मरेपछि क्यै थाहा हुन्न

गोविन्द गिरी प्रेरणा २०७७ असार २१ गते १३:५१ मा प्रकाशित

मरेपछि उसको लासले

सदगदका लागि ठाउॅं नपाएको

मलामीले वाटो नपाएको

आफन्तले नजिक आउन नपाएको

गाउॅंलेले बाटो छेकेको

जुलूस निस्केको

बाटो खुलाउन

पुलिसले लाठी चार्ज गरेको

अश्रु ग्याॅंसले हानेको

गोली चलाएको

निर्जन वनको एकान्तमा

गहिरो खाल्डोमा पुर्नु अघि

सेनाले सलामी चढाएको

उसलाई क्यै क्यै थाहै भएन !

मान्छे मरेपछि

साॅंच्चै साॅंच्चै

के के हुन्छ

क्यै क्यै थाहा हुन्न !

हो

मरेपछि क्यै थाहा हुन्न !

५ जुलाई २०२०, बृन्दावन , भारत !

प्रतिक्रिया