कोरोनाबाट अमेरिका आक्रान्त

अनिलभक्त खरेल २०७६ चैत १२ गते १:३६ मा प्रकाशित

अनिलभक्त खरेल । चीनबाट आयातित कोरोना भाइरसले अमेरिकालाई आक्रान्त पारेको पनि २ साता नाघि सक्यो तर अमेरिकी सरकार भने माझीको मतले ७ गाउँ डुब्यो शैलीमा कोरोना रोकथामको लागि ल्याउन लागेको बजेट पास गर्न ढिलाई गरिरहेको छ । यही ढिलासुस्तीले कोरोना रोकथाममा पनि अवरोध भैरहेको छ । कोरोना भाइरस रक्तविजहरु बढे झैं शैलीमा दिन दुगुना र रात चौगुनाको दरले बढ्दो छ ।

कोरोना भाइरस रक्तविजहरु बढे झैं शैलीमा दिन दुगुना र रात चौगुनाको दरले बढ्दो छ ।

अहिले यतिखेर कोरोनाले जस्लाई छोयो त्यही कोरोना पीडित भैरहेका छन् । नेपाली समाजमा १९।२० औं शताब्दीतिर जसरी अछुतलाई छोएमा जात जाने डरले अछुतलाई छुन डराए जस्तै अहिले सारा संसारका मानिसहरु कोरोना पीडित मानिसलाई छोइएलाकी भनेर तर्सिरहेका छन् मानिस देखि मानिस भागिरहेका छन् अर्थात् मानिस देखि मानिस नै डराई रहनु परेको छ ।

आफ्ना आफन्त र परमप्रीयलाई कोरोनाले छुँदापनि केही गर्न नसक्ने अवस्थामा मानिसहरु पुगिसकेका छन् । उसको पीडामा संगै रुन पनि पाइरहेका छैनन् । मर्ने बेलामा पानी दिन समेत पाइरहेका छैनन् । कोरोनाबाट गुमाउनु परेका आफन्तको लाशको नजिक गएर २ थोपा आँशु झार्नु त परै जाओस लाशको शतगत गर्न र देख्न समेत पाइरहेका छैनन् । यो भन्दा दर्दनाक र दुखदायी पीडा अरु के हुन सक्ला र ?

यो भन्दा दर्दनाक र दुखदायी पीडा अरु के हुन सक्ला र ?

यी र यस्तै पीडाका छटना सुन्दापनि म भने भगवान भरोसा भन्दै युद्ध क्षेत्रमा खटिएका सैनिकहरु झैं विहान विहानै कार्यक्षेत्रमा खटिरहेको छु । फरक यत्ति छ कि सैनिकहरु तोप, गोला, बारुद बोकेर युद्ध क्षेत्रमा खटिन्छन् भने म चाँही ह्याण्ड सेनिटाइजर, मास्क, वाइप्स र पञ्जाको भरमा कार्यक्षेत्रमा खटिरहेको छु ।

काममा गएर घर व्यवहार चलाउने डलर आएपनि डलरसंगै कोरोना पनि संगसंगै भित्रिने हो कि भन्ने डर र चिन्ता त्यत्तिकै छ । अधिकांश पसलहरु बन्द भएको अवस्थामा यदि केहीगरी स्टेट लकडाउन भयो भनेपनि काममा आउनु भनेर आजबाट कम्पनीले उल्टै सवारी पास पो दिएको छ जुन देखाएमा प्रहरीले रोक्ने छैन । कस्तो दोधारमा छु । अहिले काम छोडु त पछि मन्दीको बेलामा काम खोज्न कहाँ जाने ? काम गरौं त अकालमा मरिने पो हो कि ?

काम गरौं त अकालमा मरिने पो हो कि ?

नेपालमा जस्तै ५।६ महिना सुतेर खानबस्न पुग्दो हो त कस्ले पो काम गथ्र्यो र यस्तो महासंकटमा । हुन त काम गर्ने म मात्र एक्लो कहाँ हो र म जस्ता थुप्रै छौं किनकि बिना काम कसैको चुला चौका चल्दैन । त्यसमाथि नेपालीहरु सरकारी सुविधा फुड स्टाम्प लिन हिच्किचाउछन् अनि काम नगरे अर्को विकल्प के ?

सरकारी संयन्त्र यस्तै नै रहने र भाइरस यही रफ्तारमा जाने हो भने अबको २ साता देखि ४ सातासम्मको अवधि एकदम भयावह र कहालीलाग्दो हुने विज्ञहरु र डाक्टरहरुले विश्लेषण गरिरहेका छन् । अबको २ देखि ४ साता सबै सचेत हौं, काममा गर्दा सचेतना अपनाऔं ।

अबको २ देखि ४ साता सबै सचेत हौं, काममा गर्दा सचेतना अपनाऔं ।

सबैलाई सुस्वाथ्यको कामना । अमेरिकामा १ जना नेपालीले खाता खोलेपनि त्यो खाता आजैका मितिबाट बन्द होस् । साथै मृतकको आत्माको चीरशान्तिको कामना । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । भर्जिनिया, अमेरिका

प्रतिक्रिया