हामीले आजैवाट तयारी थाल्न जरुरी छ

धनञ्जयनरसिंह केसी २०७६ चैत १७ गते ०:१४ मा प्रकाशित

 

कोरना भाईरसको महामारीले अहिले बिश्व आक्रान्त छ। यस महामारिबाट अमेरिका र अमेरिकामा बस्ने नेपाली समुदाय पनि पीडित र आक्रान्त बनिसकेको छ। यस जटिल परिस्थितिमा हामिले धैर्य नगुमाई नेपाली समाजलाई जोगाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य पनि हो । दु:खको बेलामा हामिले लगाउने सानो मलम पट्टि र सानै सहयोगले पनि ठूलो मद्दत गर्न सक्छ। यस भाईरसको कारण कति नेपाली दाजुभाई दिदिबहिनिहरू हस्पिटलको बेडमा अहिले छटपटाई रहनु भएको छ । कति परिवारले जागिर गुमाउनु भएको छ ।

कति परिवारले जागिर गुमाउनु भएको छ ।

हरेक परिवारमा अहिले बेचैन बढेको छ। अनिश्चता छ । कयौ परिवारहरू एक्लिएका छन् । सामाजिक अपहेलना डरले पनि कतिले बाहिर अभिब्यक्त गर्न सक्नु भएको पनि छैन। एक किसिमको उकुस मुकुस छ । यसलाई सम्हाल्नु हाम्रो समाजको आत्मबल कमजोर हुन नदिनु हाम्रो पहिलो दायित्व र धर्म हो । यस महामारिले धनि, गरिब, ठूलो, सानो केहि भन्दैन तसर्थ पीडामा परेका परिवारहरूलाई ढाडस, सहयोग र आत्मवल समयमै दिनु छ । यस बाट हामी चुक्यौ भने समय र समाजले हामिलाई कहिल्यै माफ गर्ने छैन ।

कयौ परिवारहरू एक्लिएका छन् ।

हाम्रो अगाडी , चुनौति र संम्भावना दुवै छन् । अर्को कुरा यस महामारिको सामान गर्नु भन्दा बाहेक अर्को बिकल्प पनि त हाम्रो अगाडी छैन । यस्तो समयमा एकता नै बल हो । यस सॅग लड्नको लागी हामीलाई अहिले सामुहिक एकताको खाॅचो छ तसर्थ हामिले आफ्नो पार्टि,जात,समुदाय,स्वार्थ भन्दा माथि उठेर बिशेष गरि स्वास्थ्य क्षेत्रका बिज्ञ, पत्रकार, ब्याबसायि, बैज्ञानिक, ईन्जिनियर, समाजसेवी र नेपालि दुतावास सबैलाई समावेस गरेर नेपाली दुतावासवासकै नेतृत्वमा प्रत्येक राज्यमा कम्तिमा एक एक वटा भए पनि हेल्प डेक्स ( Help Desk )स्थापना गरी अगाडी बढन् पाए थप प्रभावकारी हुने थियो ।

यस्तो समयमा एकता नै बल हो ।

यसो गर्दा त्यहि हेल्प डेक्स मार्फत आधिकारिक सुचना, विज्ञहरू हुने भएकोले परिस्थितिको सहि आकलन, त्यहि अनुरूपको तयारी र समुदायमा आधिकारिक सुचना प्रवाह हुन सक्ने थियो। यसो गर्दा काम गर्न पनि सजिलो र गरिएका सहयोग पनि प्रभावकारी हुन सक्छ। सही सूचनाको आधारमा आबश्यक तयारी पनि समयमै हुन सक्ने थियो ।

यो दु:खको बेलामा सबैलाई समेटर, सबैलाई मान्य हुने गरि अगाडी बढ्नु बाहेक अर्को बिकल्प हाम्रो अगाडी छैन। नेपाली दुतवासले यसको गम्भिर्यता समयमै बुझ्न जरुरी छ। यदि नेपाली दुतवासले आबश्यक ठानेन भने हामीले अर्को बिकल्पको लागी पनि छलफल गर्न सक्छौ । यो नेपालि समाजको लागी अहिलेको अपरिहार्यता हो ।

तसर्थ हामिले आजैबाट तयारी थाल्न जरुरी छ।

यति तयारी नगरे हाम्रो समाज र समुदायलाई जोगाउन गाह्रो हुन सक्छ । यो मेरो नितान्त नीजि बिचार हो । यस बिषयमा आउनुस समयमै हामी सबै मिलेर खुल्ला बहस गरौ ।

प्रभावकारी हुने देखियो भने समयमै अगाडी बढ्न सक्छौ । परिस्थिति कति सम्म भयावह र अनिश्चित हुन्छ यो आजै सहजै कसैले अनुमान गर्ने स्थिति पनि छैन । तसर्थ हामिले आजैबाट तयारी थाल्न जरुरी छ। हाम्रो यति तयारी भोलिको लागी अपुग हुन सक्छ ।

प्रतिक्रिया