राहतमा एकद्धार प्रणाली लागु हुन जरुरी

वीरेन्द्र रावल २०७६ चैत १९ गते १०:१८ मा प्रकाशित

वीरेन्द्र रावल,

जव जव देशमा बिपदको समय आई लाग्छ तव तव राहत संकलन गर्ने र बाँड्नेहरुको बाढीनै लाग्ने गर्दछ । राहत के का लागि र कीन बाँड्ने लक्षित बर्ग को हुन भन्ने समेत छुट्याउने कार्यमा राजनीति चलखेल भएका ईतिहासहरु र तिता अनुभवहरु अनुभव नेपाली जनताले सामना गर्दै आई रहेका छन् ।

चराई रहेका घाउमा मलहम लगाउने, बिपदको बिपद परेकालाई तत्कालिक जीविको पार्जन होस् भन्नका लागि प्रदान गरिने मानवीयताको एक परिचायक पनि हो राहत । रातहले आहतमा परेका ,खान नपाई भोक भोकै परेका वा घरबास नभईर सडकमा भौंतारिरहेका मानिसहरुका लागि नाना,खाना र ओतको व्यवस्था गर्नुनै राहतको परिचायक हो । खासगरि राहतलाई दुई प्रकारले बुझ्न पनि सकिन्छ । एक आम मानिसलाई परेको दैविय संकट पनि हुन सक्छ भने अर्को मानव सृजित संकट ।

मानव सृजित संकट : मानव सृजित संकट भित्र समाजमा उपेक्षामा पार्न बाध्य,दमित,शोषित,पिडित भएर घरबार विहीनताको अवस्थामा पुगेको समुदायहरु पर्दछन् । जस्तै मुक्त कमैया, हलिया,सुकुम्बासी,हरुवा,चरुवा, नोकर चाकर आदी पर्दछन् । उनिहरु मध्य कतिपय मानिसहरु खुल्ला आकाशमूनि हिउँद बर्षाको समयमा पनि भगवान भरोसामा कष्टकर दिनचर्याहरु बिताउन बाध्य भैरहेका हुन्छन् । उनिहरुका बिचमा कथंकदाचित बाढी,पहिरो,हावा हुरी,चट्यां लाग्दा,सर्पदंश,झाडापखाला,भोकमरी आदी विप्दहरु आई लाग्न सक्छन् । त्यस्तो अवस्थामा तीं लक्षित बर्गहरु आहतमा परिणत हुने गर्दछन् । गरिवहरुका शिवर र बस्तीहरुमा भोकमरी,झाडा पखाला,ज्वरो,टाईफाईड,निमोनियाँ लगायतका समस्याहरु सृजना हुने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा कुनैपनि व्यक्ति,सामाजिक संघसंस्था,नागरिक समाज,राज्य र गैर राज्यले लक्षित बर्गहरुमा परेको संकटलाई तात्कालिक रुपले जीवन निर्वाहका लागि उनिहरुको स्वास्थ्य र खानाको लागि राहतहरु दिइएको पाईन्छ ।

आम समुदायमा पर्ने दैविय वा प्रकोप : विपद् आउँदा नत त्यसले गरिव भन्छ नत धनी, नत सक्तिशाली देश भन्छ नत गरिव । सानो देशनै भन्छ । जस्तै आज क्रोनाका कारण संसार संक्रमित बनिरहेको छ । यस्ता संक्रमणबाट राजा महाराजा देखि लिएर निम्न बर्गका मानिसहरुले पनि मृत्युवरण गर्नुपरेका उदाहरण देख्न सकिन्छ । यस्ता विकराल अवस्थाको सृजना सायद विश्व युद्ध बाहेक अरु बेला संसारमा आएको ईविहास देखिदैन । हुन त डाइनोसाएर लोप भए ,सारा संसारमा महाप्रलय पनि भए होला ईतिहासको कुनै कालखण्डमा त्यो वैज्ञानिकहरुको सोधको बिषय होला र बन्ने छ पनि । तर अहिले सारा संसार क्रोनाको कहरमा छ ।

सारा संसार लक डाउनको बाटोमा अगाडी बढीरहेको पनि छ । यस्तो बेलामा नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले रेड जोनमा छ भनि संकेत दिईसकेको अवस्था छ । विगतका ईतिहास हेर्दा सुनामी, बाढी पहिरो,आगलागी,भुकम्प देखि लिएर हाल चलिरहेको क्रोनाको संक्रमणले लक्षित वर्गलाई मात्र नभएर सारा दुनियाँलाई कहरमा परिणत गर्नुका साथ साथै त्रसित बनाई दिएको छ । यस्तो बेलामा पनि दिईने राहत र चलाईने उपचार प्रणाली आम समुदायका लागि रहन्छ । यसमा जो पनि आहतमा पर्न सक्छ भने राहत सबै जसोमा आवश्यक बिषय बन्न जान्छ त्यो सबैका लागि आवश्यक वस्तु हो उपचार प्रणाली ।यसका बिच एउटै बैकल्पीक अवस्थाका लागि दिर्घकालिन सोच भएका देश र सुविधा सम्पन्न देशहरुले आवश्यक सामग्रीहरुलाई वैकल्पिक राहतको लागि पनि भण्डारण गरिराखेको देख्न सकिन्छ । आफ्नो देशका नागरिकहरुमा आपत विपद् आई लागेको खण्डमा त्यति बेला उनिहरुलाई तत्काल राहत उपलब्ध गराउन सकियोस् भन्नका लागि पनि राज्य संयन्त्रले बलियो प्याकेज बनाएको पाईन्छ । तर नेपालको सन्दर्भमा भने आज जे छ भोली जस्तो हुन्छ हेर्दै रहौंला भन्ने नीति लिइएको पाईन्छ । जव आई लाग्छ तव राज्य ,व्यक्ति ,संघसंस्थाहरु तात्ने र राहतका झोलीहरु फैलाउने गरेको पाईन्छ ।

