मुख्यमन्त्री राई–सन्देश

इनेप्लिज २०७७ असोज ३ गते ११:५८ मा प्रकाशित

विराटनगर,३ असोज(रासस):प्रदेश न.१ को मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई सहित सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ।

लामो संघर्ष र बलिदानपछि २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षा पछि जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज हो भन्नुभएको छ।संविधान सबै जाति,भाषा,धर्म,संस्कृति, लिङ्ग, वर्ण, भूगोलका जनतालाई एकताको सूत्रमा आवद्ध गर्ने माध्यम मात्र नभएर राष्ट्र निर्माणको आधार स्तम्भ हो आज जारी शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ।

नेपालको संविधानले धर्म निरपेक्षता,समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नुका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ।यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको छ र आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त,समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यस प्रति सबै नेपाली संकल्पित हुने मैले विश्वास लिएको छु उहाँले भन्नुभएको छ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश सरकार क्रियाशील छ । यही अभियानलाई सफल बनाउन ‘स्वच्छ,सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ । यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुने कुरामा कुनै शंका छैन्।यसका लागि समाजका सबै वर्ग,समूह,पेशा,क्षेत्रको सहकार्य आवश्यक छ मुख्यमन्त्रीले सन्देशमा भन्नुभएको छ।

उहाँले सन्देशमा संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ।तसर्थ राजनीतिक सङ्क्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वच्छ,सुखी र समुन्नत प्रदेशको मूल दृष्टिकोण सहित हामीले पहिलो आवधिक योजनाको थालनी गरेका छौं ।कृषि,पर्यटन, उद्योग,पूर्वाधार विकास,सामाजिक तथा मानवीय विकास हाम्रो प्राथमिकतामा छन् ।समावेशी सहभागिता र न्यायपूर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौं । सबै समुदायको धर्म, संस्कृति, भाषा, लिपी कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबूत बनाउने हाम्रो अभिप्राय छ।प्रदेश सरकार आफ्नो मध्यावधि कार्य अवधिको समीक्षा गर्दै बाँकी कार्य अवधिमा गरिने कार्यहरुको योजना सहित केही दिनमा प्रस्तुत हुन गइरहेको समेत जानकारी गराउनु भएको छ।

विगत बर्षमा संविधान दिवस देश भरि हर्साेल्लासका साथ मनाईदै आएको थियो ।राष्ट्रिय एकता, अखण्डता र राष्ट्रको सम्मान सम्झौताहीन विषय हुन् । राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको गत बर्ष हामीले व्यापक प्रयोग गरेका थियौं।ठूला आकारका राष्ट्रिय झण्डा हाम्रो प्रदेशका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरिएको थियो । तर यो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ का कारण सार्वजनिक ठाउँमा भव्य र उत्सवको रुपमा मनाउँने अवस्था रहेन्।म यहाँहरु सबैलाई कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन उहाँले सन्देश मार्फत हार्दिक अपील गर्नुभएको छ।

अन्त्यमा,ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ केन्द्रित हुन प्रदेशका सबै राजनीतिक दल र प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई म आव्हन गर्दै मुन्यमन्त्री राईले संविधान दिवसको यस अवसरमा सुख,शान्ति,समृद्धि एवम् उत्तरोत्तर प्रगतिका साथै देशमा राष्ट्रिय एकता,अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन् सकोस्, हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया