क्यानेडियन नेवाः गुठी द्वारा कोबिद-१९ हुने मनो रोग निबारणार्थ बिद्युतिय ध्यान कार्यक्रम संचालन

इनेप्लिज २०७७ वैशाख २ गते ०:२४ मा प्रकाशित

 

टोरोन्टो, विश्वमा बिकराल महामारीको रुपमा फैलिरहेको कोविद -१९ ले सिर्जना गरेको सम्भाबित मनोरोग को निदानार्थ क्यानेडियन नेवाः गुठीले हालै बिद्युतिय ध्यान कार्यक्रम संचालन गरेको छ। क्यानेडियन नेवाः गुठीका सदस्यहरुको लागि संचालित उक्त ध्यान कार्यक्रमको संचालन लुम्बिनी विश्वबिद्यालयका पूर्ब उप कुलपति एबम अमेरिकाको होलीक्रस कलेजमा प्राध्यापनरत प्रा. डा. नरेश मान बज्राचार्यले बोस्टन बाट गर्नु भएको थियो।

कार्यक्रमको उपादेयता बारे प्रकाश पार्नु हुदै कोबिद-१९ को बर्तमान परिस्थितिमा मानिसहरु बाहिर जान नहुने  घरमै बसि रहनु पर्दा सक्षम ब्यक्तिमा पनि बिभिन्न किसिमको मानसिक अबसाद (डिप्रेसन) सिर्जना हुने भएकोले यसलाई ब्यबस्थापन गर्न नसकिएमा झनै ठूलो समस्याको सामना गर्नु पर्ने हुन्छ, यहि परिप्रेक्षमा सो रोग लाग्न नदिन ध्यान तथा मन्त्र पद्दति धेरै नै सहायक हुने बताउनु भयो ।

ब्यक्ति, समाज तथा विश्वको प्रगतिमा ब्यक्तिको मनले ठूलो भूमिका खेल्ने भएकोले हाम्रो मन सबै भन्दा बलबान छ” उहाँले भन्नु भयो। यहि प्रसंगमा नेवाः संस्कॄतिको उखान ” मन राम्रो भए गति राम्रो ,मन नराम्रो भए गति नराम्रो ” उदाहरण प्रस्तुत गर्नु हुदै मनलाई सँधै सकारात्मक उर्जामा लगाउन सक्नु पर्छ भन्नु भयो।

बर्तमान अबस्थामा समस्याको समाधान हुन्छ भन्ने धारणा लाई अबलम्बन गर्दै आफ्नो मन लाई नियन्त्रणमा राख्दा सकारात्मक प्रतिफल प्राप्त हुने बिश्वास दिलाउनु भयो। फोहर पोखरी बाट सुन्दर कमलको फूल उत्पादन भएको उदाहरण दिनु हुदै सन्कुचित र फोहर मनलाई ब्यबस्थापन गर्न सकेमा राम्रो प्रतिफल आउछ भन्नु भयो ।सकारात्मक भाबनाले सकारात्मक उर्जा सिर्जना भई मानसिक अबसादलाई प्रतिबाद गर्ने क्षमता बॄद्दी हुन्छ  उहाँले भन्नु भयो।

कार्यक्रमको अन्त्यमा सहभागि हरुलाई ध्यान तथा मन्त्रोचार पद्दति बाट मनोरोग निबारण बारे दसपारमिता लगायत बिभिन्न मन्त्र बाचन एबम “ॐ माने पदमे हुँ” बाचन प्रबिधि मार्फत ब्यबहारिक ध्यान प्रशिक्षण दिनु भएको थियो ।सो ध्यानमा सहभागिहरुले आफूहरुलाई सकारात्मक उर्जा प्राप्त भै शान्त अनुभब भएको बताएका थिए।

प्रतिक्रिया