हिजोआज किन तापमान छन्
सेताम्मे ती कलिला लेकहरू
बेहोस थर्मोमिटर बौरिएर
तम्सिरहेछ नाप्न किन देशको तापक्रम ?
उस्तै उराठ देखिन्छ
राजनीतिको बेहोस काॅसघारी
रविरूपी कवि
बौलाइरहेछ शब्दको धूर्त खेती गरी
धूमिल देश बोकेर दशगजापारि
बर्बराइरहेछन् एकहुल राष्ट्रवादी सैतान
साॅघुरिएका छन् अनायासै
हृदयका फराकिला फलैचा
वेबारिस छ चौबाटोमा लास
बाध्य छ मानिस पैचो लाउन मलामी
भयभीत देख्छु भविष्यको उज्यालो
क्यानसरयुक्त हावा
विवश छ मुसार्न देशबासीको फोक्सो
बेखबर छ देश बेखबर
थाह छैन , त्यो टारीखेत अचेल
पसिना फलाउॅछ वा
सरकारको लागि मात्र चौरासी व्यञ्जन ?
धूर्त अखबारको सन्देश बोकेर
भारी छन् मतिष्क अचेल
भयङ्कर आक्रोसित छ समयको चेत
लाखौ घाॅटी ॲचेटेर सत्तासम्म पुग्छ शासक
कुल्चिन्छ सधै मुलायम फूल
विकासको नाममा हानिरहन्छ सधै
ॲध्यारोलाई शत्रु मानी ढुङ्गा
तिनै लोक हॅसाएर
प्रदर्शन गरिरहन्छ यसरी नै
आफ्नै मूर्खताको आवेग
चलिरहनेछ यसरी नै जात्रारूपी व्यवस्था
वियोगको धुन बजाउॅदै अचेल
रगतै बर्षाउॅछ जुनेली रात
शुन्यताभित्र पनि लुकामारी खेलिरहेछ
अर्को विषयुक्त शुन्यता
खरानीभित्रै रमाइरहेछ
खरानीकै सिम्फोनी
देख्दिनॅ फरक कहीॅकतै
निभाइरहेको देख्छु अचेल
शत्रुले आफ्नो इमानदारी
गीतारूपी शात्र
लिइरहेछ आगोलाई साथ
पिइरहेछ समयको श्राप
प्रकम्पित छन् धर्मभीरूहरू
भयले सुम्सुम्याइरहेछ आकाङ्क्षा
ब्रह्ममाण्डरूपी चेतपुञ्जमा
बिलिन हुन बाध्य छ आत्मबोध
अति कुटिल छन् कुटिल
पहेलो बस्त्रधारी पाखण्डी
पाइलापाइलामा बलात्कृत छ धर्म
घरीघरी आफै पोखिन्छन् धूरीबाट
बोल्न उस्तै कठिन छ कठिन यहाॅ
मानवतारूपी ईश्वरीय भाषा
हेर ! कति कपटी छ युग
सोच्दै नसोची कैदी बनायो
पत्थरभित्र मानिसले आफ्नै ईश्वर
पल्लो गोलार्द्धमा बहेको बतास
उडाइल्याउॅछ किन आधुनिक धुलो
र,बस्तीले छोप्छ ॲाखा उचालेर आफ्नै हत्केला
कठिन छ पुरिन यसरी मस्तिष्कको घाउ
उस्तै विचलित छन्
युग डोर्याउने चेतना
त्यही पोखिन्छन् किन चुलेसीरूपी बतास
असंभव देख्छु जगतसॅगको अन्तरक्रिया
झन् गाह्रो छ पाउन
आत्मबोधी सत्य
तौलिन खोजिरहन्छ समयले
प्रत्येक युगको चेतना
आविष्कार भए पक्कै नापिने थियो
पटकपटक मर्ममिटरले पीडा
धर्ममिटरले ह्रदय
यी खराब र बेतुक बहसको बीचबाट
अर्को प्रश्न सोध्दै छ दुनियाॅ
हे युग !
खाऊॅ पृथ्वी नै अन्त्य गरी अन्तिम भोज
वा बाॅचौ यसरी नै ओकलेर आगो ?
-बिकास थापा
पेन्सलभेनिया , अमेरिका
स्रोत – कवितासंग्रह ( ओकलेर आगो )
प्रतिक्रिया