विद्यार्थीले घरमा कसरी पढने

यादवराज जोशी २०७७ असार १० गते ८:०३ मा प्रकाशित

यादवराज जोशी

पढने, लेख्ने ठ्याकै यसरी भन्ने सुत्र छैन । कोही बस, रेल, कारमा यात्रा गर्दै पढन सक्छन त कसैलाई शान्त आरामदायी ठाँउ चाहिन्छ । कसैको बिहान पढने बानी हुन्छ, कसैको राती । कसैलाई किताब देखेपछि निद्रा लाग्छ त कोही किताब नभई निदाउन सक्दैनन् । कसैलाई एकपटक पढे पुग्छ भने कसैलाई दोह्याएर, तेह्राएर पढनु पर्छ । पढने सम्वन्धमा यस्ता कैयन फरक बानी छन । तर, यदि तपाई स्कुल, कलेजमा पढदै हुनु हुन्छ भने पढाईमा निकै ध्यान दिनु आवश्यक छ । किनकीः यो अनौपचारिक अध्ययन होईन । परीक्षामा राम्रो अंक (वा ग्रेड) ल्याउन राम्रोसंग पढनै पर्छ ।

कस्ता किताब कसरी पढने भन्ने बारेमा बेलायती दार्शनिक फ्रान्सिस बेकनले भनेका छन्ः केही पुस्तकको स्वाद मात्र लिईन्छ, केही पुस्तक र्सलक्क निलिन्छ, तर केही पुस्तक मजाले चपाईन्छ र पचाईन्छ । केही पुस्तकको कुनै अंशमात्र पढे पुग्छ । केही पुस्तक र्ससर्ति पढे हुन्छ । तर, केही पुस्तक निकै ध्यान दिएर पढनु पर्छ । स्कुल वा कलेजका पाठ्यपुस्तक तिनै किताब हुन जुन पढदा निकै ध्यान दिनु पर्छ अर्थात मजाले चपाएर निल्नु पर्छ । अनि पचाउनु पनि पर्छ, अर्थात मजाले बुझ्नु पर्छ । पचाउन नसके परिक्षामा असफल भईन्छ ।

कोभिड १९ ले गर्दा विश्वभरी कलेज, स्कुल बन्द भएका छन् । कैयन स्थानमा अनलाईन कक्षा सुरु भएका छन् । कतै सुरु हुदै छन् । घरमा बसेर पढनुको आफ्नै आनन्द छ भने अप्ठारा पनि छन् । घरको वातावरणमा सजिलै ध्यानभंग हुने खतरा निकै हुन्छ । स्कुल वा कलेजले निर्धारण गरेको समयमा अनलाईन कक्षामा सहभागी हुने बाहेक घरमै कसरी पढने ? पढनका लागि कस्तो वातावरण बनाउने ? भन्ने बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

घरमा परिवारका अरु सदस्य पनि हुन्छन । उनीहरुको क्रियाकलाप जस्तै टेलिभिजन हेर्ने, संगित सुन्ने, सुत्ने, विभिन्न घरायसी कामले पढाईमा बाधा हुन सक्छ । यस्तो अवस्थामा पढाईको नतिजा आशाअनुरुप नहुन सक्छ । अझ कैयन अवस्थामा पढीरहेको बेला कुाममा लगाउने चलन पनि छ । यस्तो स्थितीमा पढाईमा एकाग्र हुन कठिन हुन्छ । विद्यार्थी वा पढने व्यक्तिले घरमा भैपरि आउने काम, आफ्नो दैनिकी र समयको उचित व्यवस्थापन गर्न सकेन भने घरको अध्ययन चौपट हुन सक्छ । यहाँ घरमा पढदा केही सावधानीपूर्ण कदमको चर्चा गरिएको छ ।

१. सक्रिय अध्ययनः सिक्काका दुईपाटा जस्तै पढाईका पनि दुई पाटा छन, सक्रिय र निस्क्रिय अध्ययन । अध्ययन सधै सक्रिय हुनुपर्छ अर्थात मनमा मैले मेरोलागि पढने हो भन्ने सोच हुनुपर्छ । सक्रिय अध्ययनले पढिरहेको पाठ सहजै बुझ्न र पछिका पाठमा चाख बढाउन मद्दत गर्छ । पाठ सुरु गर्दा उक्त विषयमा आफुले पहिले नै जानेको कुरा र पाठ पढेपछि थप जानेको कुरा सानो नोट बनाउनु पर्छ । पहिले जानेको र पछि सिकेको कुरा बीचको फरक, समानता छुट्टाउन खोज्नु पर्छ । यदि सहजै फरक र समानता छुट्टाउन सकिएन भने पाठ फेरी दोहराउनु राम्रो हुन्छ ।

२. गहिरो निद्राः विद्यार्थीहरु पढनका लागि नसुत्ने गर्दछन । यो राम्रो कुरा होईन । ८ घन्टा गहिरो निद्राले अर्को १६ घन्टा मस्तिष्कलाई सक्रिय रहन मद्दत गर्छ । राती सुत्नु राम्रो हो । कसैको राती पढने बानी छ भने दिउसो सुत्दा नि फरक पर्दैन तर ८ घन्टा सुत्नै पर्छ । परीक्षाको अघिल्लो रातभरी पढने बानी राम्रो होईन । यरले परीक्षाको बेला मस्तिष्क शिथिल बनाउछ । वर्षभरी नै सक्रिय अध्ययन गर्नेलाई परिक्षाको दिन पहिले पढेका मुख्यमुख्य कुरा ५/६ घन्टा दोहराउदा प्रयाप्त हुन्छ ।

