स्वाभिमान ले चुलिएर
अभिमानले पुरिएर
युद्धमाेर्चाबाट जिउँदै फर्केको
कुनै सिपाहीकाे
उदात्त छाती जस्तै
कहिल्यै नदब्ने तिम्रो हिम्मत
कुनै मन्दिर माथि
गाैरवले सजिएकाे
कहिल्यै नझुकेकाे
गजुर झैं तिम्रो शिर
केवल
बसमा चढेर
सँगै काे सिटमा यात्रारत
अपरिचताकाे काँधमा
बारबार ,बारबार
अनि बारबार
किन लुलिएकाे हँ ?
ओ सज्जन
नमूना । मेचिनगर १० झापा ।।
प्रतिक्रिया