लक्ष्मण रेखा

डा किशोर सापकोटा ‘मणि’ २०७७ असार ९ गते २३:४१ मा प्रकाशित

२०७३ को मार्चको १२ तारीख सारा सन्सार भर एउटा दुखको खबर छाएको थियो । कोरीया (पहिलाको दक्षिण कोरीया) तथा डच जनता दुखको आँशुमा डुबेका थिए । ३०० जना प्यासेन्जर र १५ जना स्टाफ लीएर नेदरल्यान्ड यरलाइन्सको वोइङ ४५७ आम्स्टड्यामको सीपोल अन्तराष्ट्रिय विमानस्थलबाट दक्षिण कोरीयाको सोलको लागी उडेको विमान टेक अफ भएको दुइ घन्टा तेह्र मिनेट अठार सेकेन्डमा सन्चार बिक्षत भएको थियो । त्यती बेलै देखी बाट खोज्न शुरु गरीएको विमानको बारेमा अहिले सम्म केही जानकारी पनि पाइएको थिएन । समुद्रको यो यो क्षेत्रमा खसेको हुन सक्ने भन्ने आशंकाको आधारमा समुद्रको त्यो त्यो क्षेत्रमा खोजी अभियान जारी राखीएको थियो । जहाजले उडेको केही बेर पछि आफ्नो दिशा परिवर्तन गरेको भन्ने रिपोर्टले खोज तथा अनुशन्धान झन जटिल बनाएको थियो । करीब ३०० वटा पानी जहाज, सत्तरी वटा हवाइ यान हरु परीचालन गरीएको थियो भने करीब १००० जना दक्ष जनशक्ति ले निरन्तर खोजी गरीरहेका थिए । करिब १० अर्व डलरको खर्च भइसक्दा पनि केही पत्तो लागेको थिएन । हराइरहेका मान्छेका आफन्तहरुलाई सरकारले जसरी पनि तपाइहरुको मान्छेलाई छिटै पत्ता लगाँउछौ भनेर भनेको पनि महिनौं वितीसकेको थियो।

होे त्यही प्लेनमा चढेको थियो अमन ।नेपालको पश्चिम तमुवान राज्यको अमन नेदरल्यान्ड बाट घर फर्किने क्रममा सोही प्लेनमा चढेको थियो ।प्लेन उडेको त्यस्तै दुइ घन्टा मात्र भएको हुदो हो,यात्रुहरु कोही खानमा व्यस्त थिए, कोही टिभीमा मनोरन्जन लिंदै थिए ।स्क्रिनले जहाज ४४ हजार फिटमा माथी भएको अनि बाहीरको तापक्रम माइनस ४४ डिग्री भएको देखाएको थियो ।ठिक त्यसैबेला प्लेन हल्लीन शुरु गर्यो ।मनिटरबाट ट्वाइलेट नजान,वेल्ट वाँध्न आदेश आयो । प्लेन असाध्यै हल्लीयो । मान्छेहरु भुइमा लड्न थाले।यरहोस्टेज हरु आँफै सिट समातेर पाइलटको भनाइ पर्खीरहे ।अमन पछिल्लो सिटमा थियो । उसले खान लागेको खाना, चिसो सबै शरिरमा पोखीयो, धन्न बेल्ट बाँधेको हुनाले चोटपटक लागेन । प्लेनमा रुने कराउने हुन थाल्यो ।प्लेनको पछाडी भएका यरहोस्टेसहरु सानो सानो स्वरमा सर सल्लाह गर्न थाले।डच भाषा राम्रो वुझने हुनाले उनिहरुको कुरा वुझन गाह्रो भएन । उनिहरु गुन्गुनाउदै थिए “प्लेनका चारवटै इन्जिन फेल भइसकेको हुनाले प्लेन नियन्त्रण गर्न समस्या परेको हुनाले प्याराशुट बाट ओर्लनको विकल्प छैन ।” तर उनिहरु सँग थोरै प्याराशुट छन रे । हल्लीन कम हुनासाथ उनिहरुले प्याराशुट र अक्सिजन सिलिन्डर हो की के हो निकाल्न लागे । अमनले एउटा प्याराशुट यरहोस्टेसबाट खोसेको याद छ, प्लेनको ढोका खोल्दा चिसो हावाले हानेको याद छ, अरु केही याद छैन, उ औधि आत्तिएको थियो ।प्लेन ल्यान्डिङ भयो की भएन, अरु यात्रु हरुको हालत के छ, आँफु कहाँ आइपुगें आदी केही अत्तो पत्तो छैन । होसमा आँउदा एउटा नौलो ठाँउमा खसेको थियो,सानो दाग लागेको थियो अनुहारमा अनि हातले प्याराशुट समातीरहेको थियो,थरथर काँपिरहेको थियो । आँफुले दाश्रो जन्म पाएको मा हर्षले आँशुको भल बगायोे।

उसले यता उता हेर्यो, दाँया तर्फ एकदम हरीयाली, सुन्दर, राम्रा राम्रा फुलहरु फुलेका रमणीय ठाँउ थियो भने अलि वाँया तर्फ मरभुमी जस्तो उराठ लाग्दो ठाँउ थियो । उ त रनभुल्लमा पर्यो । म कहाँ आइपुगें ? भनेर उसले कल्पनै गर्न सकेन । उसले एक नजर घुमाँउदा स्वर्ग जस्तो अनि अर्को तर्फ नजर डुलाँउदा नर्क जस्तो ठाँउ त्यहीं देख्यो । उ सपनामा त छैन ? भन्ने ठानेर एकिन गर्न खुटटामा किटिक्क चिमोट्यो, उ त विपना मा नै थियो ।उ एकछिन पछि उठेर दाँया तर्फ जान लाग्यो, तर अचम्म उ जानै सकेन ।त्यहाँ न कुनै छेक बार थियो, न केही पर्खाल थियो, तर पनि उ पारी जान लाग्दा पटक्कै सकेन । उ क्रस गर्न खोज्दा चिट चिट पसिना आँउथ्यो अनि चुम्बकको समान धुर्व विकर्षण भए जस्तै भएर वारी नै धकेलिन्थ्यो ।उसलाई हजुरआमाले भनेको रामायणको कथाको याद आयो, लक्ष्मण रेखा ।त्यहाँ पनि कुनै काल्पनिक रेखा थियो, लक्ष्मण रेखा जस्तै, जुन उ पार गर्न सयौं प्रयास गर्दा पनि सकेकोे थिएन ।

एकै छिनपछि त्यहाँ केही मान्छे आइपुगे,पाँच जनाको समुहमा तिन जना लोग्ने मान्छे थिए भने दुइजना केटिहरु।लोग्ने मान्छे उसलाई सामान्य लाग्यो भने केटीहरु असाध्य राम्रा, जुम्ल्याहा जस्ता ।उनिहरुको शरीर यति मिलेको थियो की कम्युटरले बनाएर फोटो कपि गरे जस्तै।लोग्ने मान्छेको निधारमा टुटुल्को जस्तो भुक्क उठेको थियो ।उनिहरुले के के गफ गरे उसले केही पनि बुझेन । उसले डराँउदै “म प्लेनमा नेपाल जाँदै थिंए , यहाँ झरे, तपाइहरु को हो, यो ठाँउ कुन हो ” आदी सोध्दै थियो तर उनिहरुले केही पनि बुझेनन । हातको इशारामा जाँउ भने।जे भएपनि मान्छे नै हुन, के पो गर्लान र भन्ने सोच्दै उ तिनीहरु सँगै हिडयो।

उसलाई एउटा कोठामा राखीदिए ।एउटी केटी उ सँगै वसी भने अरु आ आफ्नो बाटो लागे । स्टार होटलको जस्तो आनन्दको कोठामा बस्न पाँउदा एक हिसाबले उ खुशी भयो भने अन्जान ठाँउमा वन्धक जस्तै बनेर वस्नु पर्दा अनि उनिहरुले बोलेको केही पनि नवुझदा उसलाई दिग्दार लाग्यो ।यताउता लेखीएका संकेतहरु, अक्षरहरु उसले केही पनि वुझन सकेन।गार्ड जस्तै गरेर ढोकामा उभिइराखेकी केटीलाई सोध्यो उसले केही जबाफ दिइन।कोठा भित्र झलमल्ल उज्यालो थियो, कति बजेको छ, कति बेला भएको छ भन्ने उसलाई अत्तोपत्तो थिएन । केही समय पछि त्यो केटीले खाना ल्याइदिइ, उसले त्यो अनौठो किसिमको खाना नमिठो नमिठो मानेर खायो । अनि त्यसै पल्टेको कति बेला निदाएछ कति बेला भेउ नै पाएन । त्यो केटी भने जहाँको त्यहीं थिइ ।त्यो केटीले न खाना खाएको देख्यो, न सौचालय गएको देख्यो, न मुख धोएको देख्यो, न यता उता चलमल । उ पहिला जहाँ बसेकी थिइ, त्यही थिइ । उसले मनमा राम्रा नराम्रा कुराहरु सोच्न थाल्यो ।त्यस्ती राम्री अनि मिझासिली केटी उसले अहिले सम्म यो लोकमा देखेको थिएन।उसको न कहि दाग, खत थियो न कतै केही बनौटमा कमजोरी थियो।हिडाइ कस्तो लमक लमक, आँखा झिम्काइ कस्तो एकनाश ।“म बन्धक मान्छेले के पो गर्थे र,नजिकै आए पनि राम्रोसँग हेर्ने थिए ।अझ भाषा पनि बुझने भए कति कुरा सोध्न हुन्थ्यो” उ यस्तै सोच्दै थियो । एक्कासी त्यो केटीले “तिम्रो नाम के हो ?” भनेर सोध्दा त उ झसंंङग भयो । “हैन यो केटी पनि नेपाली नै हो र भनेको ? नेपाली नपुगेको कुनै ठाँउ छैन भनेको त साँचो पो रैछ ।” उ एक हिसाबले ढुक्क भयो । “म बन्धक भनेको त अतिथी पो रहेछु क्याहो?”

“म अमन हो ।म पनि नेपाली हो।घर जान हिडेको, प्लेनबाट झरेको कहाँ आइपुगें पत्तो पाइन ।” उसले अनुहार चम्किलो बनाउदै त्यो केटीलाई सोध्यो । “कहाँ छ यस्तो देश ?” त्यो केटीले हाउभाउ केही पनि परिवर्तन नगरी सोधी । उ झन अचम्म भयो , “नेपाली बोल्ने तर नेपाल कहाँ छ भन्ने ।” यो नेपाली होइन भन्ने त उसलाई पहिले नै लागेको थियो । “नेपाली चाँही कसरी जानीछ ?” उसले आँफुलाई सबै कुरा थाहा छ जस्तो गर्दै भनी “खोइ हेपाली भन्ने त कुनै देश छैन ।” अमनले जिस्किए जस्तो गर्दै जवाफ फर्कायो “हेपाली होइन, नेपाल हो मेरो देश, नेपाल । म चाँही नेपाली हुँ ।” उसले फेरी आफ्नो एक्सप्रसन कत्ति पनि नबदल्दै भनि “ए नेपाल ? ल थाहा भयो । एसीया, जनसङख्या ५० करोड तिस लाख सात हजार तिन सय एक्काइस, क्षेत्रफल साढे एकलाख वर्ग किमी , ”आदी आदी । अमनलाई समेत थाहा नभएको कुरा बताइदिदा उ त चकीत पर्यो । “नेपालको जनसङख्या ५० करोड पुगी सक्यो र? मलाई पाँच सात करोड जस्तो लाग्छ ।” उसले आफ्नो अनविज्ञता दर्शाउदै भन्यो । आफ्नै देशको जनसङख्या यति छिटो बढेको अनुमानै गरेको थिएन अमनले । त्यो केटीले पनि मुखभरीको जबाफ फर्काइहाली “हो मिस्टर, त्यती जनसङख्या त चालीस बर्ष पहिला थियो । तिमीलाई के थाहा हुन्थ्यो र,अब दश वष जति पछि त नेपालको जनसङखया चाइनाको जति हुन्छ ।चाइनामा पचास वर्ष पहिला जनसङख्या जति थियो अहिले पनि त्यती नै छ ।तिमीलाई के थाहा पचास वर्ष पहिला तिम्रो देशमा जहाँ खेतीपाती हुन्थ्यो आजकल सबै ठाँउमा मान्छेको बस्ति छ , पहिला जहाँ जङगल थियो, त्यहाँ अहिले खेतीपाती हुन्छ । त्यती गर्दा पनि भोकमरीको समस्या विकराल छ । अब मान्छेले मान्छेको मासु खान मात्र बाँकि छ ।” यस्तो भन्दा अमनलाई रीस उठ्यो ।“हाम्रो देशको बारेमा जे पाये त्यही नभन ल । म मलाई जे गरे पनि सहन सक्छु तर मेरो मात्रृभुमीको बारेमा नराम्रो भनेको सुन्न सक्दिन ।” उ जति चिच्याए पनि त्यहा सुन्ने को थियो र? “ल ल , तिमीले जे भने पनि फ्याक्ट इज फ्याक्ट । ” उसले स्पष्टीकरण दिइहाली । अमनलाई विषय मोड्न मन लाग्यो । “तिमीत नेता गीरी गर्ने खालकी मान्छे रहीछौ । जे कुरा पनि मलाई मात्र थाहा छ भनेजस्तो गर्ने । बरु भन न तिमी त यति धेरै कुरा जान्ने मान्छे, । दिमाग पनि कम्प्युटर जति नै रहेछ, यति राम्री छौ तिम्रो व्वाइफ्राइन्ड छ की छैन ?” उसले पनि प्रश्न भुइमा झर्न नपाँउदै जवाफ फर्काइहाली “छैन ”। चिन्नु न जान्नु मान्छे ,अन्जान केटीलाई यतिका प्रश्न सोध्दा पनि उसको अनुहारमा न लाज, न शरम, न रिस, न राग । नेपाली होइन भन्छे, बोल्न चाँही आँफुभन्दा राम्रो बोल्छे, नेपालको बारेमा ए टु जेड थाहा छ, उसलाई “दालमे कुछ काला हे” जस्तो त लागी सकेको थियो , तर पनि उसको शंकालाई सपोर्ट गर्ने केही पनि तथ्य भेटाएको थिएन । अझै केही कुरा फुस्काउन सकिन्छ कि भनेर सोध्यो “हेर्दा त भरखर सोह्र वर्षकी जस्ति देखिन्छौ, कति वर्षकी भयौ ?” उसले भनी “म ११२ वर्ष की भएं ।” अमन चकित भएर गलल्ल हाँस्यो अनि थाहै नपाइ ओकलीहाल्यो “मैले महिना, दिन होइन वर्षमा सोधेको ।त्यसरी भन्ने हो भने त म पनि ११००० दिन पो भएं त । महिना भनेको होइन,वर्ष सोधेको ।” केटीले पनि भनिहाली “हो म ११२ वर्ष की भएं ।” अमनलाई आफ्नो सिरियस प्रश्नमा पनि झिस्किएको देख्दा धेरै रिस उठ्यो ।अनि रातो तातो हुदै भन्यो मैले गहन प्रश्न सोध्दा पनि तिमी जिस्किने ? तिमी पागल त भएकी छैनौ ।”उसले खाटी कुरा खोली हाली “हो म पागल भएकी छैन । मलाई जबान देखेर तिमीलाई पत्यार लागेन होला होइन ? म तिमी जस्ती मान्छे होइन । म रोवर्टमानब हुँ । मेरो नाम जिया थर्ड हो । म जति वर्ष भएपनि यस्तै हुन्छु ।” अमन अवाक भयो, छिनकोछिनमै कालो र निलो भयो । चट्चट पसिनाले अनुहार भिज्यो । एकछिन थचक्क बस्यो । के गर्ने, के भन्ने उकुसमुकुस भयो । उसले आँखा खोलीरहेको थियो तर केही पनि देखेको थिएन मानौ उसलाई एमौरोसीस फुगाक्स भएको छ।

अनि एकछिन पछि कन्ट्रोलमा आएर सोध्यो ।“हो मलाई तिमी सामान्य मान्छे होइनौ भन्ने त पहिले नै लागेको थियो । मैले बल्ल बुझें तिमी कसरी मेरी हजुरआमा को उमेरमा पनि कसरी यस्ति तरुनी देखीयौ भनेर ।भन त तिमीले नेपाली भाषा कसरी जान्यौ ? नेपालको बारेमा त्यतीका डाटा कसरी जान्यौ?” उसले भनि “मलाई भएजति भाषा सबै प्रयोग गर्न आँउछ , तर शुरुमा मेरो सिस्टमले तिम्रो भाषा क्याच गर्न अलि समय लागेको मात्र हो । मेरो सिस्टममा भए जति डाटा इन्फर्मेसन पनि मलाई आइहाल्छ ।” उसले पनि सोधिहाल्यो “भनेपछि तिमीलाई खाना, आराम, माया, प्रेम केही चाँहीदैन ,तिमी सँग दया माया, खुशी, दुख केही को फिलीङ हुदैन होइन?” उसले अन्कनाए जस्तो गरेर भनि “खाना त मान्छेलाई जस्तो चाँहीदैन तर म हरेक पल एक्टिभ रहें भने प्रत्यक १० घन्टामा चार्ज गर्नु पर्छ, भने म निस्क्रिय भएं भने हप्तामा एकपटक फुल चार्ज गरे पुग्छ । अझ म जबान हुदा त यसको आधा समय चार्ज गरे पुग्थ्यो । आराम पनि हामीहरु गर्छौ, जस्तै म केहि पनि काम नगर्दा अफलाइन हुन्छु अथवा मेरो इनर्जी युटीलाइजेसन लगभग जीरो हुन्छ ।”अमनले संकोच नमानी भन्यो “भनेपछि त मान्छे जस्तै जस्तै रहीछौ ।” जिया ले टाउको हल्लाउदै भनि “हो , तर हामी जे काम गर्छौं मान्छेकै कन्ट्रोलमा हुन्छौं । तिमीलाई लाग्न सक्छ अहिले म बोलीरहेकी छु , होइन ?हा हा, मे जे बोलीरहेकी छु मलाई मेरो बोशले बोल्न लगाइरहेको छ ।म कुनै रिमोट बाट कन्ट्रोलमा हुन्छु । तिमीलाई अचम्म लाग्न सक्छ मेरो बोस पनि एउटा रोबर्ट नै हो । अनि उ पनि कसैको कन्ट्रोलमा छ । हामी बाहीर बाट हेर्दा स्वतन्त्र जस्तै देखीन्छौं, तर ?” अमनलाई जिया प्रति दया लागेर आयो ।उसले सोच्यो “पक्कै यीनीहरु पनि मानिस सँग सन्तुष्ट छैनन । धन्न अहिले सम्म त मानिसको कन्ट्रोल मा नै छन, यदि मानिसको कन्ट्रोलमा भएनन् भने ?” उसले लामो सास तान्यो । “हो नेपाल जस्तै ।” जिया भने अलिअली सेन्टिमेन्टल भए जस्तो गरेर बोलीराखेकी थीइ।

“अनि यो देश कसरी यस्तो राम्रो भयो ? पारी को देश मरभुमी जस्तो, यो ठाँउ स्वर्ग जस्तै । ”अमनले कुनै सेक्रेट भए देखी जान्ने विचारले सोध्यो । उ आफ्नो देश पनि यस्तै बनाउन चाहन्थ्यो । अमनको प्रश्न भुँइमा झर्न नपाँउदै जियाले उत्तर दिइ । “खासै तेस्तो सेक्रेट त केही छैन, तर यहाँको जनसङख्या एकदम नियन्त्रण गरीएको छ, अनि टेक्निोलोजीको अधिकतम प्रयोग गरीएको छ ।” जनसङख्या नियन्त्रणले यस्तो कसरी हुनसक्छ ,अमनलाई विश्वास नै लागेन । अनि मुख बाट फुत्त निस्किहाल्यो “कसरी?”

“देश तिम्रो जत्रै छ तर यहाँको जनसङख्या जम्मा २० लाख छ । मान्छे जन्मने वित्तिकै उसको निधारमा एउटा चिप्स राखिन्छ, हस्पिटलमै । हो, त्यही चिप्समा उसको सम्पुर्ण जानकारी राखीएको हुन्छ ।

अनि त्यसलाई सरकारले कन्ट्रोल गरेको हुन्छ । कति महिला छन, कति पुरुष छन, कति वर्षका कति छन, कतिवेला कहाँ हुन्छन आदी इत्यादी सबै थाहा हुन्छ । त्यती मात्र होइन वर्षमा कति वच्चा जन्माउने, कस्ता वच्चा जन्माउने, कसले कसले वच्चा जन्माउने भन्ने सबै नियोजीत हुन्छ।अघिल्लो वर्षमा जति मान्छे मरे, यो वर्षमा त्यती नै वच्चा जन्मन पाँउछन ।त्यसले गर्दा यहाँ कहिल्यै जनसङख्या बढ्दैन।

करिव एक लाख हामी जस्ता रोवर्ट मानब हरु छौं । हामीहरुले सम्पुर्ण काम गर्दछौं । कतिपय क्षेत्रमा त हामीहरुले मात्र जिम्मा लिएका छौं । विषेश गरी शान्ति सुरक्षामा हामीहरु बढि छौं । तिमीलाई याद होला नी हिजो हामीहरु नगइ तिमी हाम्रो देशमा छिर्न सकेको थिएनौ । हाम्रो सिमाना मा यस्तै काल्पनिक लाइन छ, कोही पनि मान्छे हाम्रो आदेश विना छिर्न सक्दैन । गत वर्ष सम्म सरकारले रोवर्ट मानव जति भएपनि नियन्त्रण गरेको थिएन, तर अहिले देखी रोवर्टको जनसङख्या पनि नियन्त्रण गर्न थालेको छ । शाहेद अब तिम्रो पनि टाउकोमा चिप्स राख्छन होला ।”

“टाउकोमा चिप्स?” अमन डराएर वेहोश भइसकेको थियो । ठिक यही बेलामा, के के भनेर भट्भटाँउदै थिइ, जिया पनि एक्कासी गल्र्याम्म लडी । उसको पनि चार्ज सकिसकेको थियो।

डा किशोर सापकोटा ‘मणि’

प्रतिक्रिया