३. दिनमा पढने कि रातीः दिनमै पढनु पर्छ भन्ने छैन । राती पनि पढन सक्निछ । तर, एउटा कुरा महत्वपूर्ण छ कि मस्तिष्क थाकेको बेला पढदा कुनै फाईदा छैन । उदाहरणका लागि, कुनै विद्यार्थी राती १० बजे सुत्छ र बिहान ६ बजे उठछ । बिहान उठेपछिको ४/५ घन्टा मस्तिष्क निकै ताजा हुन्छ । बिहान ७ बजेदेखि १० बजे सम्म पढनु राम्रो हुन्छ । कसै कसैको बानी हुन्छ, राती पढने । राती पढनेले पनि पढनु भन्दा २ घन्टा अगाडि खाना खाने र ४५/६० मिनेट न्याप लिएपछि पढनु राम्रो हुन्छ । न्यापले मस्तिष्कलाई तरोताजा बनाउन छ ।

४. शान्त पढने ठाँउः पढने ठाँउ शान्त हुनुपर्छ । टिभी, रेडियो, गफगाफ भैरहेको ठाँउ हुनु हुदैन । अभिभावकले पनि पढने विद्यार्थीका लागि त्यस्तो ठाँउको व्यवस्था गरिदिनु पर्छ । पढने ठाँउमा सजिलै भेटिने गरी पुस्तक, कपी, कलम जस्ता समाग्री राख्नु पर्छ । पढाईको बीचमा करिब ४० मिनेटमा छोटो (५-१५ मिनेट) विश्राम लिन सकिने ठाँउ भए अझ राम्रो । उक्त विश्राममा २ मिनेट त्यसअघि पढेको पाठ सम्झने र बाँकी समय आँखा बन्द (ध्यान गरे जस्तो) गर्नु पर्छ । यसले पुर्नताजगी ल्याउछ ।

५. ठिक्क खानेः के खाने भन्ने कुराले त्यत्ति महत्व राख्दैन तर कति खाने भन्ने कुरा महत्पूर्ण हुन्छ । पेटभरी खानु हुदैन । अटरमटस गरी खाँए असजिलो हुन्छ । २/४ गाँस कम खाने तर बेला बेला (२/३ घन्टाको अन्तरालमा) हल्का खानेकुरा खाई रहनु पर्छ । धेरै खाए वा अस्वस्थ्य खाना खाए पढाईमा ध्यान केन्द्रित गर्न सकिदैन । खाना र पानीको सन्तुलन मिल्नु पर्छ । एक घन्टाको फरकमा २०० मिलिलिटर पानी पिउनुले मस्तिष्क ताजा बनाई राख्छ ।

६. घरायसी कामका लागि बेग्लै समयः साना ठुला परिवारका सबै सदस्यको घरको काम हुन्छ । पढाईसंग घरको कामको तारतम्यता मिलाउनु पर्छ । यसमा अभिभावकले महत्पवूर्ण भुमिका खेल्न सक्छन । पढाईको बेला कुनै काम नअ्हाउने गरेर । विद्यार्थीले घरको काम पढाई अगाडि सक्ने वा पढाई पछि गर्ने बानी बसाल्नु पर्छ । घरका काम पढन बस्नु अगाडि सक्नु राम्रो हुन्छ । यसो गर्दा पढाईपछि मस्तिष्कमा पढाईका कुरा खेल्ने वा खेलाउने समय हुन्छ । यसरी दोहर्याउदा परीक्षाको बेला धेरै समय पढनु पर्दैन ।

७. समयसारणी बनाउनेः स्कुल वा कलेजमा विभिन्न विषय हुन्छन । ति विषय कहिले, कति समय पढने भनेर समयसारणी बनाउनु उपयुक्त हुन्छ । यसरी समय निर्धारण गर्दा आफुलाई सजिलो लाग्ने विषयलाई कम समय र अप्ठारो विषयलाई बढी समय दिनु पर्छ । दैनिक समयरारणीमा एउटा विषयलाई कम्तिमा ३० मिनेट र बढीमा ४५ मिनेट दिनु राम्रो हुन्छ । उदारणका लागि ७ वटा विषयको लागि ३० मिनेटको दरले ३ घन्टा ३० मिनेट हुन्छ । कसैको २, कसैको ३ विषयमा बढी पढनु पर्ने हुन्छ । त्यसअनुसार ति विषयको लागि थप १५ मिनेट थप्नु पर्छ । ७/८ कक्षसम्म पढने विद्यार्थीले दिनमा २/३ घन्टा, ९ देखि १२ मा पढनेले ३/४ घन्टा र कलेज पढनेले ४/५ घन्टा दैनिक घरमा अध्ययन गर्नु पर्छ ।

८. नोट गर्नेः विद्यार्थीले पढेको महत्वपूर्ण कुरा नोट गर्ने बानी बसाउनु पर्छ । यस्तो नोट बेग्लै कापी वा पाढ्यपुस्तकमा हाईलाईट, अन्टरलाईन वा पुस्तकको खाली ठाउमा शव्दको अर्थ, पाठको सार वा सम्भावित प्रस्न र उत्तर लेखेर गर्न सकिन्छ । यसरी नोट गर्नाले पाठ दोहराउने काम सजिलो हुन्छ । कैयनपटक तिनै महत्वपूर्ण लाईन पढदा पनि सम्पूर्ण पाठको सार थाहा पाउन सकिन्छ ।

९. टाईमरको प्रयोगः समयसारणीमा भिन्न भिन्न विषयको लागि फरक फरक समय निर्धारण गरिएको हुन्छ । आफैले बनाएको समयसारणीलाई अपनाउन ३० मिनेट वा ४५ मिनेट वा ६० मिनेटमा समय सकिएको जानकारी दिने टाईमर राख्नु पर्छ । यसले सबै विषय समान तरिकाले अथ्ययन गर्न सकिन्छ ।

प्रतिक्रिया