“प्रेमग्रन्थ”

कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका २०७७ साउन ९ गते २२:५६ मा प्रकाशित

 

मैले मेरो सिरानीमा सजाएर राखेको मेरो प्रेमग्रन्थ
जहाँ प्रेमका कोपिलाहरु फक्रदैं गईरहेकाका थिए,
अनि प्रेमका सुकुमार औंलाहरुले भोलि –
आउने बिहानीको सरगम बजाउँदै थिए,
एक्कासि रातरात त्यहाँ साँढेहरु आएर जुध्न थालेछन!
अनि भर्खरै फक्रदैं गरिरहेका प्रेमका कोपिलाहरु कुल्चन थालेछन!
बिहान के हुन लागेको थियो,
मेरो हृदयको संघारभित्र प्रेमका कलिला घामहरु खेल्न आए,
अनि एक बिहानै झसङ्ग भएर उठन खोज्दा त
मुटुको स्पन्दन- स्पन्दनले मेरो सिरानीमा सजाएर राखेको प्रेमग्रन्थ लाई पो खोजिरहेको थियो!
प्रेमग्रन्थलाई पो खोजोरहेको थियो।।।

-कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया