खुट्टा हैन हात तानौं, सॅंग सॅंगै मिली हिंडौं,
अप्ठ्यारोमा परेकालाई,सहज वातावरण दिलाऊॅं।
मनोबल बढाइदिऊॅं, साहस गर्न डराउनेलाई,
उर्जा थप्दिऊॅं राम्रो काम गर्न अघि सर्नेहरूलाई।
दिनमा एउटा राम्रो कुनै काम गरौॅ मनैबाट,
सन्तोष अनि आनन्दको महसुस हुन्छ भित्रैबाट।
गन्तब्य त आखिर एउटै किन गर्नु लुछाचुॅंडी,
सहयोगी भावनालाई दिलमा राख्छन् सबले भोलि,।
सहयोग गरूॅं आफूभन्दा दु:ख पाउने कोही भएमा,
फर्किएर आउॅंछ फेरि, आफ्नै शाखा-सन्तानमा।
राखौं सोचाइ सफा मनमा, बाॅंडौं ज्ञानगुणका कुरा,
कहिल्यै सानो भइंदैन धरातलमा टेकी हिंड्दा।
गर्न सिकौं प्रशंसा नी राम्रो काम गर्नेहरूको,
अनि घुइॅंचो लाग्छ ॲाफै आफ्नो सम्मान गर्नेहरूको।
प्रतिक्रिया