प्रदेश न.१ मा ८७ जना कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ भदौ २९ गते २१:५२ मा प्रकाशित

विराटनगर, २९ भदौ(रासस):प्रदेश न.१ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन्।सो मध्ये १५ महिला र ७२ जना पुरुष छन्।थपिएका सङ्क्रमितमा मोरङमा ५५,सुनसरीमा २४, झापामा दुई , उदयपुरमा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमा मोरङको कटहरीमा महिला आठ जना र १३ पुरुष, विराटनगरमा एक महिला १३ पुरुष,बुढीगंगामा पाँच महिला र आठ पुरुष, ग्रामथानमा दुई महिला र पाँच पुरुष, रतुवामाईमा तीन पुरुष, जहदामा एक पुरुष र स्थानीय तह नखुलका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा एक महिला र १३ पुरुष, धरानमा दुई महिला र दुई पुरुष, इटहरीमा दुई, भोक्राहानरसिंहमा दुई, दुहवीमा एक र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको छ ।

यस्तै झापाको कमलगाउँपालिकामा एक महिला र एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष तथा प्रदेश बाहिरका पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यसप्रदेशमा हालसम्ममा चार हजार ८२९ जना कोरोनाबाट सङ्क्रमित भएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना र न्युरो अस्पताल विराटनगरबाट सात जना गरी १५ जना सहित अहिलेसम्ममा दुई हजार ७८ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन्।प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ४८४ जना सहित हालसम्ममा एक लाख नौ हजार १६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया