जित सत्यको कि सत्ताको ?

अनिलभक्त खरेल(स्वतन्त्र पत्रकार) २०७६ फागुन ६ गते २:२३ मा प्रकाशित

बलात्कार प्रयास प्रकरणमा ३० दिनको प्रहरी हिरासत र १०३ दिनको कारागारवास पश्चात अन्ततः पुर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ । सभामुख पदमा रहँदा निज महरा असोज १२ गते राति रक्सीको बोतल र सितन सहित रोशनी शाहीको कोठामा पुगेका थिए । आपसी लेनदेनमा कुरा नमिलेपछि निज शाहीले पहिला प्रहरीलाई लिखित जाहेरी र त्यसको भोलिपल्ट पत्रकार अजयबाबु शिवाकोटीलाई सभामुखले आफुमाथि बलात्कारको प्रयास गरेको भनी भिडियो अन्तर्वार्ता दिएकी थिइन् । प्रहरीको अनुसन्धानका क्रममा सीसीटीभी फुटेजहरुमा महरा रोशनीको घरमा गएको तथ्य फेला पर्नुका सार्थ रोशनीको डेरामा महराको भाँच्चिएको चस्मा, रक्सीको बोतल, जुत्ताको तलुवा तथा गिलास लगायतका सामग्रीहरु पनि बरामद गरिएका थिए । आरोप लागे लगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए भने आरोप लागेको सातौ दिन अर्थात असोज १९ गते उनलाई पक्राउ गरिएको थियो ।

अहिले महरालाई अदालतले सफाई दिने बित्तिकै उनका भक्तहरु सत्यको जित, अमेरिकी साम्राज्यबादीहरुको षडयन्त्र विफल जस्ता प्रतिक्रिया दिएर आत्मरति लिइरहेका छन् ।

अमेरिकी साम्राज्यबादीहरुको षडयन्त्र विफल जस्ता प्रतिक्रिया दिएर आत्मरति लिइरहेका छन्

पदको अनुकुल आचरण (बलात्कार प्रकरण)मा मुछिएका महरालाई पछिल्लो समयमा अमेरिकी संस्था एमसीसी परियोजना संसदबाट पास गर्न आनाकानी गरेकाले षडयन्त्रमुलक तरिकाले जेल हाल्ने काम भएको भन्दै उनको सामाजिक प्रतिष्ठा सुधार्ने प्रयास भइरहेको छ । उनी डिल्लीबजार कारागारबाट रिहा हुँदा समेत एमसीसी मुर्दावाद, महरा जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

हैन महरालाई असोज १२ गते राति छापामार शैलीमा कसले जबर्जजस्ती रोशनी शाहीको कोठामा पुर्याएको हो र ? के एमसीसीको संस्थाले बोकेर लगेको हो ?

के एमसीसीको संस्थाले बोकेर लगेको हो ?

कि उनी त्यहाँ गएकै थिएनन् ? के फर्गेट यस्र्टडे म्यासेज लेखेर पठाएका थिएनन् ? के सीसीटीभीमा प्रहरीले संकलन गरका फुटेजहरु सबै नक्कली थिए त ? के पत्रकार अजयबाबु शिवाकोटीलाई दिइएको भिडियो अन्र्तार्वामा कसैले रोशनी शाहीको पछाडि बन्दुक राखेर बोल्न लगाइएको थियो त ? के रोशनी शाहीको डेरामा मध्यरातमा प्रहरी पुगेकै थिएनन् र ? यदि थिए भने के र कति कारणले सम्माननीय न्यायाधीशले आरोपित अपराधीलाई सजिलै उन्मुक्ति दिए ? के अब नेपालमा न्याय मरेकै हो त ?

के पावरवालाहरु कानुनभन्दा माथि भएकै हुन् त ? कानुन लाग्ने भनेको त निमुखा जनता जसको ठाउँमा मान्छे छैन, पहुँच पुग्दैन उसैलाई मात्र हो त ? हैन सम्माननीय पदमा बसेर अर्काको श्रीमती हल्लाउनेहरु निर्दोष हुने भए काम त्यही गर्दै हिडे भैहाल्यो नि ? यदि महरालाई फसाईएको हो भने झुटो आरोप लगाउने रोशनी शाहीलाई किन कार्वाहीको दायारामा ल्याइदैन ? न्यायालयप्रति आम जनताको कस्तो आशा र भरोशा थियो के ती सबै आशा र भरोशा अझै बाँकी नै छन् त ?

चाहे टनकपुर सम्झौताबारे अदालतले गरेको फैसला, चाहे २०५१ भदौ १२ एमाले सरकारले गरेको संसद विघटन बारे सर्वोच्चले गरेको फैसला, चाहे राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शाही आयोग विघटन जस्ता चर्चित घटनाले अदालतप्रति जनताको कत्रो विश्वास बढेको थियो । के अदालतका पछिल्ला फैसलाहरुले पनि जनताको मन, मस्तिष्क र विश्वास जितको छ त यस्को छानवीन गर्ने जिम्मा न्यायमुर्तिहरुलाइनै । अदालतप्रति जनविश्वास बढेर नै भनिन्थ्यो “झुटो टिक्दैन सत्य डग्दैन ।” जित सधै सत्यकै हुन्छ भनिन्थ्यो । तर अहिले महराको सफाईले त “जित सत्यको हैन कि, सत्ताको” भएको आभाष पाइन्छ ।

तर अहिले महराको सफाईले त “जित सत्यको हैन कि, सत्ताको” भएको आभाष पाइन्छ ।

हो जो मानिसले पनि सारा विश्वलाई ढाँट्न सक्छ तर आफुले आफैलाई ढाँट्न सक्दैन । हो महराले पनि विश्वलाई ढाँट्न सक्लान् तर आफुले आफैलाई ढाँट्न सक्दैनन् । नैतिक पतनको घाउलाई निको पार्न उनले राष्टबादको मल्हम लगाउन खोज्दैछन् त्यो मल्हमले रोक निको हुने हो कि क्यान्सर हुने हो समयले बताउला । भोली यसैगरी सारा आपराधीहरुले राष्टवादको मल्हम लगाउन थाले भने देशको अबस्था कस्तो भयावह होला ?

अन्त्यमा राष्टवादको नारा पदको दुरुपयोग, अन्याय, अत्याचार, भ्रष्टाचार, हत्या, बलात्कार गर्ने लाइसेन्स नबनोस् र तिनीहरुलाई चोख्याउने साधन नबनोस यही कामना छ ।

अस्तु
अमेरिका, भर्जिनिया

प्रतिक्रिया