कोशी अस्पताल(कोभिड –१९ )उपचार केन्द्रलाई छ वटा आइसीयु वेड प्रदान

मनोज दाहाल २०७७ वैशाख ३ गते २०:१६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ३ वैशाख । प्रदेश नं. १ को सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द विराटनगरलाई आज तीन वटा गैरसरकारी संस्थाहरुले छ वटा आईसीयु वेड हस्तान्तरण गरेका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई उक्त आईसीयु वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर)ले रु तीन लाख ५९ हजार मूल्य बरावरको तीन वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी)ले रु तीन लाख ५० हजार मूल्य वरावरको तीन वटा वेड प्रदान गरिएको छ।

उपचार केन्द्रलाइ आज प्रदान गरिएका आईसियु वेडहरुमा इलेक्ट्रिक तीन र म्यानुअल तीन वटा रहेका छन् ।

यसैगरी विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ)का प्रदेश कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले कोभिड –१९ उपचार केन्द्रलाई रु तीन लाख ६० हजार मूल्य वरावरको १० केभिएको अनलाईन युपीएस आज प्रदान गर्नु भयो ।

मन्त्री घिमिरेले सवैको सहयोगको कारण कोभिड–१९ प्रदेशमा आजका मितिसम्म भित्रन नसेकोका बताउदै कोभिड–१९ बाट सङ्क्रमितको लागि निर्माण गरिएको अस्पताल यस क्षेत्रमा नमूनाको रुपमा रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाँले यो अस्पताल भविष्यमा चिकित्सक क्षेत्रका रुपमा प्रयोग ल्याउने सोचले सरकारले कार्य गरिरहेको जाननकारी दिनु भयो ।

करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुका साथै सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) पनि उपलब्ध गराएको छ ।

कोभिड उपचार केन्द्रलाई विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा दुई वटा आईसीयु वेड हस्तान्तरण गरिएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया