्रोत्साहन गर्दै आईएको छ।बर्तमान समयमा ‘कोरोनासँग मेरो जीवन’कार्यक्रम प्रभावकारी हुने देखिएपछि एफएमको लगानी बाट शुरु गरिएको वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो।तत्कालका लागि १ सय अंकको योजना सहित कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो।सम्वन्धित सरोकारवाला सँग कार्यक्रमको निरन्तरताका लागि एफएमले छलफल गरिररहेको डा.श्रेष्ठको भनाई छ।उहाँले भन्नुभयो,‘ कार्यक्रमको प्रभावकारीका कारण प्रदेशव्यापी रुपमा कार्यक्रम लैजानका लागि सरोकारवाला सँग छलफल शुरु गरिएको छ।’

वीएफएमले यसअघि कोरोना संक्रमण शुरु भए लगत्तै कोरोना विशेष कार्यक्रम १ सय अंक प्रसारण गरेको थियो।जनस्वास्थ्य बहस हरेक साता प्रसारण हुँदै आएको छ।

 

प्रतिक्रिया