ताप्लेजुंगको सदरमुकाममा भीषण आगलागी, नियन्त्रणमा आउन कठिन (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख १९ गते १८:१९ मा प्रकाशित

ताप्लेजुंग । ताप्लेजुंग जिल्लाको सदरमुकाम फुंगलिंगमा राती साढे १० वजेवाट सुरु भएको आगलागी मध्यरातसम्म पनि नियन्त्रण हुन सकेको छैन ।

ट्याक्सी लाइनमा रहेको एउटा चिया पसलमा ग्यांस सिलिण्डर विष्फोट भएपछि सुरु भएको आगलागीवाट नेपाली कांग्रेसको जिल्ला कार्यालय सहित १० वटा घर ध्वस्त भएका छन् । आगो नियन्त्रणका लागि आएको दमकलको पानी सकिएपछि अहिले पुन पानी भर्न गएको छ ।

आगलागीवाट अझै धेरै क्षति हुने अनुमान गरिएको छ । सुरक्षाकर्मी र स्थानीयवासीहरु आगलागी नियन्त्रणका लागि खटिरहेका छन् ।

हेरौ भिडियो :

ताप्लेजुंगमा आगलागी हेर्नुहोस

Posted by The Info Nepal on Friday, 1 May 2020

 

प्रतिक्रिया