नेपाली राजनीतिका पात्र र प्रवृत्ति

बीरकाजी बस्नेत २०७७ असार २५ गते २२:५५ मा प्रकाशित

एक दलिय पञ्चायत पछी जब देशमा बहुदल आयो त्यसले नेपाली समाजमा स्वाभाबिक हलचल पैदा गर्‍यो । आन्तरिम प्रधानमन्त्री कृष्ण प्रशाद भट्टराई पनि छोटो समय मात्रै नेपाली समाजमा देखा परेका नेता मदन भण्डारी संग पराजित भए । यसमा स्वयम कांग्रेस नेतृत्वको अन्तर्घात ,एक क्षेत्र बाट चुनाव जित्छु भन्ने भट्टराइको बढिनै चुलिएको आत्म विश्वाश ,मदन भण्डारीको मन्त्र मुग्ध पार्न सक्ने वाक्पटुता र संगठनले काम गरेको थियो । स्पस्ट बहुमत पाएको कांग्रेस सरकार निर्माण गरेर शासन गर्न सुरु मात्र गरेको के थियो बिपक्षले कर्मचारी आन्दोलन उठाइदियो । यसले परिपक्व नभै सकेको राजनीतिमा यस्तो तिक्तता ल्याइदियो कि नेपाली समाज राजनीतिक आस्थाका आधारमा मलामी जाने नजाने ,जुठो बार्ने नबार्ने ,जन्ती जाने नजाने ,फरक आस्था बोकेका बिच बिहेबारी सम्बन्ध नराख्ने ,संयुक्त रुपमा आयोजना गर्ने कुलपुजा र गोठ पूजामा समेत एकै बंस परम्परालाई समेत अलग थलग बनायो र यो सब भ्रम निबारण हुन समाजलाई केही समय लाग्यो । त्यस बेलाको तेस्रो राजनीतिक शक्ति संयुक्त जनमोर्चाले गरेको आन्दोलनमा मान्छे मार्ने काम सरकार बाट भयो । अटुट रुपमा आन्दोलन ,बन्द हड्ताल ,सार्बजानिक सरकारी सम्पत्ति तोड्फोड नियमित जस्तै भयो र मानिसमा बितृष्णा बढ्न सुरु भयो । यसै बिच आफ्नो पहिलो भारत भ्रमणमा प्रधान मन्त्री गिरिजा प्रशाद कोइरालाले टनकपुर सम्झौता गरे पछी सम्झौता कि समझदारी भन्ने बिषयले पहिलेनै के पि भट्टराइले भनेको नेपालका नदीहरु नेपाल र भारतका साझा नदी भनेको कुरामा बिबाद्को आगोमा घिउ थपिदियो जसलाई पछी अदालतले निर्क्योल गरिदियो । यसै बिच पार्टिमा ज ब जको अबधारणा ल्याएर नेत्त्रित्व गरेका र खरो बक्ताको परिचय बनाएका मदन भण्डारीको दास ढुङ्गामा रहस्यात्मक जिप दुर्घटनामा मृत्‍यु भए पछीको आन्दोलनमा मान्छे मारिए र राजिनितिक कटुता चरमचुलिमा पुग्यो । काठमाडौं क्षेत्र न. एकको उप निर्वाचनमा कृष्ण प्रशाद भट्टराइको उमेद्ववारी र पराजय पस्चात कांग्रेस पार्टी भित्र यस्तो सम्म बिग्रह भयो कि बिभाजन बाट पार्टी मुस्किलले त जोगियो तर ३६ से र ७४ ए गुट सिर्जना भयो । अन्तत आफ्नै सरकारले ल्याएको निती तथा कार्यक्रम सदनमा असफल पारीदिए पछी प्रधान मन्त्री गिरिजा प्रशाद कोइरालाले संसद बिघटन गरे र मध्याबधी निर्वाचनको घोषणा गरिदिए ।

२०५१ सालको मध्याबधी निर्वाचनमा सबैभन्दा ठुलो दलको रुपमा एमाले सत्तामा आयो भने पूर्व पन्चहरुको पार्टी तेस्रो ठुलो दलको रुपमा थियो । नौ महिने कार्यकाल सके पछी जब अबिश्वास प्रस्ताब दर्ता भयो । तर त्यसको सामना नगरि प्रधान मन्त्री मनमोहन अधिकारिले संसद बिगठन गरिदिए । तर अदालतले उक्त कदम उल्ट्याइदिए पछी शेर बहादुर देउबाको नेत्रित्वमा काङ्रेस र पन्चको गठबन्धनको सरकार बन्यो । त्यस पछी लोकेन्द्र बहादुर चन्द र सुर्य बहादुर थापालाई टाउको बोक्दै सरकार बनाउने र गिराउने अनी सांसद खरिद बिक्री काण्ड जस्ता गाइजात्रा सुरु भयो । त्यस्तै जनमोर्चाले आफुलाई हतियार युक्त युद्धमा जंगल पस्यो । २०५६मा कृष्ण प्रशाद भट्टराईलाई भाबी प्रधान मन्त्री घोषणा गर्दै चुनावमा गएको कांग्रेस बहुमत सहित सरकार बनाउन सफल भयो । तर उनी प्र म भएको केही समय पनि भएको थिएन र फ्रान्स भ्रमण को निम्तो पनि मान्न नपाई सत्ताबाट हटाइयो । त्यस पछी गिरिजा प्रशाद कोइराला पनि तत्कालिन माओवादी समस्या संबोधनमा दरबार सँग मतभेद भए पछी हटे र देउबा प्रधान मन्त्री हुन पुगे तर पार्टी भित्रको असमझ्दारी पछी उनले पनि संसद बिघटन गरिदिए । तर तोकेको मितिमा चुनाव गराउन नसकी चुनावको मिती सार्न पुगेका देउबा लाई अक्ष्यम भन्दै राजा ज्ञानेन्द्रले गल हत्याइदिए पछी पुन स्वच्छ छबी भएको चन्द नेत्रित्वको र पछी थापा नेत्रित्व हुँदै प्रतिगमन आधा सच्चिदै पुन देउबा र एमालेको गठबन्दन सरकार बन्यो । त्यसलाई पनि राजाले खारेज गरेर कृति निधी बिष्ट र तुलशी गिरी लाई उपाद्क्ष्य बनाउदै पावर आफ्नो हातमा लिए । पछी दिल्लीमा भएको १२ बुदे सम्झौता र नेपालमा भएको आन्दोलन पछी राजाले शक्ती हस्तान्तरण गर्न वाध्य भए । देउबा द्वारा बिघठित संसद पुन्र्स्थापना भयो । यस् पछी गिरिजा प्रशाद कोइराला प्रधान मन्त्री बने । सभामुख रहेका सुबाश नेवाङ द्वारा त्यो अवस्थामा राजा सँग भएका अधिकार कटौती गर्दै धर्म निरपेक्ष्यता जस्तो संबेदनशिल कुरा पनि घोषणा गर्दिए ।

त्यही बिचमा संघियताको बिषयलाई लिएर तराइमा अर्को आन्दोलन भयो र अन्तरिम संबिधानमा संघियता समाबेश गरियो । त्यो भन्दा पहिले नागरिकता कानुन पारीत गरियो जसमा तीन जना स्थानीयको सिफारिसको आधारमा नागरिकता बितरण गरियो । बिभिन्न अड्कोका साथ प्रथम संबिधान सभा चुनावमा भाग लिन नमानिरहेका मधेस्।केन्द्रित दलहरुलाई भारतीय राजदूत राकेस सुदले दुताबासमा सहजिकरण गरिदिए पछी चुनाव संभव भयो । युद्धको चरण बाट आएको माओवादी पार्टी ज्वालामुखी जस्तो अत्याधिक स्थानमा बिजय हांसिल गरेर ठुलो पार्टी बन्यो । त्यस्तै तराइमा मधेश केन्द्रित दल चौथो ठुलो पार्टिको रुपमा आयो । यसले के पि ओली चढेको ठेलागाडा उछिनेर गणतन्त्र घोषणा गर्‍यो । पुष्प कमल दाहाल एमाले र तराइका दल सहित संयुक्त सरकारमा प्रधान मन्त्री बने । उनी प्रधान मन्त्री भएको केही समय मात्र भएको के थियो मोहन बैद्यले जनबादी क्रान्ति गर्ने उपयुक्त समय आएको भन्दै बखडा निकाले । त्यसलाई थामथुम पार्दै अघी बढेको उनको सरकार सेना चलाऊन पुग्यो । सेनापतिको बर्खास्ती र पुनर्बहाली पछी उनी सत्ताच्युत हुन पुगे । त्यस पछी ईतिहास दोहोरिन पुग्यो अर्थात ५१ सालको तेस्रो पन्च दल जस्तै तेस्रो एमाले दलले नेकपालाई  प्रधान मन्त्रिको पद मिल्यो भने पहिलेको खरिद बिक्री जस्तै कामको लागि ५० करोड चाइनिज ब्यापारी सँग मागेको कुरा बाहिर आयो । त्यस्तै तराइका दलहरु सत्तामा जान एक पछी अर्को टुक्रा पर्दै गए । संसद भित्र क क स को गठन ,जातिय आधारमा संघियता ,एक मधेस एक प्रदेश जस्ता कुराले गर्दा पहिलो संबिधान सभाका अन्तिम प्रधान मन्त्री बाबुराम भट्टराईले संबिधान सभा बिगठन गरी दिए । यस् बिचमा क्रमस बिभिन्न न्यारेटिभ बनिदै र परिबर्तित हुँदै गए । बहुदल प्राप्तिको समयमा पम्फा देवी ठकुरानीको नाममा अरबौ रुपैया स्विस बैंकमा छ भन्ने हल्ला पिटियो तर हाल सम्म यो पुस्टी भएको छैन । टनकपुर सम्झौता लाई एकीकृत महाकाली सन्धीको प्याकेजमा मिसाइयो जसबाट हाल सम्म नेपालले केही फाईदा पाएको छैन । जतिबेला महाकालीको उद्गम्स्थल निर्धारण गर्न सकेको भए अहिलेको कालापानी समस्या निस्कर्षमा पुग्न सक्थ्यो । जब माओवादी युद्ध चर्किदै गयो यही बिचमा देशमा रहेको एक शक्तिकेन्द्र राजदरबार हत्या काण्ड भयो र यसले केही रिक्तता कायम गरिदियो । माओवादी युद्ध निस्कर्षमा पुगे पछी सबै समस्या समाधान हुन्छ भनियो । शान्ति सम्झौता पस्चात मुलुकबाट राजतन्त्र निर्मुल गरे पछी समाधान हुन्छ भनियो । त्यस्तै संबिधान सभाको चुनाव भए पछी मुलुकका सबै समस्या समाधान हुन्छ भनियो । क्रमस संबिधान बने पछी मुलुकले बाटो लिन्छ भन्ने ठानियो । दोस्रो पटक संबिधान सभाको चुनाव भयो । यसले दलहरुको आकारमा परिवर्तन भयो पहिलो र दोस्रो मिलेर संबिधान बन्नु अघी र बने पछी आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भयो । जस अनुसार कांग्रेस बाट सुशिल कोइरालाको प्रधान मन्त्रित्वमा सरकार गठन भयो र अनेक उतार चढाब बिच संबिधान जारी भयो । यो भन्दा केही अघी भुकम्पले देशको जनधन ब्यापक क्षतिका साथ जनजिबन अस्तब्यस्त बनाएको थियो । संबिधान जारी पछी तराइले केही असन्तुस्टिका साथ सिमा बन्द गर्‍यो भने भारतले आर्थिक नाकाबन्दी लगायो । पूर्व सहमती बिपरित संबिधान जारी पछी पनि पुन प्रधानमन्त्री पदको उम्मेद्बारी दिए । तर आम बाम सहमती बनेर के पि ओलिको नेतृत्वमा सरकार गठन भयो । यसै बिचका केही घटना क्रम हेरौ । सेनापती पुन्र्स्थापना ,अख्तियार प्रमुखमा लोकमान सिंह कार्किको राष्ट्रपती बाट बिरोधका बाबाजुद कार्यालय समय अगावै नियुक्ती ,ओलिको पहिलो चाइना भ्रमणबाट बैकल्पिक नाका खोल्ने सम्झौता पस्चात भारतीय निम्तोमा देउबा र कृष्ण बहादुर महराको भारत भ्रमण अनी बिमलेन्द्र निधी र महराको संयुक्त बैकल्पिक सरकार निर्माणमा सहमती र सदनमा अबिश्वास प्रस्ताब र पहिले टुंगो लागि सकेको बिषयमा नेपालको सदनमा अबिश्वासको पक्ष र बिपक्षमा छलफल र सरकार परिवर्तन जस्ता कुराहरु र सहमती बिपरित सुशिल कोइरालाको प्र म मा पुन उमेदवारी जस्ता कुराहरुको निर्णय गर्ने ताला चाबी पूर्व प्रम बाबुराम भट्टराईको शब्दमा अन्त कतै भए जस्तो अन्त कतै बाट भएको थियो । दोस्रो संबिधान सभाको अन्त्यमा देउबाको प्रधानमन्त्रित्व र माओवादी गठबन्धन सरकार बन्यो भने चुनाबी तालमेल एमाले र माओवादी बिच भयो । जसको फलस्वरुप बाम गठबन्दनको बहुमत प्राप्त भयो । चुनाबी परिणाम पछी काम चलाऊ बनेको अवस्थामा देउबा सरकारले अनेकौ लोकप्रिय कार्यक्रम प्रस्तुत गर्न थाल्यो जस्तो ६५ बर्ष पुग्ने बित्तिकै बृद्द भता ,राजनितिक कार्यकर्ता लाई उपचार खर्च जस्ता थिए । जसको आसय कल्याणकारी कार्य भन्दा पनि सरकारले ढुकुटी रित्तो पार्ने कार्य हुन पुग्यो । ढुकुटी रित्तो हुँदा प्रतिस्पर्धी पार्टिलाई असर पर्नु भन्दा पनि आम नेपाली जनताको बजेट्मा असर पर्ने कुरा थियो । त्यस पछी नेपालमा पहिलो पटक बहुमतको बामपन्थी सरकार बन्यो । यसले पनि जनताको अपेक्ष्या पुरा गर्न चुक्नुको साथै एक पछी अर्को काण्डमा फस्न पुग्यो । जनता हरेक तहको सरकारले लगाएको कर बाट समस्यामा छन कोरोना ,सलह ,र बाढी पहिरोले पीडित छन । राजनीतिक पार्टीहरु धेरै पहिले सुरु भएको र दुई देश बिच मन्त्री स्तरमा सम्झौता गरि सकेर अहिले लागु गर्ने चरणमा रहेको यम सि सि बिबाद र बहस घमासान भइरहेको छ जुन सम्झौता भन्दा पहिले गर्नु पर्ने हुन्थ्यो । लामो समयको बहस र लगातारको भारतीय हस्तछेपको कारण देशले एकमतले हडपेको भुमी सहितको नक्सा जारी गरेको थियो त्यसलाई आधार र कारण बनाएर वा त्यसको बर्को ओडेर ब्यक्तिगत स्वार्थ र पदको लालचामा कुकुर झगडामा परिणत भइरहेको  छ । यहाँ अचम्मको कुरा के पनि छ भने आफ्ना पुर्खाको राज्य पृथ्बी नारायण शाहले खाइदियो भन्दै सालीक तोड्ने र थुक्ने हरुलाई पनि कालापानी चांही चाहिएको छ ।

–बीरकाजी बस्नेत

प्रतिक्रिया