नम्रता गुरागाई । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अन्तराष्ट्र्रि नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना(एनसी एनसी)को संयुक्त आयोजनामा यसपालीको २०७ औं भानुजयन्ती भर्चअल सम्पन्न भयो ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिखर दुलालले गर्नु भएको थियो । हाम्रो निमन्त्रणालाइ स्वीकार गरेर भर्चअल सहभागी हुनुभएका अतिथिहरु नेपालबाट कल्पतरु साहित्यक पत्रिकाका प्रधान सम्पादक नवराज पुढासैनी ‘ज्योत्सना’, कार्यकारी सम्पादक गोकुल अधिकारी, अतिथि सम्पादक मुकुन्द अर्याल हुनुहुन्थ्यो ।
अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने अतिथि कविहरु क्रमश गोविन्दसिंह रावत, मुक्ती गौतम, दिपा राइ पुन, राजेन्द्र अर्याल, सीता अर्याल, उर्मिला निर्दोषी, दुर्गा दाहाल, सस्थाका सल्लाहकारहरु इश्वर देवकोटा, डा.नारायण राजभण्डारी, मनोज प्रधान उपस्थित हुनुको साथै साहित्यकार डा. हरिहर भट्टराइ, अनेसास बोर्ड अफ ट्रस्टीका प्रतिनिधि पदम विश्वकर्मा, एनसी एनसीका अध्यक्ष रविन्द्र कार्की तथा सदस्यहरु, साहित्यकार निलम कार्की निहारिका र एन आर एन अध्यक्ष कुलानन्द शर्मा हुनुहुन्थ्यो भने भानुजयन्ती कार्यक्रमलाई रेडियोबाट लाइभ प्रसारण गरिदिन रेडियो हिमालयका संचालक तथा प्रस्तोता बुद्दी विश्वकर्मा हुनुहुन्थ्यो ।
कार्यक्रमका अध्यक्षले आफनै घरबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण गरी शुरु भएको कार्यक्रमको शुरुवातको संचालन संस्थाकी वर्तमान अध्यक्ष नम्रता गुरागाईंले गर्नुभएको थियो भने उपस्थित दर्शक दिर्घालाइ स्वागत संस्थाकी महासचिब निर्मला राजभण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार डा.हरिहर भट्टराइले भानुभक्तका सक्कली र नक्कली तस्बीरहरु दुबै देखाएर भानुजयन्तीमा सक्कली तस्बीर राखिनुपर्ने कुरामा जोडदिनुभयो । दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको पहिलो सत्रको संचालन संस्थाका सदस्य डा.ऋषि बस्ताकोटीले कल्पतरु साहित्यक पत्रिका र प्रधान सम्पादक नवराज पुढासैनीको छोटो परिचय दिएर शुरु गर्नुभएको थियो ।
कार्यक्रममा पत्रिकाको विमोचन तथा छोटो मन्तब्य प्रधान सम्पादक स्वंयले गर्नुको साथै उक्त पत्रिकाभित्र प्रकाशित केही कविताहरुको संक्षिप्त समिक्षा साहित्यकार डा. गोविन्दसिंह रावतले गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण अतिथि कविहरु तथा स्थानिय कविहरुले आ—आफना कविता वाचन गर्नुभयो । स्थानिय कविहरुमा जितमान बस्नेत, सविता विष्ट, दिपेन्द्र विष्ट, रमेशप्रसाद गौतम, निलम कार्की निहारिका, गीता बस्नेत, इश्वर देबकोटा, उमा शर्मा, डा.अच्युत शर्मा, शिशिर खनाल हुनुहुन्थ्यो ।
यसैगरी दुई वर्षमा साहित्यिक संस्थाको कार्यसमिति परिवर्तन भएर नर्या कार्यसमिति आउनु पर्ने प्रावधान अनुसार २०२०—२०२२ को लागि नम्रता गुरागाईंको नेतृत्वमा नयां कार्यसमित भएको करा कार्यक्रमका अध्यक्षले घोषणा पनि गर्नुभयो ।
उक्त कार्यसमितिको अध्यक्ष नम्रता गुरागाईं, उपाध्यक्ष :शिशिर खनाल,कार्यकारी सचिब; निर्मला राजभण्डारी,कोषाध्यक्ष ;सुजाता ढुंगेल,सदस्यहरु;विक्रम गौतम, डा. अच्युत शर्मा, डा.ऋषि बस्ताकोटी, उमा शर्मा, गीता बस्नेत र शिखर दुलाल(पदेन सदस्य) रहनुभएको छ ।
कार्यक्रमको दोस्रो चरणलाइ संस्थाकि कोषाध्यक्ष सुजाता ढुंगेलले अमेरिकाको नर्थ क्यारोलाइनामा हुर्कदै गरेका र नेपाली सिक्न इच्छुक नेपाली मूलका अमेरिकन भाइबैनीहरुका लागि खोलिएको नेपाली पाठशालाको छोटो परिचय दिदैं संचालनमा गर्नुभएको उक्त समारोहमा किन्डरग्राटेन देखि १२ कक्षा र १२ कक्षा सकेर कलेज गएका ४० जना नयां र पुराना भाइबैनीहरुको उपस्थिति रहेको थियो । सधैं झै केही न केही विषय दिएर नेपाली भाषामा बोल्न प्रोत्साहन गर्ने हाम्रो अभियानमा यसपालीको विषय कोभिड–१९ र यसले भाइबैनीहरुमा पारेका प्रभाब रहेको थियो ।
कोरोना भाइरसको संक्रमणको कारण हाम्रा दैनिकिहरुले कोल्टे फेरेको बेला हामी सबैले यो वर्षलाइ अनौठो तरिकाले विताइरहेका छौं । हामी ठूलालाई त सजिलो छैन झन सानाहरुको चन्चले उमेरमा गर्मी विदा हुनु अघि नै विद्यालय बन्द भएर घर बस्नु परेको, साथीभाइसंग भेटेर हास्न खेल्न नपाएको तथा विद्यालयको बांकी रहेको पढाइ समेत भर्चुअल पढेर सिध्याउनु पर्दा उनिहरुलाइ कस्तो अनुभब भएको छ भन्ने हाम्रो जिज्ञासालाइ भाइबैनीहरुले विस्त्रित रुपमा प्रस्तुत गरे ।
कोराना भाइरस के हो र यसबाट बच्न के गर्नुपर्छ भन्ने कुरालाइ गीत, कविता, चिठी, लेख र मन्तब्यका माध्यामबाट प्रस्तुत गर्दा लाग्थ्यो हामी अमेरिकामा नभएर नेपालको कुनै ठाउंमा भानुजयन्ती मनाइरहेका छौं ।
पाठशालामा भर्ना हुंदा आफनो नामसम्म राम्ररी भन्न नसक्ने नानीहरुले कुनै विषयलाइ लिएर नेपाली भाषामा त्यसरी बोलेको सुन्दा हो रोपेपछि नै हो फल्ने र हिंडेपछि नै हो पुगिने जस्तो लाग्यो यो पंक्तिकारलाइपनि । आ–आफनो प्रस्तुती दिने भाइबैनीहरुमा गुन्जना न्यौपाने, बबी नेपाल, रबी नेपाल, बिभुषा गौतम, तारोहित पोख्रेल, बिभु पोख्रेल, विसप थापा, सलिल ढकाल, श्रेया ढकाल, अग्रिमा सापकोटा, सगुन आचार्य, सम्पदा आचार्य, प्रतिज्ञा बन्जाडे, नेरिका प्रधान, प्रोग्रेस प्रधान, सेजल घिमिरे, स्कन्ध आचार्य, स्तुती आचार्य, परिधि ढकाल, केभिन खनाल, कृस्टिना खनाल, सायन लामिछाने, कृष पोख्रेल, कृति पोख्रेल, शौरभी ढकाल, निभ्या कार्की, निश्का कार्की, सृष्टी पौडेल, सुप्रिम तिमल्सिना, निर्बिरोध तिमल्सिना, अनुस्कृति सापकोटा, आहान श्रेष्ठ, अभ्नी श्रेष्ठ, आर्या श्रेष्ठ, जिन्ता भट्ट, आयुश्मा शर्मा, अग्रता दाहाल, आशर््िया ढकाल, अबन्तिका र श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा भाइबैनीहरुको प्रस्तुतीको बारेमा संस्थाका सदस्य तथा नेपाली पाठशालाका शिक्षक विक्रम गौतमले भाइबैनीहरुले बुझने गरी सरल भाषामा नेपाली भाषा सिकाइलाइ निरन्तरता दिन हौसला थपिदिनभयो ।
त्यस्तै एन आर एन नर्थ क्यारोलाइनाका अध्यक्ष कुलानन्द शर्माले नयां कार्यसमिततिलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो भने एनसी एनसीका अध्यक्ष रविन्द्र कार्कीले भाइबैनीहरुको मिठो प्रस्तुतीको श्रेय नेपाली पाठशालाका शिक्षक शिक्षिकाहरु र उत्साही अभिभाबकहरुलाइ जाने कुरामा दुइमत नभएको कुरा बताउनुको साथै एनसी एनसीको तर्फबाट सहभागी सबै भाइबैनीहरुलाइ सानो उपहार दिने कुराको जानकारी गराउनुभयो ।
आफनो दुइवर्ष लामो कार्यकालमा प्रतक्ष्य र अप्रत्क्ष्य सहयोग गर्नुहुने सबैलाइ धन्यबाद दिनुका साथै नयां कार्यसमितिको सफल कार्यकाल शुभकामना दिंदै कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष शिखर दुलालले गर्नुभयो ।
प्रतिक्रिया