आइतबार, असोज ११ २०७७
काठमाडौं २२:२७
वासिङटन डिसी 12:42

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अफ्रिका च्याप्टर गठन

इनेप्लिज २०७७ भदौ २८ गते १८:१८ मा प्रकाशित

अफ्रिका । १३ सेप्टेम्बर २०२०अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटर आज अफ्रिकामा रहेका नेपाली साहित्यकर्मी बिच भएको जुम बैठकले गठन गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर आज अफ्रिकामा रहेका नेपाली साहित्य क्षेत्रमा क्रियाशिल नेपालीहरुको अनलाइन बैठकले गठन गरेको छ ।

समितिको अध्यक्षमा गणेश खडका ( सेसेल्स ), उपाध्यक्षमा सुवास सापकोटा ( केन्या ), महासचिवमा दुर्गा बिनय ( मलावी ) सचिवमा वड मिसन ( कङ्गो ), कोषाध्यक्षमा पुरोषत्तम अधिकारी ( सेसेल्स ) र सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी ( युगान्डा ) , रमेश राई ( मदागास्कार ) र अन्जु पौडेल ( नाइजेरिया ) रहेका छन ।

अन्य देशहरु बाट सदस्यहरु पछि थप गरिने छ । समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया ), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल ( युगान्डा ) लाई समेत बैठकले चयन गरेको छ ।

बैठकमा शुभकामना दिनु हुँदै अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले अब अनेसास संसारका सबै महादेशमा पुगेको बताउनु हुँदै कार्यसमितिमा चयन हुनु भएका सम्पुर्ण साथीहरुलाई बधाई र शुभकामना दिनु भएको थियो ।

अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउनु हुने लेखकहरुलाई अनेसासको अन्तर्राष्ट्रिय संजालमा स्वागत गर्दै उहाले सबै मिली नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको बताउनु भयो ।

त्यसैगरी गैरआवासीय नेपाली सङ्घ -भाषा ,साहित्य ,संस्कृती तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना आज यथार्थमा परिणत भएको छ भन्दै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र समृद्ध गर्न यसले थप योगदान दिनेछ भन्ने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया