संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदक

इनेप्लिज २०७७ असोज ३ गते ११:१७ मा प्रकाशित

 

काठमाडौँ । संविधान दिवसको अवसरमा ५९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकद्वारा विभूषित गरिएको छ । यसरी पदक तथा सम्मान पाउनेमा राष्ट्रसेवक कर्मचारीकौ संख्या ठूलो छ भने थोरैको संख्यामा स्थानीय जनप्रतिनिधि रहेका छन् ।

सुप्रसिद्ध प्रबल जनसेवाबाट नेत्ररोग चिकित्सक सन्दुक रुइतलाई उच्च सम्मान गरिएको छ भने सुप्रसिद्ध प्रबल दोश्रोबाट अख्यियारका निवृत प्रमुख नविनकुमार घिमिरेलाई विभूषित गरिएकौ छ । सुर्कीर्तिमय राष्ट्रसेवक(तेस्रो) बाट अख्तियारका आयुक्त गणेशराज जोशी र नापि विज्ञ बुद्धिनारायण श्रेष्ठ सहित ७ जना, सुप्रबल जनसेवा श्री तृतियबाट न्यायाधीस अनन्तराज डुम्रे, आयुक्त सावित्री गुरुङ थापा, राजदूत लोकबहादुर थापा, अन्जान शाक्य, इन्जिनियर – छविराज पोख्रेल, डाक्टर विद्यानिधि पौडेल, शिक्षाविद् मनप्रसाद वाग्ले, लेखक दयाल शाही, मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई लगायत ८७ जना रहेका छन् ।

यसैगरी प्रबल जनसेवाश्री चतुर्थबाट उपसचिव बाबुराम पाण्डे, पत्रकार शुभशंकर कंडेल, नीति अध्येता डा. सुरेश तिवारी, कामनपा वरिष्ठ अधिकृत नमराज पाण्डे लगायतका रहेका छन् ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।

संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

प्रतिक्रिया