रु नौ लाख रकम सहित पाँच जना जुवाडेलाई पक्राउ

इनेप्लिज २०७७ कार्तिक १६ गते ११:५८ मा प्रकाशित

विराटनगर,१६ कात्तिक।जिल्ला प्रहरी कार्यालय मोरङले रु आठ लाख ८९ हजार २५० रकम सहित पाँच जना जुवाडेलाई मोरङको केराबारी गाउँपालिकाबाट पक्राउ गरेको छ।

प्रहरीले विशेष सुचनाका आधारमा केरावारी सोही गाउँपालिका –६ वस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा घरधनी ६० वर्षिय भट्टराई,सोही वडा वस्ने ४५ वर्षिय वोधराज मगर,सुनसरीको धरान उपमहानगरपालिका –६ वस्ने हरी खत्री, धरान उपमहानगरपालिका–१५ बस्ने बर्ष ३६ को अरूण केसी र बर्ष ३८ को शैलेस भुजेललाई शनिवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकृत मानवहादुर राईले आज जानकारी दिनु भयो ।

निजहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोली रकम,१३ बुक तास र दुई थान स्कुटर,दुई थान मोटरसाइकल सहित पक्राउ गरिएको हो।

प्रतिक्रिया