देबकोटाको यथार्थवादी  तथा क्रान्तिकारी चरित्र 

बसन्त श्रेष्ठ, भर्जिनिया,अमेरिका                               २०७७ कार्तिक २३ गते २३:१९ मा प्रकाशित

 

महाकबि लक्ष्मी प्रसाद देबकोटाको जन्म बिक्रम सम्बत १९६६ साल भाद्र कृष्ण औंशी लक्ष्मी पुजाको दिन भएको थियो । एकाउन्न बर्षको अल्पायू मै क्यान्सरको रोग बाट ग्रसित बनेर २०१६ साल भाद्र २९ गते सोमबारको दिन उनको निधन भएको थियो । उनि असाधारण प्रतिभाको धनि भएर पनि आफ्नो सम्पूर्ण जीबन अभाब, आशा ,निरासा पिडा अनि संघर्ष मै जीबन व्यतित गर्न बाध्य भएका थिए ।

महाकबि देबकोटा जुन समयमा हुर्के बढे त्यस समयमा नेपालमा राणा शासन मध्ये जवानीमा रम्दै थियो । दुई ठुला छिमेकी मित्र राष्ट्र चीन र भारतमा राजनैतिक परिबर्तनका ठुल ठुला आन्दोलनहरु चर्किरहेका थिए । पुर्बी युरोपीय देशहरु रुमानिया, हंगेरी, चेकोस्लोभाकिया र रुसमा साम्यवादी ब्यबस्था स्थापित भै सकेको थियो भने अरु कैयौं देशहरुमा परिबर्तनका रेखाहरु कोरिदै थियो । त्यहि समयको प्रभाब अनुरुप महाकबि देबकोटामा पनि शुरु शुरुमा उनि यथार्थबादी र सुधारबादी बन्दै अन्तमा कट्टर प्रजातन्त्रबादी र क्रान्तिकारी प्रकृतिको रुपमा उनको बिकास भयो शुरुमा उनका रचनाहरुमा ओर्डस्वर्थ, किट्स कलारिज जस्ता कविहरुको प्रभाब परे पनि उनका पछिल्ला समयमा शेली र बायरन जस्ता बिद्रोही र क्रान्तिकारी कविहरु बाट बढी प्रभावित परेको देखिन्छ ।  आफ्ना समकालीन नेपाली साहित्यकार कबी शिरोमणि लेखनाथ पौडेल, भवानी भिक्षु, शिद्धिचरण, गोपाल प्रसाद रिमाल र बालकृष्ण समका बिभिन्न धाराका रचनाहरु लाई एकै धारामा बाँधेर भनौ एकै सुत्रमा बाँधेर आफ्ना रचनामा बाध्नसक्ने महाकबि देबकोटा त्यस युगका प्रतिनिधि कबि थिए । 

नेपालमा राणा शासनको बिरुद्ध प्रजातान्त्रिक आन्दोलन बि.स. १९९७ साल देखि शुरु भएर २००७ साल सम्म रहे तापनि देवकोटाका क्रान्तिकारी रचनाहरु बि.स. २००३ साल देखि शुरु भएर २०१५ साल सम्म कायम रह्यो । त्यस समयका उनका रचनाहरु र साहित्यिक गतिबिधि सबै राजनैतिक स्वतन्त्रता र उदारवादी प्रजातान्त्रिक रचनाहरुले प्रभावित भएका छन् । 

१९८६ सालमा बि ए र १९९० सालमा बि एल पास गरेका देबकोटाले जुद्ध शम्सेर राणाको पालाको क्रुर दमनको ब्याख्या गर्दै “बन” भन्ने प्रतीकात्मक कविता लेखे । १९८७ सालमा जान पुस्तकालय खोल्ने जमर्को गरेका कारणमा राणा सरकारले थुप्रै समय सम्म थुनामा राखे । त्यस पछि २००३ सालमा एक तन्त्रिए राणा शासनको बिरुद्ध जन क्रान्तिमा पूर्ण रुपमा सक्रिय सहयोग गर्न उनि भारत निर्वासित भए । त्यस समयमा नेपालको कानुनको व्यंग गर्दै “साँढे” भन्ने कवितामा उनले लेखेका थिए ।

जंगलको कानुन जसले हाँक्यो उसको पाक्यो 

काँतरको हक थाक्यो,  नलडी कोई हुन्न बिजेता ।

भारतमा निर्वासित भएको समयमा बि.स. २००४ साल देखि महाकबी देबकोटाले “युगबाणी” पत्रिकाको सम्पादन शुरु गरे । सो मार्फत उनले निरंकुस राणा शासनको बिरुद्धमा सम्पूर्ण नेपाली जनतालाई बिद्रोह बोल्ने खुल्ला आवाज उठाए । त्यस पछि उनी पुर्णरुपमा निरंकुश शासनको बिरुद्धमा र प्रगतिबादिको पक्षमा खुलीर वकालत गर्न थाले । त्यसको प्रमाणको रुपमा २००५ सालमा प्रकाशनमा आएको उनको झ्याउरे किताब “ पहाडी पुकार” लाई लिन सकिन्छ । त्यसमा उनले आधुनिक शिक्षा प्रणाली बाट धुरन्धर ठानिएका विद्वान बाट सदैब हेला गरिएको लोक लहरी साहित्यलाई एकत्रीत पारेर जनताको सच्चा साहित्यलाई छन्दोबद्ध गरेर जान बिरोधि पाखान्धरु लाई भरपुर जवाफ दिनु उनको ठुलो क्रान्तिकारी कदम थियो । त्यसमा उनले लेखेका छन् ।

नेपाली सच्चा जातिय जीबन झ्याउरेमा बोल्दछ 

हलोको तालमा कोदालिको चालमा नाचेर खुल्दछ ।

महाकबि देबकोटा सबै बर्ग, सबै जाति अनि सबै संस्कृतिको उत्थानको लागी साहित्य सिर्जना गर्थे । जस्तो मुनामदन काठमान्डौ उपत्यकाको पुरानो कथालाई समेटेर झ्याउरे लयमा रचिएको खण्डकाब्य लाई लिन सकिन्छ । “म्हेन्दु” खण्डकाब्य तामाङ्ग समाजको झलक दिने ग्रन्थ हो । “कुन्जिनी” राउटे समाजको झलक हो । “लुनी” शेर्पा समाजको दर्पण हो भने “तिप्लिंगा” खण्डकाव्यमा पिपा समाजको गाथा दर्शाईएको छ । उनि तेर्ह वटा भाषाका ज्ञाता थिए । हिन्दि, नेवारी,उर्दु, अंग्रेजी, फ्रेन्च र जर्मनी भाषामा कबिता लेख्न सक्थे भने नेवारी भाषा त धारा प्रबाह बोल्न सक्दथे ।

यस अर्थमा उनले भाषा सम्बन्धी बोलेको कुरा यहाँ मननीय छ । उनको बिचारमा “ भाषा परिबर्तनको मष्तिस्क र मुटु हो । जुन कबि र लेखकको भाषा माथि अधिकार छैन उसले त्यस क्षेत्र बाट सदा सर्बदा बिदा लिएर बस्नी राम्रो हुनेछ । भाषाले नै जीबनमा प्रबाह, परिबर्तन, संघर्ष र क्रान्ति ल्याउने हुँदा त्यस प्रति हेलचेक्र्याई गरेर बस्न सकिन्न “। यस अर्थमा देबकोटालाई जन्काबी पनि भन्न सकिन्छ । मानिसको परिश्रम नै सबै भन्दा ठुलो कर्म हो भन्दै लेखेका छन् 

खोज्छन सबै सुख भनि सुख त्यो कहाँ छ 

आफु मिटाई अरुलाई दिनु जहाँ छ 

के हो ठुलो जगतमा पसिना बिबेक ।

अध्यात्मिक र धार्मिक षडयन्त्र माथि प्रहार गर्दै सबै मानबजाती एकै हुन् भन्दै “यात्री” कवितामा उनले लेखेका छन् –

फर्क फर्क हे जाउ समाउ मानिसहरुको पाउ 

मलम लगाउ आर्तहरुको चाह्राईरहेको घाऊ 

मानिसहरु भै इश्वरको त्यो दिब्य मुहार हँसाउ 

मानिसहरुको काँध चढी कुन स्वर्गपुरी जाने हो ।

त्यसरी नै उच निच र जातपात अनि छुवाछुतको बिरोध गर्दै लेखेका छन् 

“मानिस ठुलो दिलले हुन्छ जातले हुदैन “

त्यस समयको सामन्ती व्यवस्थाको भण्डाफोर गर्दै नेपाली किसानको दुख व्यथालाई उनले यसरि पोखेका छन् :

किसानलाई ऋण दिई ब्याजले चुसिस तैले धन र माल 

खेत बाठो भै तैले खोसिस तैले फिजाइस लाखौ जाल ।

देशमा बिधमान अन्याय, अत्याचार, शोषण  र दमनको मुलकारण सामन्ती ब्यबस्थाको समाजलाई जिम्मेवार ठहर्याउदै सामन्ती राज्य ब्यबस्थालाई खतम गर्नको लागि जनतालाई आवाज मात्र होइन सशत्र संघर्ष गर्न सम्मको प्रेरित गर्न “कृषिबाला” खण्डकाव्यमा लेखेका छन् –

धर्तिको मालिक्याई ठालु बाट खोस 

एक आवाज गर किसान एकै डल्लो बनी 

एक हजार गरिब एकातिर अर्को तिर धनी  

हातमा लाठो लेउ सबै, तर्साउनु खाली 

आफु तिमि नहच्किये, गली जान्छ जाली 

बोल बोल किसान भाई हो धर्तीपुत्र जिन्दाबाद ।

त्यसैले महाकबी देबकोटालाई सिर्फ सौन्दर्यबादी कविको रुपमा मात्र ब्याख्या नगरी उनि सामाजिक यथार्थबादी, जनपक्षीय, सुधारबादी, प्रगतिवादी अनि क्रान्तिकारी कविको रुपमा पनि हेरिनु पर्छ भन्ने मेरो मान्यता छ ।

बि.स. २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल भए पनि उस्तै सामन्ती चरित्रका नेताहरु नै ठुल ठुला ओहोदा मा आसिन भएको देखेर देबकोटाले नेताको वारेमा “मनोरंजन” कवितामा लेखेकाछन –

नवाफी, रवाफी, कवाफी छ नेता , विलासी गिलासी सुवासी बिजेता 

प्रजातान्त्रको ढ्वांग रित्तो करायो जमाना अनौठो नया आज आयो ।

सात सालको क्रान्तिले पूर्णता नपाएको र देशमा आएको देखावटी प्रजातन्त्रको कारण उनि धेरै चिन्तित बने । त्यस पछि देबकोटाले देशमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्नको लागि श्रमजीबी जनताका अधिकारहरु सुरक्षित राख्नु नै प्रथम कर्तब्य ठानी त्यस अनुसारको प्रगतिवादी लेख, रचना, र भाषण मार्फत आफ्ना भनाईहरु लाई अगाडी बढाउन थाले । त्यस सन्दर्भमा बि.स. २०१० सालमा पुर्बिय युरोपको रोमानियामा सम्पन्न भएको अन्तरास्ट्रिय युबा महोत्सबको चौथो सम्मेलनमा भाग लिन जाँदा तेश्रो विश्वका मुक्ति आन्दोलनका क्रान्तिकारीहरु संग भएको सम्पर्क बाट उनमा भएको सौन्दर्य चिन्तनको घेरालाई प्रगतिवादी आन्दोलनमा परिबर्तन गर्नमा थप मद्दत पुगेको मानिन्छ ।

बि.स. २०११ सालमा भारतको नया देल्हीमा भएको एसियाली सम्मेलनमा नेपाली मण्डलको नेतृत्व गर्दै आफ्नो सम्बोधनमा आफुलाई बस्तुबादी र क्रान्तिकारीको रुपमा पेश गरेका थिए । बि.स. २०१२ सालमा नारायण हिटि दरवार काठमाण्डौमा भएको “अल पार्टी कन्फ्रेन्स” मा लेखकहरुको तर्फ बाट प्रतिनिधित्व गर्दै प्रत्यक्ष शासनलाई आँट गरेर कसरि प्रजातान्त्रिक ब्यबश्था लागु गर्ने बारेमा दिएको प्रभावकारी बक्तब्य बाट उनि एक ससक्त कविको रुपमा मात्र नभएर एक सच्चा प्रजातन्त्रको हिमायतीको रुपमा पनि उनि धेरै चर्चित तथा लोकप्रिय बने । बि.स. २०१२ देखि २०१३ सम्म सम्पन्न अफ्रो एसियाली सम्मेलनमा भाग लिएर समाजबादी मुलुकहरुको सम्पर्कमा आए पछि उनि प्रगतिवादी खेमामा सामेल हुदै गएको कुरा त्यस पछिका उनका रचनाहरुमा सामन्तबाद, साम्राज्यबाद र नव उपनिबेसबाद बिरोधि आवाजहरु आए बाट प्रष्ट हुन्छ । बि.स. २०१५ सालमा तासकन्दमा सम्पन्न अफ्रो एसियाली लेखकहरुको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेताको हैसियतले प्रस्तुत गरेको उनको सम्बोधनमा उनले भनेका थिए “जसले समाजको  अहित गर्छ त्यो जहर हो जहर असली साहित्य होइन । जीवनको निम्ति र बिनासको बिरुद्ध, सह अस्तित्वको लागि सैनिक आक्रमणको बिरुद्ध आधुनिक मानवजातिको महान संघर्षले जागरुक जगतमा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अबस्थामा साहित्य माथिल्लो बर्गको सौखको बिषय बन्न सक्तैन । अब यो समाज र जनताको हातमा ठुलो हतियार भएको छ “ ।

