प्रिय अनाम
गरेपछि अन्तिम हस्ताक्षर
सकिएको थियो हाम्रो सम्बन्ध
सिन्दुर देखि सिरानी सम्मकाे यात्रामा
लागेकाे थ्याे विराम
कुनै सिनेमाकाे दृश्यमा झैं
कल्पना आए थ्यो मनमा कि
अबकाे हाम्रो भेट
कस्तो हुन्छ हाेला
रसाउँदाे हाे आँखा
साथ खाेज्दाे हाे मन
चियाकाे अन्तिम चुस्कि
साथै पिएर
छुटिने थियाे मन
तर नचाहेपछि तिमिले
बाटो छुटियाे हाम्रो सँधैलाई
आँखिर पृथ्वी त गाेलाे छ
वर्षाै पछि
पाकेका केश सहित
भेट भयाे दाेबाटाेमा
मेरा दुवै कुममा
आफ्ना दुईहातले समातेर
कसरी सक्याै साेध्न
“लिपिस्टिक किन नलाएकाे नि?”
शायद
यति पहिल्यै साेधेकाे हुन्थ्याै भने
हुँदैन थ्याे कि हाम्रो
सम्बन्धकाे अन्त्य..
नमूना निरौला दाहाल
प्रतिक्रिया