स्वभिमान कसैको किचिनु हुँदैन -गजल
पुष्कर बराल
२०७७ असार १० गते २१:३४ मा प्रकाशित

स्वभिमान कसैको किचिनु हुँदैन ,
सिमाना त कहिल्यै मिचिनु हुँदैन ।
लडेर छिमेकी कहाँ हुन्छ भलो ?
दाई भाईकै घाँटी थिचिनु हुँदैन ।
जोगाउनु पर्छ माटो देशै भरीको,
भकारीको धान जस्तो रित्तिनु हुँदैन ।
जननी जस्तै हो देश बेचेर नखाउ,
आफ्नै भुगोल रुँदा खित्किनु हुँदैन ।
प्रतिक्रिया