प्रदेश प्रमुख अधिकारी–संविधान दिवस सन्देश

इनेप्लिज २०७७ असोज ३ गते ११:४९ मा प्रकाशित

विराटनगर,३ असोज(रासस):प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको उपलक्ष्यमा आज यहँ एक शुभकामना सन्देश दिनु भएको छ।

उहाँले सन्देशमा नेपालको स्वतन्त्रता,सार्वभौमिकता,अखण्डता,राष्ट्रिय एक, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार,स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै जनताको माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछल्लो संविधान हो उल्लेख गर्नु भएको छ।

राष्ट्रियहित,लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गरेको ऐतिहासिक जनआन्देलन,सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै बेपत्ता र पीडित नागरिकहरलाई उच्च सम्मान व्यक्त गर्दछु उल्लेख गर्नु भएको छ।

उहाँले निरंकुश जहाँनिया शासन,तानाशाही निर्दलीय एकतान्त्रिक शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सवै महान शहिदहरुप्रति श्रद्धान्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु सन्देशमा उल्लेख गर्नु भएको छ।

वीर,अमर,त्यागी कर्मनिष्ट र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्दै बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुकत विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता,सामाजिक सांस्कतिक ऐक्यवता,सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय जातीय, क्षेत्रीय भाषिक,धार्मिक,लैङ्गिक विभेद र सवै प्रकरका जातीय छुवापछूतको अन्त्य गरी आर्थिक सामनता,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपाति समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।

देशमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना,सुशासन,वित्तीय अनुशासन,मितव्ययीता, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा संविधान दिवसको मर्म र भावना सार्थक हुनेछ सन्देशमा प्रदेश प्रमुख अधिकारीले उल्लेख गर्नु भएको छ।

उहाँले ठूलो त्गाय, बलिदान र संघर्षले प्राप्त प्राप्त गरिएको संविधानको संरक्षण र सङ्घीय लोकतन्त्रिक गणतन्त्रलाई सस्थात गर्न आम नेपाली दाजभाई तथा दिदीवहिनीहरु सबैलाई समर्पित भएर लागौ. भन्ने आग्रह सन्देशमा गर्नु भएको छ।

वीर शहीदहरका सपनाहरुलाई पुरा गरी तन,मन,बचन र कर्मले समृद्ध नेपाल बनाउन अग्रसर हुनु हुने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु सन्देशमा उहाँले भन्नु भएको छ।

उहाँले शुभकामना सन्देशमा नेपालको स्वतन्त्रता,सार्वभौमसत्ता, भौगोलिक खण्डता, राष्ट्रिय अखण्डता,राष्ट्रियता,स्वाधीनता,स्वाभिमान,नेपालीको हितका आधारभूत विषयलाई ख्याल राखी जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली,वालिग मताधिकार,आवधिक निर्वाचन,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका अनि कानूनी राज्यको आवधारणा लगायत लोकतान्कि मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण जुटिरहन सवैलाई आव्हान गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले संविधान दिवसको पावन अवसरमा ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उत्तरोत्तर प्रगति ,उन्नति, सु–स्वास्थ्य, दीघायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया