वीरेन्द्र रावल,
धनगढी, भदौ २९÷नेपाल वाल संगठन कैलाली शाखाको आयोजनामा सोमबार धनगढीमा अनाथ बालबालिकालाई तरकारी वितरण गरिएको छ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा तरकारी बितरण गरिएको कुरा नेपाल बालसंगठन कैलालीकी कार्यालय प्रमूख कल्पना खड्काले जानकारी दिनु भएको छ।
बिपदमा बाल अधिकारको सुनिश्चिता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ यस वर्षको बालदिवस मनाइदै छ।
नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धि महासंधि १९८१ अनुमोदन गरेको निको अवसरमा दिवस मानउन थालीएको हो।
महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेमो छ।बालदिवसको अवसरमा नेपाल बाल संगठन कैलालीले आमाको माया छात्राबासमा ४५ केजिआलु, ३५ केजि प्याज र एक प्याकेट मास्क बितरण गरेकोे छ।
बिपन्न परीवार र अभिभावक बिहीन २० जना बाल बालीका अहिले आमाको माया छात्राबासमा अध्यनरत रहेका छन।स्थानिय ब्यक्तिहरुको सहयोगमा छात्राबास संचालनमा रहेको छ।
कोरोनाका कारण छात्राबासमा तरकारीको अभाब भएकाले बाल दिवसको अवसरमा तरकारी बितरण गरेको नेपालबाल संगठन कैलालीका अध्यक्ष भुवनेश्वर पन्तले बताउनु भयो।
बाल संगठन कैलाली हरेक वर्ष बिपन्न परीवारका समामुदायीक बिद्यालयमा पढने बिद्यार्थीहरुलाई छात्रबृति समेत बितरण गर्दै आएको छ।
बाल संगठन कैलालीले कैलालीको भजनी बाढीले क्षतिपुगाएको ठाउका प्रभाबितलाई खाद्यान्न र स्वास्थय सामाग्री समेत बितरण गरेको सचिब नृपबहादुर सुनारले बताए ।बिपन्न बर्गमा रहेकाबालबालीका र बिपद्मा परेकालाई बाल संगठन कैलालीले सहयोग गर्दै आएको समेत सचिब सुनारले बताउनु भयो।
नेपाल बालसंगठन कैलालीले यस पूर्व पनि कैलाली जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत टुहुरा,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आईरहेको र आगामी दिनमा पनि थप कार्यक्रमहरु विस्तार गर्दै जाने सोच भएको कुरा उपसभापति रुप बहादुर खड्काले बताउनु भयो।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया