राजा ज्ञानेन्द्र शाह परिवार चक्रव्युह र घेराबन्दी भित्र रहेको कुरा आइरहेको छ वास्तविकता के हो ?

इनेप्लिज २०७७ मंसिर ८ गते २२:४६ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाह परिवार `रअ´ र `सीआइए´ को चक्रव्युह र घेराबन्दी भित्र रहेको कुराहरू बाहिर आउन थालेको छ वास्तविकता के हो ? ध्रुवसत्य कुरा के हो ?

राजा बिरेन्द्र शाह वंश सहित राजदरबार हत्याकाण्ड `रअ´ र `सीआइए´ मिलेर गराएको अर्थात `रअ´ र `सीआइए´ को योजनामा भएको हो भन्ने कुराहरू पनि बाहिरीएको छ ।

म चाहिं `रअ´ र `सीआइए´ लाई दोष दिन चाहन्न किनभने हाम्रो मुलुकका विश्वासघाती र गद्दार नेपालीहरु नमिलिकन घटना गराउन सम्भव छैन । दोषीहरु नै हाम्रो मुलुक भित्रका छन ।

राष्ट्रवादी भन्न सजिलो छ तर हाम्रो मुलुक नेपालमा राष्ट्रवादी भएर बाँच्न गाह्रो छ ।

समग्रमा सबैले बुझ्न जरुरी के छ भने राष्ट्रियताको सवालमा राष्ट्रवादी भएकोले नै श्री ५ महेन्द्र शाहको हत्या , मदन भण्डारीको हत्या , जीवराज आस्रितको हत्या , श्री ५ बिरेन्द्र शाह लगायतका राजपरिवारका सदस्यहरूको राजदरबार हत्याकाण्ड भएको हो र सर्तहरू नमानेको र सच्चा राष्ट्रवादी भएकोले नै श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता छोडनुपर्ने अवस्था आएको हो । प्रमुख कारण नै देशभक्ति हो अर्थात मुलुकप्रतिको भक्तिभाव हो ।

हाम्रो मुलुकका केही गद्दार र विश्वासघाती तत्वहरुका कारण राष्ट्रवादीहरुको हत्या र राष्ट्रवादी श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाइएको हो ।

हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरूको नयाँ नक्सा बारे संविधान संशोधनको देखावटी, खोक्रो, झुठो राष्ट्रवाद र राष्ट्रियता छर्लङ्ग भयो ? वाहियात र जनताहरुलाई झुक्याउने गरी राष्ट्रियताको गफ दिनु बेकार छ ।

नीति तथा कार्यक्रममा नयाँ नक्शाको स्वीकृत र सार्वजनिक बारे सदनमा खरो रूपमा प्रस्तुत भएका राजेन्द्र महतोले चित्तबुझ्दो र वास्तविक कुराहरु गरेका थिए र अन्तर्वातामा पनि राजेन्द्र महतोले भनेका थिए हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरू राष्ट्रवाद र राष्ट्रियताको ठुल ठुला कुरा गर्ने, गाली गलौच गर्ने भुक्ने अनि भारतको प्रधानमन्त्री र नेताहरूको अगाडि सबैजना लम्पसार र झुक्छन भने सदनमा राजेन्द्र महतो खरो रूपमा प्रस्तुत हुँदा सदन भित्र राजेन्द्र महतो को कुराहरूलाई खण्डन गर्न कसैले पनि हिम्मत गर्न सकेनन । आखिरमा राजेन्द्र महतो सहि र सत्य साबित भए ।

यसकारण मैले पटक पटक राजा ज्ञानेन्द्र शाह परिवारलाई सुझाव र सल्लाहहरु के दिने गरेको छु भने राजा ज्ञानेन्द्र शाह परिवार कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । तीन करोड जनताहरु मध्ये अपवादको रूपमा राजा ज्ञानेन्द्र शाह परिवार जस्तै दशबीस हजार देशभक्त होलान बाँकी सबै राजनीतिक दलहरूका कार्यकर्ताहरु मात्र छन । राजा ज्ञानेन्द्र शाह परिवारले मेरो यो यथार्थ कुराहरूलाई राम्ररी मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया