‘लकडाउन’मा किन वढ्दैछन् महिला तथा वालवालिकामाथि हिंसा ?

टंक पन्त २०७७ वैशाख ११ गते १:१३ मा प्रकाशित

नेपालमा जारी लकडाउनको ३० औं दिनको विहान । राजधानीको टोखा नगरपालिका धापासी ६ निवासी एकजना महिला माथि उनका पतिले नै कुटपीट गरे । जगल्टा समातेर लछार पछार गरे । सधै आफुमाथि हुने कुटपिटलाई सहदै आएकी ती महिलाले पहिलो पटक पति विरुद्ध आवाज उठाइन ।

आफुमाथि कुटपीट हुनासाथ महिला आयोगको टोल फ्रि नम्वर ११४५ मा फोन गरेर जानकारी गराइन । महिला आयोगले पनि उनको भनाइलाई पनि गम्भीरताका साथ लियो । यो कुटपीट टोखा नगरपालिकाका ६ का बडा सदस्य सहितका अन्य मानिसहरुकै सामुन्नेमा भएको थियो । महिला आयोगमा फोन गरेर ती महिलाले रुदै भनिन् –अब म यो घरमा बस्न नसक्ने भए ।

निकै लामो समयदेखि सहदै आएको यो पारिवारिक हिंसाले अव सीमा नाघेकोले उनले विद्रोह गरेकी थिइन ।

मलाई सहयोग गर्नुपर्यो, उनले फोनमा भनिन्, मेरो बिन्ती छ मैले पाउने कुरा दिलाइदिनुस अनि कसैको कुटाइ पिटाई नखाइ एक्लै आनन्दले बस्छु ।

महिला आयोगका अधिकारीले तत्कालै प्रहरीको सहयोग आबश्यक भए कारबाही प्रकृया अगाडि वढाउने जानकारी गराउंदै तत्काल प्रहरी सेवा नचाहिने भए लकडाउन समाप्त भएपछि अरु कानुनी प्रक्रिया अगाडि वढाउने जानकारी गराएका थिए ।

देशमा लकडाउन जारी रहेको वेला गम्भीर प्रकृतिका अपराधमा कमी आएको प्रहरी अभिलेखले देखाउंछ तर पारिवारिक हिंसाका घटनाहरु डरलाग्दो गरी सतहमा आएका छन् । अधिकांस कामकाजी परिवारहरुमा लकडाउनले पुनर्मिलनको काम गरेको भएपनि केही परिवारमा भने गम्भीर रुपमा पारिवारिक हिंसा सुरु भएकोमा अधिकारीकर्मी र प्रहरीहरुको चिन्ता वढेको छ ।

हरेक परिवारमा लकडाउनको सकारात्मक र नकारात्मक प्रभाव परेका छन् । कामका सिलसिलामा वांडिएका परिवारहरु अहिले एक ठाऊमा भेला भएर पुनर्मिलन उत्सव मनाउंदैछन् तर परिवारमा वेमेल भएका, परिवारमा कुलतमा फसेका सदस्य भएका, र आर्थिक रुपमा कमजोर भएका केही परिवारमा विग्रह सुरु भएको छ र पारिवारिक विग्रहको असर पूर्णत महिला तथा वालवालिकामाथि परेको छ ।

गरिवी, कुलतसंगसंगै कतिपय घरमा पुराना विवादहरुले फेरी फंडा उठाएको पाइएको छ । घरमै बस्नुपर्दा पहिले देखिका सानातिना बिबाद बढ्दै गएर परिवारनै खण्डित हुने परिस्थितको सिर्जना भएको प्रहरीको ठम्याइ छ । सामाजिक हिंसाका धेरै घटनाहरुलाई न्यायिक अधिकारको समेत अभ्यास गर्दै आएको स्थानीय निकायले सुल्झाउंदै आएका छन् भने स्थानीय निकायले सुल्झाउन नसकेका कैयौ मुद्धाहरु प्रहरी र महिला आयोगमा पुग्ने गरेका छन् ।

लकडाउनले गर्दा धेरै श्रमिक वर्गको आम्दानी गुमेको छ, जसले गर्दा पारिवारिक खर्च व्यवस्थापन गर्ने क्रममा परिवारमा झगडा हुने गरेका घटना पनि प्रहरीमा थुप्रै पुगेका छन् । वढ्दै गएको पारिबारिक हिंसाले धेरै जसो पति पत्नीवीचको सम्वन्धमा नै उतार चढाव आएको छ र लकडाउन सकिएपछि यी मुद्धाले अदालतको वाटो लिनेछन् र पारपाचुके वढ्ने देखिनछ । वालवालिका माथिको ज्यादति भने मुलत मादक पदार्थ सेवन गर्ने अभिभावक भएको घरमा वढी देखिएको छ ।

महिला तथा वालवालिकामाथिको हिंसा वढ्दै जांदा केन्द्रिय प्रहरी महिला सेल , महिला अधिकारका लागि क्रियाशील नागरिक संगठन र राष्ट्रिय महिला आयोगको टोल फ्रि नम्वर ११४५ मा फोन मार्फत उजुरी आउने क्रम तीव्र हुंदै गएको छ । पारिवारिक हिंसामा परिवारका अन्य सदस्यहरुको समेत साथ रहने गरेको पाइएको कतिपय उजुरीहरुमा देखिन्छ । घरमा महिला तथा वालवालिकामाथि ज्यादति हुंदा परिवारका अन्य सदस्यले ज्यादति गर्नेलाई नरोक्ने प्रवृतिप्रति प्रहरी र मानवअधिकारकर्मीहरुले आश्चर्य व्यक्त गरेका छन् ।

लकडाउनमा हुने महिला तथा वालवालिकामाथिका हिंसा सवै क्षेत्रमा एकै खालका भने छैनन् । काठमाडौं उपत्यकाभित्र मुलत श्रमिक वर्ग र लागु औषधका अम्मली रहेको परिवारमा पारिवारिक हिंसा हुने गरेका छन् भने तराइमा अधिकांस दाइजोका विषयमा पारिवारिक हिंसा हुने गरेको पाइएको छ । पहाडी क्षेत्रहरुमा भने पारिवारिक संरचना र महिलामाथिको थिचोमिचोका कारण सुरु हुने विवादले पारिवारिक हिंसाको रुप लिएका छन् । राजधानी, मधेश वा पहाडी क्षेत्र सवैतिर महिला तथा वालिकाहरुमाथि हुने एकै प्रकृतिको हिंसा भइरहेको छ जुन यौन हिंसा हो । पुरुषहरुले असिमित यौन चाहना व्यक्त गर्ने र महिलाहरु अस्वीकार गर्नुपर्ने शारिरीक अवस्थाका कारण पनि महिलामाथि आक्रमण हुने गरेको उजुरीहरुमा उल्लेख छ ।

महिला आयोगका अनुसार लकडाउनका बेला महिला माथि थुप्रै हिसा भएका घटना रेकर्ड भएका छन । कतिपय ठाउमा प्रहरी नै पठाएर कारबाही गर्नुपरेको छ । कतिपय ठाउमा स्थानीय सहयोग लिएर तत्कालका लागि मिलाउन पहल गर्ने काम भएको छ । चाहना नहुदा नहुदै पनि पुरुषका लागि जतिखेर पनि श्रीमानको यौनसन्तुष्टिका लागि तयार हुनुपर्ने नभए कुटपीट मात्र होइन घर निकाला गर्ने हदसम्मका घटना पनि छन । घरनिकाला गरिएका महिलालाई महिला अधिकारका लागि क्रियाशील नागरिक संस्थाले उद्धार गरेका छन । त्यस्ता घटना भएका केश १३ वटा भएको प्रहरी महिला सेलले जनाएको छ । बिगत देखिका सामान्य बिबाद लकडाउनमा लामो समय एकै ठाउ बस्दा त्यसको गभीर असर सिगो परिबारमा परेको छ । जुन परिबारमा त्यसखाले घटना भएका छन त्यस परिबारका बालबालिकालाई पनि यातना भएको छ । उनीहरुलाई गभीर मानसिक असर समेत परेको छ । कतिपय ठाउमा बालिका माथि यौन दुब्र्यबहार पनि भएको छ । ओल्लो पल्लो घरमा सघाउन भनी जाने या सघाउनका लागि अनुरोध गर्ने अनि उनीहरुमाथि यौन दुब्र्यबहार हुने गरेको छ ।

महिलाले गर्दा पुरुष पीडित भएका घटना पनि नभएका होइनन । लकडाउन भएकै बेला एक जना पुरुषले लकडाउन भएको केही दिन देखि घरमा श्रीमतीसंग निरन्तर भएको परिबारमा सगै बस्न नसक्ने अबस्था भएको बताएका छन । श्रीमतीका कारण मेरी बुढी भएकी आमालाई छोडेर बाहिर बस्न थालेको छु लकडाउनका कारण अरु उपाय त भएन अनि बाहिर निस्किएको छु र अहिले म आफन्तकोमा बस्दै आएको छु । उनले भनेका छन –मेरो गल्ती रहेछ भने जे सजाय भोग्नुपर्छ भोगौला तर मेरो गल्ती रहेन्छ भने यो समाजले अन्यायमा परेको पुरुषलाई न्याय दिनुपर्छ , हाम्रो सोचाई पुरुषकै मात्र गल्ती देख्ने खालको छ यदि त्यस्तो भयो र न्याय नपाए मैले पनि सोच्नुपर्ने हुन्छ । काठमाडौ बानियाटारका ती पुरुषकै जस्तो समस्या भोग्ने अन्य केही पुरुष पनि छन तर पुरुषका तुलनामा महिलाहरु धेरै हिसामा परेका छन — प्रहरी महिला सेलका अनुसार प्रहरीमा फोन मार्फत गरिएको रिपोर्ट अनुसार बिगतको तुलनामा लकडाउन प्रारंभ भएपछि ६० प्रतिशतले हिसा बढेका छन र लकडाउनपछि जाहेरी निकै बढने सभावना देखिएको छ । सानातिना बहाना बनाएर महिला माथि चरम हिसा हुने गरेको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले लकडाउन प्रारम्भ भएपछि १३ वटा जिल्लामा गरेको अध्ययनमा महिला तथा बालिकामाथि हिसा भएका ८३ वटा केस दर्ता भएको देखिन्छ, जसमध्ये ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिंसा, १४ वटा वलात्कार, २ वटा वलात्कार प्रयास र एउटा हत्या, र एउटा हत्या वा आत्महत्याका घटना भएका छन ।

पारिवारिक हिंसामा सवैभन्दा वढी पतिहरु जिम्मेवार देखिएका छन् । अध्ययन अनुसार ३७ जना पतिले पत्नीमाथि हिंसा गरेका थिए भने १७ जना परिबारका एक सदस्यले अर्को सदस्यमाथि हिंसा गरेका थिए । यसैगरी १९ वटा घटनामा छिमेकीले छिमेकीमाथि हिंसा गरेको र २ वटा घटनामा भने प्रेमीले प्रेमिकामाथि हिंसा गरेको पाइएको छ । बलात्कारका घटनामा सवैभन्दा वढी छिमेकीको भूमिका देखिएको छ । अध्ययन अनुसार १० वटा वलात्कार छिमेकीले गरेका छन् भने एउटा वलात्कार आफ्नै बाबुबाट, अर्को वलात्कार परिबारकै सदस्यवाट भएको पाइएको छ । एउटा वलात्कारको केस भने प्रेमीले प्रेमिकालाई गरेको पनि दर्ता भएको छ ।

लकडाउनका कारण लामो समय घरपरिबार घर भित्रै हुने गरेका धेरै घटनाहरु बाहिर आउन पनि पाएका छैनन । प्रहरी महिला सेल , महिला आयोग , मानब अधिकार आयोग , नागरिक संगठनहरुमा खबर गरेको आधारमा मात्रै हेर्दा त हिसाका घटना निकै धेरै भएको देखिन्छ भने खबर समेत नगरेका घटना पनि सोच्नै नसकिने सख्या हुन सक्ने अनुमान मानब अधिकार संचार प्रतिष्ठानकी अध्यक्ष मीना शर्मा बताउछिन । उनी भन्छिन —लकडाउनले गर्दा हिसा भएका घटना कतै बतायो भने घरमा बस्नै नसक्ने अबस्था हुन्छ त्यो अबस्थामा कहा जाने भन्ने भयले पनि धेरै घटना बाहिर आएका छैनन । जब घटना बाहिर आउन थाल्छन त्यो सख्या डर लाग्दो हुने छ ।

सार्क मुलुकहरुमा बालबालिकामाथि हुने हिसा अन्त्यका लागि बिगत ८ बर्षदेखि क्रियाशील सजाल नेशनल एक्सन एन कोर्डिनेटिभ ग्रुपका अनुसार केही समय यता यता बालिका र महिला माथि यौन दुब्र्यबहार बढेका छन । प्रहरीमा दर्ता भएका ४० वटा घटना मध्ये ७५ प्रतिशत बालिका माथि यौन दुब्र्यबहार भएको छ । जस मध्ये पाँच नम्बर प्रदेश मा ११ , बागमती प्रदेशमा १० , दुइ नं प्रदेशमा ९ , एक नं प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिममा एक जना बालिका माथि यौनदुब्र्यबहार भएका घटना प्रहरीमा दर्ता भएका छन तर प्रहरी समक्ष नपुगेका घटना भने त्यसको तेब्बर भन्दा बढी छ । ८३ प्रतिशत यौन दुब्र्यबहारका घटनामा ११ बर्ष देखि १७ बर्ष उमेरका बालिका पिडित भएका छन । ८० प्रतिशत पीडकहरु १८ देखि ३५ बर्षका भएको साउथ एशियन इनेसेटिभ टु एण्ड भ्वालेन्स एगेन्टस चिल्ड्रेनले जनाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको पालना गर्ने क्रममा नेपालको जनजीवन पनि अस्तब्यस्त भएको छ । नागरिकहरु पहिलो पटक यति लामो समय सम्म घरबाट बाहिर निस्कन नपाउदा अनेक समस्यामा परेका छन । कोरोना रोकथाम र नियन्त्रणका लागि त्यो भन्दा अर्को बिकल्प थिएन । तर लकडाउनले गर्दा कैयौ परिबारमा एकले अर्कालाई बुझने मौका मिलेको छ र पारिबारिक एकताको थप बिकास भएको छ । यो त भयो सकारात्मक पक्ष । लकडाउनले गर्दा कतिपय परिबारमा घरेलु हिसाले चरम रुप लिएको छ । सबै भन्दा पीडा श्रीमानबाट श्रीमतीले भोगेका प्रमाण सहितका घटना देखिएका छन । जसले गर्दा महिलाहरु चरम यातना सहेर घरमा गुम्सिएर बस्नु परेको छ । बालिकामाथि यौन दुब्र्यबहारका घटना पनि कहाली लाग्दा छन । केहीले त प्रहरीलाई खबर गरेका छन भने धेरैले यस्तो बेलामा झन बस्नै नहुने स्थिति हुन्छ यसर्थ कहा जाने भनेर पीडा सहेर पनि बाहिर भनेका छैनन ।

यो अबस्था छ भन्ने कुरा राज्यका सबद्ध निकायलाई पनि जानकारी नभएको होइन तर कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि लकडाउन सकिएपछि भन्ने गरेको पाइएको छ । बास्तबमा राज्यले स्थानीय निकायलाई सर्कुलर गरी शंकास्पद ठाउ , घर र अन्य ठाउका घरमा निगरानी राख्न र आबश्यक परे कारबाही गर्न निर्देशन दिनुपर्ने थियो । किनकि स्थानीय सरकार र प्रहरीले निगरानी राख्ने र त्यस्तो कतै भएको छ भने गोप्य रुपमा खबर गर्न भन्नु पर्ने थियो । यदि त्यसो गरिएको हुन्थ्यो भने पीडाले उकुस मुकुस भएकाहरुलाई धेरै राहतको अनुभुति ुहने थियो । २१ औ शताब्दिमा महिला माथि हुने गरेका जघण्य हिसाका घटनाले मानब अधिकारको खिल्ली उडाएको छ । अन्तराष्टिय सन्धि सम्झौता , प्रस्ताब र महासन्धि प्रति नेपाल पनि पक्ष राष्ट भएकोले राज्य र राज्यका निकायहरु ब्यबहारमा नै गभीर हुनुपर्ने खाचो छ ।

(तीन दशक देखि राजनीतिक विषयमा पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार पन्त महिला तथा वाल अधिकारको क्षेत्रमा एउटा सशक्त अभियन्ता हुनुहुन्छ । महिला अधिकारको क्षेत्रमा सशक्त कलम चलाएको कारण संयुक्त राष्ट्र संघद्वारा प्रदान गर्ने लैंगिक सचेतना सम्वन्धी अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसक्नु भएका वरिष्ठ पत्रकार पन्त अहिले नेपाल टेलिभिजनको वोर्ड सदस्य समेत हुनुहुन्छ । उहांले इनेप्लिजका लागि समाचार र विचारहरु लगातार लेख्दै आउनु भएको छ )

प्रतिक्रिया