परदेशी बनाइदियो बाध्यता ले मलाई-गजल

धनबिर लिम्बू २०७७ जेठ २४ गते ११:१९ मा प्रकाशित

 

 

 

 

 

 

परदेशी बनाइदियो बाध्यता ले मलाई

घर बाट खेदो आर्थिक समस्या ले मलाई ।।

आमा र देशलाई नभुलेस भने का थिए
मर्नु भन्दा केही अगि मेरा बा ले मलाई।।

त्यसै गरि चरिले आफ्ना बचेरा स्याहार्दै छे
आमाले हुर्काईन जुन तरिकाले मलाई ।।

मेरो जीवन किन्या थियो साहुले हिजो सम्म
बेच्यो आज उसकै रुपैयाँ पैसा ले मलाई।।

जहाँ जन्मेँ हुर्केँ बढेँ त्यो धर्ती टाढा छ
सपनीमा डाक्छ त्यही बन पाखा ले मलाई।।

नाम : धनबिर लिम्बू
हाल खाडी मुलुक साउदी अरब

प्रतिक्रिया