सान्दाजुको सम्झनामा !

सुनिल मणि दाहाल २०७७ साउन ७ गते १:५८ मा प्रकाशित

 

सुनिल मणि दाहाल,

जनमत संग्रहताका सान्दाजु (विपि कोइराला) रौतहट स्थित जिल्ला न्यायाधिसको क्वाटरमा बुवालाई भेटन आउनु भएको थियो।मेरो वुवा मोहनमणि दाहाल जिल्ला न्यायाधिस  र निर्वाचन प्रमुख हुनु हुन्थ्यो।

बनारसमा अध्ययन गर्दा विपि, पुष्पलाल लगायतका नेताहरुको संगत पाएको व्यक्तिलाई विपि लाई भेट नदिनु भन्ने माथिल्लो दरवारिया आदेशले छोएन।आफ्ना प्रिय सान्दाजुलाई स्वागत गर्न बुवाले आफ्नै अदालतको कार्यालयमा व्यवस्था गर्नु भएको थियो।

विराटनगरबाट म विदामा रौतहट गएका समय सान्दाजु संग भेट गर्ने अवसर प्राप्त भयो। पंचायतका मतियारहरूले बुथ कव्जा गर्दा मध्यरातमा आफै गइ कव्जा गरीएको मत पत्रलाई नियन्त्रणमा लिई गिन्ति गरियो। अन्तमा रौतहटको  निर्वाचनमा बहुदलले जित्यो।

दरवारमा उजुरी पर्यो, सूर्य वहादूर थापाको उजुरीमा बुवाको जागिर झन्डै गएको थियो, तर राजा विरेन्द्रलाई व्रिफिंग भयो र पहाडमा सरूवा गरियो।दरवारमा मेरो ठूलो बुवा डा बल्लभमणि दाहालको राम्रो पहंच भएका कारण सूर्य व थापाको केहि लागेन।सवैका ‘सान्दाजु’ आदरणिय विपि निधनहुंदा विराटनगरका बस्ति तथा हरेक घरवाट परिवार नै श्रद्वान्जलीका लागि तातो सडकमा उर्लिएको थियो- त्यस हुलमा पछी पछी लागेर श्रद्वान्जली अर्पण गर्ने अवसर मलाइपनि प्राप्त भएको थियो।

सान्दाजु र मनमोहन अधिकारी मेरा नजरमा राज नेता थिए, त्यसपछी त्यति गुण भएका नेताहरू नेपालले जन्माउन सकेन वा अवसर हुंदापनि त्यो मान र सम्मानलाई नेताहरूले थेग्न सकेनन। आज ३८ औ वि.पि. स्मृति दिवसको अवरमा सान्दाजुलाई सम्झदै श्रद्वान्जली अर्पण गर्दछु।

तस्विर : मृदुला कोइरालाको फेसवुकवाट

प्रतिक्रिया