९३औं अस्कर अवार्ड प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिता गर्ने सम्बन्धी सूचना

इनेप्लिज २०७७ असोज १२ गते १०:०४ मा प्रकाशित

द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसद्वारा सन् २०२१ अप्रिल २५ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९३औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने तय भएको छ ।

कोभिड–१९ महामारीको कारण छनोट प्रक्रियाको नियममा सामान्य परिवर्तन गरी यो साल फिल्म पठाउने समय सीमा दुई महिना पर धकेलिएको छ । अघिल्ला वर्षमा अक्टोबर १ सम्ममा फिल्म छनोट गरी पठाइसक्नु पर्ने थियो भने यो साल सन् २०२० डिसेम्बर १ तारीख अर्थात् वि.सं. २०७७ मंसीर १६ गतेभित्रमा अस्करको कार्यालयमा फिल्म पुग्ने गरी पठाइसक्नु पर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।

उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने नेपालको तर्फबाट एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९३औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२० अक्टोबर १५ तारिख अर्थात् मिति २०७७ असोज २९ गते बिहीबार दिनको १२ बजेभित्र यस समितिको सचिवालयमा सम्पर्क गरी The International Feature Film Submission Requirements Checklist बमोजिमका कागजातहरू सहित दर्ता गराउनु हुन यस समितिको मिति २०७७ असोज १२ गतेको निर्णयानुसार यो छनोट समिति सबैमा आह्वान गर्दछ ।

– प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. २०७६ असोज १५ गते (सन् २०१९ अक्टोबर १) देखि २०७७ पुस १६ (सन् २०२० डिसेम्बर ३१) गतेभित्र सार्वजनिक प्रदर्शन भइसकेको हुनु पर्नेछ ।

– अस्कर कमिटिको परिवर्तित नियमानुसार अघिल्ला वर्षहरुमा कुनैपनि सिनेमा हलमा रिलिज भएर कम्तीमा हप्ता दिनसम्म सार्वजनिक प्रदर्शन भएकै हुनुपर्ने नियम भएकोमा यो साल यसरी हलमा रिलिज मिति तय भएको तर कोभिड–१९ महामारीका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्महरूले समेत अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको प्रमाण सहितको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्ट्रिमिङ साइटमार्फत रिलिज भएका छन् भने तिनले सहभागिता जनाउन सक्ने भएका छन् ।

दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्टकपी समेत संलग्ग्न गर्नुपर्ने छः

– निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा), अंग्रेजीमा अनुवाद गरिएको (Complete production credits (cast and crew) as they appear on screen, in English translation),

– अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (Synopsis of the film),

– निर्देशकको बायोग्राफी र फिल्मोग्राफी, अंग्रेजीमा अनुवाद गरिएको (Director’s biography and filmography, in English translation),

– चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू (Published advertisements verifying the seven-day theatrical run)।

छनोट गरिने चलचित्रले थप निम्नानुसारका सामाग्रीहरूको समेत तयार गरिराख्नु पर्नेछः

– सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू (3-5 representative stills from the film),

– निर्देशकको फोटो (Director’s photograph),

– चलचित्र रिलिज हुँदाको पोस्टर (Film poster* – 600 dpi tif format, RGB color mode or 40″ x 27″),

– चलचित्रको डिजिटल कपी (Digital content delivery (Streaming asset for voting purposes –
Please refer to digital specifications of Artwork, DCPs, Posters etc. at at https://submissions.oscars.org/technicalspecifications.aspx

– भोटिङ प्रयोजनका लागि छनोट भएको चलचित्रको उल्लेखित मापदण्डमा ५० थान डिभिडी प्रतिलिपिहरू बनाइ कागजको खोलमा चलचित्रको नाम, लम्बाइ, र देशको नाम मात्र उल्लेख गरी पठाउनु पर्नेछ । (50 DVDs of the entry, without trailers or other extraneous material, capable of playing on Region 0/NTSC standard definition DVD players. DVDs must be in individual paper sleeves and must include the film title, running time and country only. No artwork, promotional material, contact information, company name or film logo is acceptable on the DVD labels or sleeves. Do not send Blue-ray discs.)

माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन हुन अनुरोध गरिन्छ । यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ । नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनौट गर्ने कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

 

सचिवालयको सम्पर्क ठेगानाः

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), चाबहिल, काठमाडौं,

सम्पर्कः अध्यक्ष विमल पौडेल, ९८५११०४४५४, सचिव चिरञ्जीवी गुरागाईं, ९८५१०२९२००, ईमेलः [email protected]

चिरञ्जीवी गुरागाईं, सचिव

प्रतिक्रिया