पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग नियम, ऐन र कानुन बमोजिम वैधानिक छैन ।

इनेप्लिज २०७७ मंसिर २१ गते ११:०५ मा प्रकाशित

पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग नियम, ऐन र कानुन बमोजिम वैधानिक छैन मेरो बुझाइ छ ।

पोष्टबहादुर बोगटी सुरुङ्गमार्गले वैधानिकता पाउनका लागि सर्वप्रथम नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको हेटौंडा -काठमाडौ सुरुङ्गमार्ग खारेज हुन आवश्यक छ ।

अहिलेका नयाँ शासक वर्गले भन्न पाई भन्दैमा जे पायो त्यही मनपरि बोल्नु हुँदैन एक त नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको हेटौंडा-काठमाडौ सुरुङ्गमार्गको कार्यसमिति पदाधिकारीहरुले शेयरधनी हरुलाई झुक्याएको छ यो समस्या हल भएको छैन । ठगहरुको कारण शेयरधनी हरुको लगानी डुबी रहेको अवस्था छ । नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको हेटौंडा-काठमाडौ सुरुङ्गमार्गका शेयर धनीहरुको समस्या समाधान भएको छैन । अब ३ नम्बर प्रदेश सरकारले पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग भनी नामकरण गर्छ गजब छ । भ्रममा पार्ने र झुठो आश्वासन दिने काम मात्र भएको छ ।

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको हेटौंडा -काठमाडौ सुरुङ्गमार्ग खोल्नलाई स्वीकृत नेपाल सरकारले नै दिएको हो । यो खारेज नगरी पोष्टबहादुर बोगटी सुरुङ्गमार्गले वैधानिकता पाउँदैन भन्ने मेरो तर्क र सरोकारवाला सबैसंग मेरो प्रश्न छ ?

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया