मैले कोरोनाले रोएको देखेको छु

भावना बिष्ट २०७७ असोज ३ गते १८:०७ मा प्रकाशित

मैले कोरोनाले रोएको देखेको छु,
आशा निराशामा बदलेको देखेको छु

बुवाको चुपचाप आँखाको तड़पाई देखेको छु,
आमाको मनको असहिय उत्पीड़न देखेको छु

मैले कोरोनाले रोएको देखेको छु,
आशा निराशा मा बदलेको देखेको छु

लाचार भएर मज़दूरहरु रोएको देखेको छु,
लड्दै पड्दै ज़मीन मा घिस्रेको देखेको छु

गरीबहरुको खुल्ले आम चीत्कार सुनेको छु,
मध्यम वर्गको मौन आक्रोस देखेको छु

मन्त्रि हरूको भीखको शैली देखेको छु,
त्यही पैसाले भर्चुअल र्याली देखेको छु

गरीबहरु अस्पतालको बहिर मरिरहेको देखेको छु,
निर्दोषहरुलाई मरणासन्न कूटेको देखेको छु

भगवानको घरै बन्द गरेर लुकेको देखेको छु,
अरुलाई दुख दिने मानिसको अन्त्य पनि देखेको छु

दिनभर चमकिने सूर्य साँझ हुदा डूबेको देखेको छु,
जता फर्क्यो उतै मुख फेर्ने बहुमुखी मनुष्य देखेको छु

मैले कोरेनाले रोएको देखेको छु,
आशा निराशा मा बदलिएको देखेको छु

प्रतिक्रिया