मानब अधिकारको पक्षपोषण गर्दै “ पहाडी पुकार” मा उनले लेखेका छन् 

अन्न र बस्त्र घर लिई छोड्छौं ईन्साफ़्को नाउमा 

ज्यानै पो जावस प्राणै पो जावस पर्वाह गर्दैनौ 

मानिसलाई चाहिने हक न लि छोडदैनौ 

मर्न त एकदिन अबस्य पर्छ पशु झैं नजिउं 

मानिस हु भने मानिस भै जिउँ मानिसको हक लिउं ।

महाकबि देबकोटाको विचारधारा समाजबादी तर्फ ढल्कदै गएको र समाक बहुसंख्यक शोषित, पिडित जनताको पक्षमा साहित्य सिर्जना गर्न थाले पछि देश भित्रका प्रजातन्त्र बिरोधि तथा प्रतिक्रियाबादी लेखकहरुले उनी माथि अनेक षडयन्त्र रची बिरोध र दमनहरु शुरु गर्न थाले । जसको फलस्वरूप पेटको क्यान्सर रोग बाट पिडित देबकोटालाई आफुले पाउने सुबिधा र सहयोग दिन नेपाल एकेडेमीले रोक्का गरे । समयमै उचित उपचार नहुदा जसको फलस्वरूप उनको असमयमै निधन भयो । 

 एक महान यथार्थबादी, सामन्तबादका बिरोधि र क्रान्तिकारी लेखकको एकाउन्न बर्षको उमेरमै निधन भयो । महाकबि देबकोटाले आफ्नो जीबनमा धेरै समय नेपाली जनताका प्रजातान्त्रिक प्राप्तिको लागि संघर्षमा समर्पण मात्र गरेनन धेरै ठुलो सहयोग र प्रेरणा पनि प्रदान गरेका थिए । यी नै बिभिन्न गुणहरुले गर्दा नै उनि नेपाली जनताका लागि धेरै प्यारी, अधिक लोकप्रिय साहित्यकारको रुपमा आज सम्म पनि पुजिदै आएका छन् । यसै सन्दर्भमा उनको निधन पछि युगकबी शिद्धि चरण श्रेष्ठले त्यस बेला भनेका थिए “ देबकोटा जी आज बाचिरहनु भएको भए पश्चिमा साम्राज्यबादी हरुको बिरुद्धमा राष्ट्रिय मुक्तिका लागि बिरता पुर्बक लडिरहेका बिर भियतनामी जनताका समर्थनमा वहाँले पक्कै पनि कविताहरु लेख्नु हुने थियो “ । प्रगतिवादी साहित्यकार श्याम प्रसाद उनको बारेमा लेख्छन “ यी नै उनको असल गुण हरुले गर्दा नै देबकोटा नेपाली जनताका औधि प्यारो हुनु भएको थियो । बरु जीबन भरी भने जस्तो हण्डर खानु भयो र अल्पायु मै बित्नु भयो तर सामन्तबाद र साम्राज्यबाद प्रति टाउको निहुराउनु भएन “ ।

त्यसैले महाकबी लक्ष्मी प्रसाद देबकोटा नेपाली साहित्यका एक अलौकिक काब्य पुरुष मात्र होइन नेपाली जनताका प्रजातान्त्रिक व्यवस्थाका लागि संघर्षशिल व्यक्तित्व र भाबि पिंढीका लागि उत्प्रेरक र प्रेरणाको श्रोत पनि हुन् । महकबी देबकोटा क्रान्तिकारी साहित्यकारमा हुनु पर्ने सबै गुणहरु बिधमान थिए । उनि स्वाभिमानी, निर्भिक, स्वतन्त्रता प्रेमी, जनता प्रति आश्थावान, बिस्वासी र ईमान्दार थिए । चाकडी, चाप्लुसी र दासत्व प्रति कहिले पनि र कुनै प्रकारको सम्झौता गरेनन । त्यसैले महकबी देबकोटा एक यथार्थबादी क्रान्तिकारी साहित्यकार हुन् भन्नेमा दुइ मत छैन । उनीलाई नेपाली समाजले कहिले पनि बिर्सने छैनन । 

अस्तु ।

धन्यबाद ! 

 

प्रतिक्रिया