अमेरिकाको नागरिकता चाहिने हो भने मापसे बाद है

विजय थापा २०७६ फागुन ११ गते १३:४१ मा प्रकाशित

मादक पदार्थ सेवन नै नराम्रो l तर के गर्नु यस्को तलतल ले कुरा बिगार्छ l हामीलाई यो मातिने पदार्थ धोक्न सम्म धोक्न मन लाग्ने गर्छ l छोड्न मन नै नलाग्ने l गोधुली साँझ भयो कि ,चिसो मौसम भयो कि ,बादल मडारियो कि ,आकाशमा गडांग गुडुंग भयो कि खान मन लाग्ने अचम्मको चिज l अमृत भन्दा पनि मिठो । l जति खायो त्यति खान मन लाग्ने l

मौका मिल्यो कि सेवन गर्न मन लाग्ने l झन् छुट्टिको दिन पर्यो कि सेवन नगरी हुदै नहुने l कहिले शुक्रबार होला भनि बकुल्लाले माछा घन्टौ देखि पर्खि रहेको जस्तो हुने l यस्ले मोहनी लगाएको लगायै गर्ने l मादक पदार्थ नबनाई दिएको भए मानिसले शरीरमा तागत दिने अर्को बिकल्पको रुपमा सेवन गर्थे होलान l तर मादक पदार्थ बनि सकिएकोले अर्को तर्फ नजानु नै उत्तम l

विश्वलाई यही मादक पदार्थले जुट पनि बनाई दिएको छ । र फुट पनि बनाई दिएको छ l यस्को सेवनले परिवारलाई बिच्चली बनाएको छ l बर्षेनी यसको सेवनले करौड़ोलाई मृत्युको शैयामा पुग्न बाध्य बनाई दिएको छ l

यसको त्याग गर्न मन नै लाग्दैन र यसले जरो गाडेर बस्दछ l मुलुकमा कानुन फितलो र कार्यन्वयन पक्ष कम्जोर रहेकोले मादक पदार्थ सेवन फस्टाउदो छ र झन् फक्रदो छ l

त्यहि आदत भएकोले अमेरिका भासिएकालाई यसको चस्काले छोड्दैन l यहाँ पनि देखा जाएगा भन्ने भारतीय कथन उपयोग गर्छौ l अनि फन्दामा पर्छौ l अनि न्याउरी मारी पछुतो भने झैँ टाउकोमा हात जीवन भर लगाउदछौ l

नेपालमा मापसे सेवन गरि कारागार परे पनि लोकलाज भए पनि त्यसको त्यति असर नपर्ला l तर अमेरिकामा मापसे गरि सवारी साधन कुदाएको प्रहरीले फेला परे जन्म कुण्डली निकाली धतुरो झार्दछन l त्यति मात्र हैन ,अन्य थुप्रै कुराबाट जीवनमा बन्चित हुनु पर्ने हुन्छ l जब सम्म यहाँ मापसेमा पक्राउ पर्नु हुन्न फिक्री नगर्दा हुन्छ l

प्रसस्त मानिसहरु मादक पदार्थ सेवन गरि सवारी साधन कुदाउने गर्दछन l मादक पदार्थ सीमित सेवन गरि कुदाउने गरिन्छ l मादक पदार्थको मात्रा त्यो भन्दा बढी भयो भने मात्र खतरा हुन्छ l बाहिरबाट आएका प्रवासीहरु यस कुरामा निकै संबेदनशील हुन्छन l ख्याल गरि सेवन गर्दछन l नियम कानुन भित्र रहन्छन l कहिले कहिँ अमेरिकाको माटोले मैमत्ता आफै निम्त्याई दिन्छ l अमेरिकामा टेक्ने बित्तिकै घमण्ड हुन्छ l

अमेरिका आएको छु भनि के के नै भयो भनि भुईमा खुट्टा नहुने मानिसले दुख पाउदछन l रोएर जीवन बिताउनु पर्ने हुन्छ l राज्यको सुबिधा र अन्य चिजमा निकै पछाडी परिन्छ l बाचुन्जेल पछुताउ हुन्छ l एक पटक लागेको धब्बाले ठुलो नोक्सान गर्दछ l जागिरमा ठूलो असर पर्द्छ l जागिर सरल तरिकाले पाउदैनन l

अपराधिक गतिबिधिको दाग लाग्यो भने पद्धति कालो दाग रही रहन्छ l मानिस उदासिनताको शिकार पनि हुन्छन l गल्ति गरेको महसुस गर्दछन l तर यहि झोलको सेवनको कारण मानसिक यातना पाल्नु पर्ने पनि हुन्छ l

अहंकार भएका किशोर किशोरी ,मात्तिएका पाका मानिस ,अटेरी ,घमण्डीको चक्रमा फसेकाले कानुन मिची दिदा प्रहरीको जालमा पर्दछन l मापसे गरि सवारी साधन कुदाएको फेला परे हत्कडी लगाइन्छ l त्यति मात्र हैन ज्यादा गाडी तेजमा कुदाइ रोक्न अटेरी गरे गोलि हान्ने अधिकार हुन्छ l मापसे गरि गाडी कुदाए कारागार चलान गरिन्छ l अदालत धाउनु पर्ने हुन्छ l

प्रहरीले अपराधिक मुद्दा चलाउद्छ l जसको फलस्वरूप व्यक्ति नागरिकता लिनबाट बन्चित हुन्छ l पटक पटक यस्तो गतिबिधि दोहोरिए स्वदेश फर्काउने चाजो पनि अमेरिकन सरकारले गर्दछ l

अमेरिकामा भासिएकाले यो कुरामा हेक्का राख्नु अपरिहार्यता हुन्छ l मादक पदार्थ सेवन नगरेर केहि बिग्रिदैन l गर्नु नै छ भने घरमा गरे बेस l भुलेर पनि सेवन नगर्नु नै उत्तम l र ,मापसे सेवन नगर्नेलाई सवारी साधन कुदाउन प्रोत्साहन गर्ने गरे यो ठुलो दशा बाट मुक्त हुइञ्छ l नत्र पुर्पुरो जीवन भर हात लगाई बिलौना गर्नु पर्ने हुन्छ l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया