प्रदेश सभा हलको शिलान्यास

मोहम्मद सदरुल २०७७ असोज १ गते १०:४२ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,१असोज(रासस):प्रदेश सभा सचिवालय प्रदेश न.१ विराटनगरको प्रदेश सभा भवनको आज यहाँ एक समारोहको बीच सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नु भएको छ।

सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु.दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ।निर्माण कम्पनिले अगामी फागुन मशान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण भइरहेको छ।हल करिव ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्नका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनले सहज एवं सरल हुने बताउनुभयो।उहाँले यो भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिन निर्माण कम्पनिलाई आग्रह गर्नुभयो।

अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो।मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोको रुपमा रहेको प्रदेश सभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने भन्नुभयो।उहाँले यो भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनिलाई खबरदारी गर्दै अगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेश सभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन सममै निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिनुभयो।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेश सभामा सहभागी हुने सांसदहरुलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनु पर्ने बताउनुभयो।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भएपनि बन्न लागेको यो भवनले हामीलाई संसदमा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक विगहा तीन कठ्ठा क्षेत्रफल भित्र बन्न लागेको यो भवनले संसद सञ्चालन गर्न सुविधा पुगोस् भन्ने शुभकामना दिनुभयो।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेश सभा सञ्चालन गर्न निकै कठिनाई व्योहरी रहेको अवस्थामा यो भवनले सहज हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया