लम्कीकी कोरोना संक्रमित महिला सेती अस्पतालबाट डिष्चार्ज, सेती प्रादेशिक अस्पतालमा दुई जनाको उपचार हुँदै

वीरेन्द्र रावल २०७७ वैशाख ११ गते २१:१९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, बैशाख ११ ।नेपालमा जसरी कोरोना संक्रमण फैलिंदै गैरहेको छ त्यसरीनै क्रमशः कोरोनालाई जितेर घरजानेहरुको संख्यापनि बढ्दै जान थालेको छ।

सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन । लम्की चुहा नगरपालिका वडा नम्वर १ भुरुवा गाउँ घर भएकी महिलालाई विहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो।

उनको पनि लगातार दुई पटक चेक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रबक्ता जगदिश जोशीले जानकारी दिनु भएको छ।उहाँ विरगञ्जबाट कैलालीको लम्की चुहानगरपालिका वडानम्बर १ भुरुवाको घरमा बसेको अवस्थामा लम्की बहुमुखी क्याम्पसको क्वाईरेन्टाईनमा राखिएको थियो।

उहाँ १२ दिनसम्म क्वारेन्टाईनमा बस्नु भएको थियो भने र्यापिड चेकजाँचका क्रममा चैत २२ गते कोरोना पुष्टि भएको थियो । उहाँ संगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् । भने दुवहीबाट घर आएका धनगढी उपमहानगरपालिका वडानम्बर ५ तारानगरका एक जना युवाकी भाउजु नाता पर्ने एक जना महिला र बुधबार साँझ मोहन्याल गाउँपालिका वडा ५ कटौजेबाट संक्रमण भेटिएका १८ बर्षिय युवा मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन् । तीं युवा अर्घाखाँचीबाट मंगलबार मात्रै कैलाली पुगेका थिए।

यस्तै काभ्रेबाट विहीबार मोहन्याल पुगेका ९ जनालाई मोहन्याल गाउँपालिकाले फलेबिसौनमिा क्वार्यरेन्टाईनमा राखेको कुरा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ।

यसैगरी विहीबार साँझ लमजुङबाट कैलालीको राजीपुर सम्म आएका १ जना र पोखराबाट आएका १३ जना गौरीगंगा नगरपालिकाको राजीपुरमा रहेका र उनिहरुलाई शुक्रबार सम्म क्वाईरेन्टाईनमा राखिने कुरा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जयनन्द जैशीले जानकारी दिनु भएको छ।दिनप्रतिदिन विभिन्न क्षेत्रबाट मानिसहरु आउने क्रम जारी रहेका कारण व्यवस्थापनका लागि पहाडी गाउँपालिकामा भौतिक र खाद्यान्न सामग्रीको उपलब्धतामा समस्या सृजना भैरहेको कुरा गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया