श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहलाई म सर्वसाधारण नागरिक राकेश कुमार शर्माको तर्फबाट खुलापत्र:

इनेप्लिज २०७७ मंसिर ५ गते ८:४० मा प्रकाशित

श्री ५ हिमानी सरकार हजुरहरु कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । तीन करोड जनताहरु मध्ये अपवादको रूपमा श्री ५ हिमानी सरकार हजुरहरु जस्तै दशबीस हजार देशभक्त होलान बाँकी सबै राजनीतिक दलहरूका कार्यकर्ताहरु मात्र छन । श्री ५ हिमानी सरकार मेरो यो यथार्थ कुराहरूलाई हजुरहरुले राम्ररी मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो ।

राजा ज्ञानेन्द्र शाह परिवार कुटनीतिकमा शुन्य !!! चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री के पी शर्मा ओलीलाई बालुवाटारमा मंसिर ०२ गते मंगलवारको दिन गोप्य भेटवार्ता भएको कुरा संचार माध्यम बाट थाहा भयो र केही दिन पहिले `रअ´ का प्रमुख सामन्त गोयलले प्रधानमन्त्री के पी शर्मा ओली, प्रचण्ड र माधव कुमार नेपाल लगायत शीर्ष नेताहरू संग भेटघाट भएको कुरा संचारमाध्यम मार्फत अवगत भएको थियो । म अझै पनि के भन्छु भने के पी शर्मा ओली, प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा र राजनीतिक दलहरुका नेताहरूको सामन्ने श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव परिवार कुटनीतिकमा शुन्य नै हो ।

प्रचण्डले मुलुक नै ध्वस्त पारे सत्र हजार भन्दा बढी पचासौं हजार सर्वसाधारण नागरिकहरुको हत्या गरे र के पी शर्मा ओलीले लिपुलेकको नक्शा जारी गर्दा मुर्ख जनताहरु र कार्यकर्ताहरुले वाहवाह गरे, दिप प्रज्वलन गरे र हर्षोउल्लासका साथ खुशीयाली मनाए । के पी शर्मा ओलीले एक्कासी पाठ्यक्रम बाट नक्शा हटाउन भन्दा पार्टीका कार्यकर्ताहरु अन्धभक्त जनताहरु कसैले विरोध सम्म गरेनन । राष्ट्रवादको ठुल ठुला गफ र नाराहरु कहाँ गए ? अझ यस विषयमा प्रतिपक्षले के बोल्नु भागबन्डामा सबैको बराबरको मिलोमतो छ । यसकारण मुलुकमा प्रतिपक्ष नै छैन ।

कुटनीतिकमा शुन्य र सच्चा देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह परिवारको लागि अभिशाप ठहर हुन गयो । म के भन्छु भने राजनीतिक दलहरूका नेताहरू, राजनीतिक दलका कार्यकर्ताहरु र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । के राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? राजा ज्ञानेन्द्र शाह परिवारले बुझ्नुपर्ने यथार्थ कुरा यही हो । विक्रम सम्वत ०६२/०६३ सालमा राजा ज्ञानेन्द्र शाह समय सापेक्ष र अनुकूलता साथ चल्न नसक्नु राजा ज्ञानेन्द्रका लागि दुर्भाग्य प्रमाणित भयो । राजा ज्ञानेन्द्र शाहलाई धेरैजसोले व्यापारी पनि भन्ने गर्छन व्यापारीलाई कुटनीतिक र मुलुक कसरी चलाउनुपर्छ भन्ने के थाहा ? भन्ने कुराहरू समय समयमा सुनिएको छ ।

देशभक्त भएको कारण नै श्री ५ महेन्द्र शाह, मदन भण्डारी, जीवराज आस्रित, श्री ५ बिरेन्द्र शाह वंशको हत्या भएको र राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउनुपर्ने परिस्थिति आएको हो । राजा ज्ञानेन्द्र शाह परिवारले बुझ्नुपर्ने यथार्थ कुरा यो पनि हो ।

राजा ज्ञानेन्द्र शाह आफैमा एउटा शक्ति भएकोले तत्काल राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने , सत्ता खोस्ने अर्थात अब `कु´ गर्ने हो ।

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले समय समयमा वक्तव्य र संदेश मार्फत राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी दिंदै र खबरदारी गर्दै आएकोमा अब राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी र खबरदारी गर्ने होइन अबको बाटो राजा ज्ञानेन्द्र शाहले तत्काल `कु´ गर्नुपर्ने हुन्छ ।

अब श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव ज्यु ले श्री ५ महेन्द्र शाह जस्तो दुरदृष्टी सोच र दुरदर्शिता लक्ष्य र उद्देश्य लिएर विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नै राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने अर्थात अब सत्ता खोस्ने हो ? मुलुकको लागी राजा आफैमा एउटा शक्ति हो ।

मुलुकमा राज्यकोषबाट ढुकुटी रित्तै भएको अवस्था छ । राजा ज्ञानेन्द्र शाहले केही समयका लागि विश्राम लिए पश्चात आजसम्म मुलुकले निकास पाउन सकेको छैन । मुलुकमा झनै विकृति, बेथिति, अराजकता, ढण्डहीनता बढदै गएको र मुलुकमा लथालिङ्ग छ ।

म जाबो साधारण नागरिकले सत्ता कब्जा गर्न आँट र हिम्मत देखाउन सक्छु भने आँट, हिम्मत, साहस र शक्ति भएका राजा ज्ञानेन्द्र शाह चुप किन ? आफ्नो वंश नवयुवराज हृदयेन्द्र शाह को लागी भएपनि श्री ५ महेन्द्र शाहको जस्तो दुरदृष्टि र दुरदर्शिता सोचका साथ राजा ज्ञानेन्द्र शाहले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर:९८४८०५५७७६ ।

 

प्रतिक्रिया