नेपालमा विगतका बर्षहरुमा पनि पहडामा पहिरो ,तराईँमा बाढी र देशमा भुकम्प जाँदाको अवस्थामा देश विदेशमा राहत संकलन गर्नेहरुको बाढीनै देखिन्थ्यो । संघ संस्थाका व्यानर टाँगेर राहत आवश्यक राहत बाँड्ने भन्दा पनि सेल्फी हान्ने र फेशबुक र पत्रपकिा अनि अनलाईनमा छाउनका लागि पनि देखावटी प्रतिष्पर्धाहरु भएका तिता अनुभवहरु सबै नेपालीका माझ हस्ताक्षर झैं देखिन्छ ।

दैविय रुपमा होस् या मानव सृजनाका कारण आहतमा परिणत भएका व्यक्ति ,समूह वा राष्टलाई राहत उपलब्ध गराउनु जस्तो पूण्यकार्य अरु केहि पनि हुनसक्दैन । तर विडम्बना भन्नु पर्दछ नेपालमा हालसम्म भएका घटनाक्रमलाई हेर्ने हो भने या त्यो बाढी पिडिका नाममा स्ंकलन भएको राहत होस् या त्यो भुकम्पका बेलामा संकलन गरिएको राहतनै किन नहोस् ,पटक पटक अनियमितता गरिएका तिता अनुभवहरु प्रमाणका रुपमा रहेका छन् । यसपाली विश्वमा चलिरहेको क्रोनाको संक्रमणका बेलामा पनि विभिन्न देशहरु लक डाउनको अवस्थामा छन् भने नेपाल पनि लक डाउनमा छ ।

लक डाउनका बेलामा उद्योग,धन्धा कलकारखानाहरु सबै बन्द अवस्थामा छन् । गरि खा जे ज्यालामा काम गर्ने मजदुर देखि विपन्न मानिसहरु जो साँझ खाए विहान के खाने भन्ने समस्याम रहेका छन् उनिहरुका लागि यति बेला राहतका खाँचो छ । यसैबिच बिभिन्न व्यक्ति,संघसंस्थाहरु राहत राहत संकलनमा लागिरहेको पाइएको छ । संघीय सरकार,प्रदेश सरकार देखि लिएर स्थानीय निकायहरुले पनि आ आफ्नै तरिकाले क्रोना महाविपद् विरुद्धको कोष खडा गरिएका छन् ।

कोषको नाम जे ददिएपनि जून सरकारले राहतको घोषणा गरेपनि जाने त लक्षित समुदायलाईनै हो भने त्यसका लागि नेपालमा सात वटा प्रदेश सरकारहरु क्रियाशिल अवस्थामा रहेका छन् । सरकार जसको पनि होस् तर तीं सरकारहरुले प्रदेश स्तरमा बलियो संयन्त्र जून सर्वपक्षिय,सर्वदलिय र आम नागरिक समाजको प्रतिनिधीत्व हुनेगरी कोष बनाउनुपर्ने जरुरी देखिन्छ । कोष बनाएर मात्र हुँदैन जहाँ राहतको आवश्यकता छ तीं स्थानहरु र व्यक्तिलाई सर्वदलिय संयन्त्रको विशेष सहभागितामा निगरानी समूह बनाएर कडा अनुगमनका बिचबाट मात्रै राहत वितरण गर्ने कार्यलाई सञ्चालन गर्न सकिएको खण्डमा मात्रै राहत लक्षित व्यक्ति र समुदायमा जान सक्दछ ।

रातहको नाउँमा व्यक्ति र विभिन्न संघसंस्थाले जसरी आर्थिक र भौतिक संकलन भैरहेको छ त्यसलाई व्यवस्थित बनाउनका लागि केन्द्र सरकारको बिशेष निगरानीमा प्रदेश सरकारको अगुवाईमा विशेष निगरानी र अनुगमन टोलीसहितको संयन्त्रलाई खडा गरेर राहतसंकलन गर्ने देखि वितरण गर्ने कार्यलाई प्रभावकारी रुपले अगाडी बढाउने कार्यमा नेपाल सरकारले पहल गर्न जरुरी देखिन्छ ।

अन्त्यमा राहत लक्षित बर्गमा पुग्न नसकेका विगतका तिता अनुभवबाट पाठ सिक्दै ,सबै संघसंस्था,नागरिक समाज र स्वयं तीन तहका सरकारहरुले आपसमा समन्वय कायमगरि एकद्धार प्रणालीबाट साझा कोषमा आर्थिक जम्मा गर्ने र भौतिक सामग्रीहरुका लागि क्षेत्रगत भण्डारण केन्देको स्थापना गर्ने दिसामा सरकारको बिशष ध्यान जान जरुरी छ ।

[email protected]

सम्पर्क ९८५८४२०६४३
धनगढी, कैलाली

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया